5 Kartik, 2074 | 22 October, 2017 Sunday
मानव तस्कर  १२१ को पहिचान - नेपाली महिलालाई अवैध तरिकाले खाडी मुलुक पुर्‍याई घरेलु कामदारको रुपमा बेच्न एक सय २१ भन्दा बढी तस्कर तथा एजेन्ट नेपालमा सक्रिय रहेको खुलेको छ। घर मालिकको यातना सहन नसकी भागेर खाडी मुलुकस्थित नेपाली दूतावास पुगेका महिलाले तस्करको पहिचान गरेका हुन्।

पीडित महिलाको बयानका आधारमा खाडी राष्ट्र कुवेत, साउदी अरब, युनाइटेड अरब इमिरेट्स (युएई) र ओमानस्थित नेपाली दूतावासले तस्कर तथा एजेन्टको नाम कारबाहीका लागि नेपाल पठाएका छन्। परराष्ट्र मन्त्रालयले ती नाम कारबाहीका लागि श्रम मन्त्रालयमा पठाएको छ ।

‘गत महिना हामी (युएईस्थित दूतावास) ले मात्र ४१ जना तस्करको नाम तथा ठेगाना पहिचान गरी कारबाहीका लागि पठाएका छौं,' युएईस्थित नेपाली दूतावास स्रोतले नागरिकलाई जानकारी दियो, ‘हामीले पठाएका तस्करको नाम परराष्ट्रले कारबाहीका लागि श्रम मन्त्रालयमा त पठाउँछ, तर आजसम्म एक जनालाई पनि कारबाही भएको जानकारी पाएका छैनौं।'

तस्करले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र भारतको विमानस्थलमार्फत खाडी राष्ट्रमा पुर्‍याएर घरेलु कामदारको रुपमा बेचिएका महिला नारकीय जीवन बिताउन बाध्य छन्। घर मालिकले बढी काम लगाउने, पिट्ने, खान नदिने, कोठामा थुनेर राख्ने, यौन दुर्व्यवहार गर्ने, शरीरमा तातोपानी खन्याइदिने, आइरनले डाम्ने, घरको तला माथिबाट फ्याँकिदिने, फि्रजमा थुनेर राख्ने जस्ता यातना नेपाली महिला कामदारलाई दिने गरेका छन्।

घर मालिकले दिने हदैसम्मको यातना सहन नसकेपछि उनीहरू भागेर नेपाली दूतावास पुग्छन्। यसरी दूतावास पुग्न सक्नेको संख्या निकै सानो छ। पछिल्लो केही सातामा यसरी नै भागेर दूतावास आइपुगेका ७५  महिलाले नेपालमा रहेका १ सय २१ तस्करको नाम र ठेगाना खुलासा गरेका हुन्।

नेपाली महिलालाई खाडी राष्ट्रमा पुर्‍याउन तस्करले कुवेत, युएईलगायत देशमा कार्यालय नै खोलेर बसेको पाइएको छ। नेपालमा रहेका तस्कर र खाडी राष्ट्रमा कार्यालय खोलेर बसेका तस्करले समन्वयमा नेपाली महिलालाई घरेलु कामदार बनाई त्यहाँ बेच्ने गरेका छन्। कतिपय नेपाली महिलालाई तस्करले पटकपटक गरी तीन वटा देशमा बेचेको भेटिएको छ। तस्करले अधिकांश महिलालाई खाडी राष्ट्रको भिजिट भिसामा लग्ने गरेका छन्। ‘तस्करले केही महिलालाई पटकपटक गरी दुई तथा तीन देश पुर्‍याई बेचेको समेत भेटिएको छ,' दूतावास स्रोतले भन्यो। तस्करले नेपाली महिला उपलब्ध गराएबापत घर मालिकबाट १० लाख रुपैयाँसम्म बुझ्छन्।

दोलखा फस्कु–९ की दीलमाया (नाम परिवर्तन) लाई सुरुमा भिजिट भिसामा युएई पुर्‍र्याइएको थियो। युएईमा १० महिना काम गरेपछि उनलाई ओमान लगेर बेचियो। ओमानमा दुई महिना काम गरेपछि उनलाई फेरि युएईम ल्याई घरेलु काममा लगाइयो। युएईको अजमानमा रहेको मोनालिसा लेवर्स रित्रु्कटमेन्ट कम्पनी र महर्वा लेवर रित्रु्कटमेन्टले नेपाली महिलालाई विभिन्न स्थानमा पुर्‍याउन सघाएको दूतावास स्रोतले जनायो।

