16 Baishak, 2074 | 29 April, 2017 Saturday

तीतोपाटी - पाल्पाबाट प्रकाशन हुँदै आएको पाल्पा समाचारपत्र साप्ताहिकको आयोजनामा भित्तेपात्रो बिमोचन तथा नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।


पत्रिकाले बिगत ३ वर्षदेखि नियमित रुपमा भित्तेपात्रो प्रकाशन गर्दै आएको छ । भित्तेपात्रोको प्रेस स्वतन्त्रता सेनानीद्वय मेघराज शर्मा, कर्ण बहादुर कार्की र पत्रिकाका प्रधानसम्पादक भगवान भण्डारीले संयुक्त रुपमा बिमोचन गरे ।


सो अवसरमा मुख्य पाहुनाको आसनबाट बोल्दै पूर्व उद्योग मन्त्री एवम् सांसद सोमप्रसाद पाण्डेले सामाजिक बिकासका लागि स्थानीय संचारमाध्यमहरुको भूमिका महत्वपूर्ण हुने बताए । उनले पाल्पाली पत्रकारिता क्षेत्र देशमै नमुना रहेको समेत बताए ।


सो अवसरमा पत्रकार महासंघ पाल्पाका अध्यक्ष राजेशकुमार अर्याल, नेकपा एमाले पाल्पाका सचिव ओम बहादुर घर्ती, राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामी, अखण्ड नेपाल पार्टीका अध्यक्ष दिनेश रावल सहित जिल्ला स्थित सरकारी तथा गैरसरकारी निकायका प्रमुख, प्रतिनिधि, पत्रकार, मानवअधिकारकर्मी लगायतले शुभकामना आदानप्रदान गरेका थिए ।


कार्यक्रम पत्रिकाका प्रधानसम्पादक भगवान भण्डारीको अध्यक्षता र सम्पादक यज्ञमूर्ति तिमिल्सनाको संचालनमा सम्पन्न भएको थियो ।