10 Ashad, 2074 | 24 June, 2017 Saturday

बलिउडका चर्चित पाश्र्व गायक सोनु निगमले आफ्नो कपाल ‘मुन्डन’ गरेका छन् । आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरेपछि उनले कपाल ‘मुन्डन’ गरेका हुन् । पश्चिम बंगालका एक मौलवीको बयानपछि उनले कपाल ‘मुन्डन’ गरेका हुन् । सोनुको एक ट्विटले अहिले सामाजिक संजालमा हंगामा मच्चाइरहेको छ ।

यसरि सुरु भयो बबाल
सोनु निगमले सोमबार ट्विटरमा लेखेका थिए कि-‘भगवान्ले सबैलाई खुशी राखुन् । म मुस्लिम होइनँ र मलाई अजानका कारण बिहान चाडै उठ्नुपर्‍यो । भारतमा कहिले धर्मको खेल बन्द हुन्छ ।’

उनले फेरि अर्को ट्विट गर्दै लेखे-‘जुन समय मोहम्बद साबले इस्लाम बनाएका थिए, त्यतिबेला विजुली थिएन । तर, अहिले नयाँ खोज भैसकेको छ । अब बिहान बिहान यसको आवश्यकता किन छ ?’

सोनुले मन्दिर, मस्जिदमा बिहान बिहान हुने आरती र किर्तनको बिषयमा प्रश्न उठाएका थिए । उनले अर्को ट्विटमा लेखेका थिए कि-‘मलाइ लाग्दैन कि, मन्दिर या गुरुद्धारमा विजुलीको प्रयोग ती मानिसहरुलाई उठाउनका लागि गरिन्छ, जसले त्यो धर्म नै मान्दैनन् ।’ यसपछि फेरि अर्को ट्विटमा उनले लेखे-‘गुन्डागर्दी मात्र छ ।’

सोनुको यी ४ ट्विटपछि उनको चर्को आलोचना भएको थियो । पश्चिम बंगालका एक मुस्लिम परिवारका व्यक्तिले ट्विटमा लेखेका थिए कि-‘यदि कसैले सोनु निगमको कपाल ‘मुन्डन’ गरेर घाँटीमा जुत्ताको माला लगाएर देश घुमाउँछ भने, म उसलाई १० लाख रुपैयाँ पुरस्कार दिनेछु ।’

यो विवादपछि वुधबार सोनुले आफ्नै घरमा पत्रकार सम्मेलनको आयोजना गर्दै कपाल मुन्डन गरेका छन् । उनले ती व्यक्तिलाई १० लाख रुपैयाँ तयार राख्न पनि चुनौती दिएका थिए । कपाल खौरनु अगाडि सोनुले भनेका छन् कि-‘मानिसहरु मलाई सोधिरहेका छन् कि, मैले ट्विटरमा मात्र ‘मोहम्मत’ को नाम किन लेखे ? म यो भन्न चाहन्छु कि मेरो उनको वेइज्जती गर्ने कुनै सोच थिएनँ ।’

उनले पत्रकार सम्मेलनमा अगाडि भने-‘म नास्तिक होइनँ । म धर्ममा विश्वास राख्छु । मैले हालै मात्र गुरुद्धारमा गएर खानेकुरा खाएको छु । मैले कहिल्यै पनि समाजको वेइज्जत गरेको छैन र मेरो धर्म नै उत्कृष्ट हो भनेर पनि भनेको छैन ।’

सोनुले आफू मुस्लिम विरोधी नभएको भन्दै ट्विटरमा आफ्नो कुरा मात्र राख्न खोजेको बताएका छन् ।

-अनलाइन खबर