केही नेपालीले कुवेतमा एजेन्टको रुपमा बसेर नेपाली महिलालाई विभिन्न खाडी राष्ट्रमा पुर्‍याउन सघाइरहेका छन्। कुवेतस्थित नेपाली दूतावासका अनुसार ताप्लेजुङ दोखु–७ का हर्कबहादुर खवास, निसा मोक्तान, झापा मेचीनगर–१३ का ओमप्रकाश आचार्य, नवलपरासी सुनवल–४ कि सीमा गुरुङ, सुर्खेत छाप्रे–९ कि रत्नकली कँडेल (रीता), सिन्धुपाल्चोक किउल–६ कि मीना लामा, सिन्धुपाल्चोक ठूलोपोखर–५ का श्याम लामा, खोटाङ सुइदेल–७ का जयसरा राईले कुवेतमा एजेन्टको रुपमा काम गरिरहेका छन्।

यस्तै, कुवेतमा एजेन्टको रुपमा रहेर नेपाली महिलालाई खाडी राष्ट्रमा पुर्‍याउन सघाइरहेका नेपालीमा झापा दमक–१३ कि विष्णुकुमारी कार्की, पींकी मगर, बाँके रझेना–८ कि अस्मिता पाण्डे, सुस्मिता लिम्बु र रामेछापकी गीता मगर छन्। तस्करले महिलालाई सुरुमा नेपालको पूर्वीनाकाबाट सिलगुढी लैजाने र सिलगुढीबाट नयाँदिल्ली तथा मुम्बई पुर्‍याई खाडी राष्ट्र पुर्‍याउने गरेको पाइएको छ।

पाँचथरकी रोजिना (नाम परिवर्तन) २०७३ फागुन २५ गते नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई प्रस्थान गरेकी थिइन्। तस्करले उनलाई दुबईमा आकर्षक काममा लगाइदिने आश्वासन दिएका थिए। तस्करहरुले नेपालबाट नयाँदिल्ली हुँदै उनलाई भिजिट भिसामा दुबई पुर्‍याएका थिए। दुबई पुगेको भोलिपल्ट फागुन २६ गते भिजिट भिसामै उनलाई ओमान पुर्‍याइयो। ओमानमा उनलाई अवैधानिक तरिकाले घरेलु कामदार बनाइयो। ओमान पुगेको १४ दिन बित्न नपाउँदै गत चैत १० गते सडक दुर्घटनामा परी उनको मृत्यु भयो। रोजिनाका श्रीमानका अनुसार सम्झना नाम गरेकी एक महिलाले उनलाई नयाँदिल्ली–दुबइई हु“दै ओमान पुर्‍याएकी थिइन्।

सुनसरी प्रकाशपुर–८ कि सोबिता (नाम परिवर्तन) लाई पनि तस्करले काठमाडौंबाट सिलगुढी–दिल्ली हुँदै एक महिना लगाएर भिजिट भिसामा युएई पुर्‍याएका थिए। सिन्धुपाल्चोक इँचोक–६ कि दीपिका (नाम परिवर्तन) लाई पनि तस्करले सिलगुढी–दिल्ली हुँदै भिजिट भिसामा खाडी राष्ट्र पुर्‍याएका थिए। केही नेपालीलाई तस्करले अफ्रिकी राष्ट्र हुँदै खाडीमा पुर्‍याउने गरेको समेत भेटिएको छ। मोरङ पथरी–१ का तीन युवतीलाई तस्करले सुरुमा अफ्रिकी राष्ट्र केन्या पुर्‍याएका थिए। पछि उनीहरुलाई भिजिट भिसामा युएई पुर्‍याइयो। 

खाडी राष्ट्रहरुमा नेपाली महिलालाई अवैध रुपमा लगेर बेच्न  तस्करले कुवेतलाई ‘ट्रान्जिट' बनाएको देखिन्छ। पछिल्ला दुई वषमा कुवेत भनेर साउदी लगेर बेचिएका तीन सय महिलाको उद्धार गरी साउदीस्थित नेपाली दूतावासले स्वदेश फर्काएको छ। अहिले पनि कुवेत हुँदै साउदी पुगेका दुई दर्जन नेपाली महिलाको उद्धार गरी दूतावासले आफ्नो सेल्टरमा राखेको छ। नेपाली महिलालाई खाडी राष्ट्र उडाउनु अघि तस्करले काठमाडौंका विभिन्न होटलमा लामो समय राख्ने गरेको पनि पाइएको छ।

मानव तस्कर तथा एजेन्ट

मानव तस्कर/एजेन्ट

सुजा राई, राज थापा– पाँचथर

दुर्गा खनाल– झिलझिले, झापा दिपेश सुब्बा– प्रकाशपुर, सुनसरी विनोद भण्डारी र डिल्ली पराजुली

