5 Kartik, 2074 | 22 October, 2017 Sunday

तीतोपाटी - प्रवासी नेपाली मन्च र जिफन्ट सपोर्ट  ग्रुप कुबेतको आयोजनामा यहि अप्रिल २८ तारीख़ १२७ सौं  अन्तर्राष्ट्रिय मजदुर दिवस बिषेश कार्यक्रमका साथ मनाइने भएको छ। कुबैतको जिलिब स्थत पपिन हलमा बिभिन्न रोचक र मनोरन्जनात्मक कार्यक्रम हरु सगै यो दिवस मनाइने आयोजकले जनाएको छ।

हरेक बर्ष मे १ तारिखमा संसारका मजदुर एक हौं’ भन्ने मुल नारा बोकेर यो दिवस मनाउने गरिन्छ। १७औं शताब्दीताका भएको मजदुर संघर्षको स्‍मरण गर्दै यो दिवस मनाइन्छ । सन् १८९० यता प्रत्येक वर्ष मे १ तारिखमा संसारभर मजदुर दिवस मनाउने गरिन्छ । अमेरिकी शहर शिकागोका उद्योग कारखानाहरुमा कार्यरत हजारौं मजदुरहरुले आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखी आन्दोलनमा उत्रिएको दिन मे १, १८८६ को स्मरण गर्दै मजदुर दिवस मनाउन थालिएको हो । उक्त आन्दोलन विश्वभर फैलिदै जाँदा सन् १८८७ मा कार्ल मार्क्स र एंगेल्सले श्रमिक दिवसलाई उत्सवका रुपमा मनाउने घोषणा गरेका थिए । त्यसपछि अन्तर्राष्ट्रिय स्तरमा मजदुर दिवसको महत्व विस्तार हुदै आएको छ।

कुबेतमा कार्यरत नेपाली मज्दुरहरुका माझ कृयाशिल जिफन्ट सहयोग समुह र प्रवासी नेपाली मन्चले गत बर्ष देखीनै यो दिवस मनाउदै आएका छन आयोजकले में ५ मा मनाउने तयारी गरेको भए पनि त्यस दिन नेपाली समाज कुबैतमा अन्य दुइ कार्यक्रम तय भएको हुदा २८ अप्रिलमा नै कार्यक्रम गर्न परेको आयोजकले बताएकाछन। साथै  मजदुरहरुको यो बिशेष कार्यक्रम भएको हुदा कुबेतामा  श्रम गरेर रहनु हुने सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनिहरुको आफ्नै कार्यक्रम हो यस कारण सबै जना उपस्थित भएर धैरे कुराहरु बुझ्ने र मनोरन्जन लिन आयोजक टिम हार्दिक निमन्त्रणा र अनुरोध गरेको छ ।

कार्यक्रमको विवरण
आयोजकः प्रवासी नेपाली मन्च र जिफन्ट सपोर्ट ग्रुप कुबैत
मिति :२८-०४-२०१७ शुक्रबार
स्थान :जिलिव पपिन हल पुलिस स्टेसन अगाडी
समय: मध्याह्न १२ बजेवाट