कुमार गुरुङ, पृथ्वीनगर, झापा

लालमान तामाङ, सिन्धुपाल्चोक, विक्रम नेपाली, अनिल तामाङ

मिङ्मार लामा, चौतारा, सिन्धुपाल्चोक, श्रीकाजी तामाङ

माया सापकोटा, काठमाडौं

सुष्मा श्रेष्ठ, दमक, झापा (हाल युएई), अर्जुन भण्डारी, बुटवल

सहदेव थापा, सन्तोष मगर– सुनसरी, जीवन पुन– युएई

छत्रे विश्वकर्मा– इलाम, प्रदीप– सिन्धुपाल्चोक, दीपा राना– बुटबल (हाल युएई)

बलराम भट्टराई, काठमाडौं

युवराज श्रेष्ठ, गौशाला, काठमाडौं

नन्दलाल सुवेदी

खिलमान लिम्बु

एम.पी.तामाङ

छिरिङ् डोल्मा

माया राई, झापा

छिरिङ्, काठमाडौं, शर्मिला तामाङ

उजिरमान माबो, झापा

राजेन्द्र बिष्ट

लाक्पा दोर्जो, सिन्धुपाल्चोक

भीम लामा, त्रिशूली, नुवाकोट

ज्ञानु प्रसाई, अञ्जली ओभरसिज

ललितजंग सिंह, कञ्चनपुर

निर्मला लावती, झापा

धनबहादुर वि.क. (सुके), माकुरी वि.क.– ग्लोबल रिक्रुटमेन्टका एजेन्ट

भीमसेन गुरुङ, सामाखुसी, थमन गुरुङ

नवीना तामाङ

शीला कोइराला, रकेश गुरुङ

सलिम मियाँ, राहुल (भारत), अर्जुन बजगाईं र हरि पाण्डे (युएई)

सरस्वती मगर, झापा

विष्णु तामाङ, सिन्धुपाल्चोक, धन ब. तामाङ

मिलन थापा (भारत)

सुष्मा श्रेष्ठ, दमक, झापा

सन्तोष शर्मा, सीता थापा– कुवेत, राजन तिमल्सिना (भारत)

 

बालकृष्ण

दुर्गा कंडेल, सुजन भण्डारी

नवीन धिमाल

रमेश चौधरी

जिमी राई, अरुण धिमाल

टासी दोङ्ग, दाबा शेर्पा (युएई)

सरिता तामाङ र विकल तामाङ

राजकुमार दाहाल, इटहरी

प्रकाश (काठमाडौं) र सहदेव गिरी (कुवेत)

रवीन्द्र राई, धरान र मीना अर्याल (कुवेत)

राज चौधरी, काठमाडौं  र गीता मगर (कुवेत)

शंकर, बुटवल

दुर्गा भुजेल

हरि ठकुरी–गोर्खा, आशा रिजाल, गीता मगर

छम वि.क., बाग्लुङ (भिनाजु)

सुनल खड्का, पश्चिम बाँसघारी, बाँके, सुनिता राई (कुवेत)

उजेली लिम्बु, जीवन खबास, विराटनगर

मार्शल वि.क., केशव, ओखरकोट ९, प्युठान

माया श्रेष्ठ, त्रिवेणी २, नवलपरासी, अमृता श्रेष्ठ

राजु तामाङ र मीना तामाङ

हर्कबहादुर खवास, दोखु–७, ताप्लेजुङ

निसा मोक्तान

ओमप्रकाश आचार्य, मेचीनगर–१३, झापा

निसा मोक्तान

अञ्जु गुरुङ, काठमाडौं

सीमा गुरुङ, सुनवल–४, नवलपरासी

रत्नकली कँडेल (रीता), छाप्रे–९, सुर्खेत

मीना लामा, किउल–६, सिन्धुपाल्चोक र श्याम लामा, ठूलोपोखर–५, सिन्धुपाल्चोक

केशव थापा, बुटवल

श्याम तामाङ र राम, लगर्चे–९, सिन्धुपाल्चोक

डीएन थापा, जयसरा राई, सुङ्देल–७, खोटाङ

 

मीना विश्वकर्मा, धुलावारी–२, झापा, सोनी

शिव बुढा मगर, कोहलपुर, बाँके, विष्णुकुमारी कार्की, दमक–१३, झापा

मनोज वि.क., दोधारा, बर्दिया

बसिर– दर्वेसा–६, मोरङ, नवीन– विराटनगर र पींकी मगर

मल्लु–बुटबल, अस्मिता पाण्डे– रझेना–८, बाँके

नारायणकुमार कुँवर, भिरकोटकाली ओभरसिज, सुस्मिता लिम्बु

गीता मगर, रामेछाप

(पीडित महिलाले दिएको बयानका आधारमा खाडी मुलुकस्थित नेपाली दूतावासले कारबाहीका लागि परराष्ट्र मन्त्रालयमार्फत श्रम मन्त्रालयमा पठाएको नामावली)