2 Poush, 2074 | 17 December, 2017 Sunday

देवी बहादुर सुतारकार्की-ताबुक ,गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरब माताहातमा रहेको ताबुक क्षेत्रिय समितले गत शुक्रवार अप्रिल १४ तारिकका दिन नयाँ वर्ष शुभकामना आदान प्रदान सहित खुल्ला भलिबल प्रतियोगिता कार्यक्रम सम्पन्न गरेको छ । नयाँ बर्ष २०७४ को अवसर पारेर ताबुकमा कृयाशिल एनआरएनएहरूले प्रवासमा रहेका नेपालीहरूलाइ भलिवल प्रतियोगिताको माध्यामद्बाट एकिकृत गर्ने प्रयास गरेको हुन् ।

बिभिन्न चरणमा बिभाजित कार्यक्रमको उद्घाटन ताबुक क्षेत्रिय अध्यक्ष तथा कार्यक्रमका सभापति समेत रहेका अर्जुन थापाले गर्नुभएको थियो । आरसिसी सचिव मनोज बरालद्वारा संचालित कार्यक्रममा एनआरएनए राष्ट्रिय समन्वय परिषदका सदस्य बद्री बिमली प्रमुख अतिथिको रुपमा रहनु भएको थियो भने ताबुक क्षेत्रिय समितिका संस्थापक भक्त हमाल तथा नेपाली जन प्रगतिशिल मोर्चा साउदी अरबका अध्यक्ष मान बहादुर सहकारी अतिथिको रुपमा सहभागिता जनाउनु भएको थियो । त्यसैगरि कार्यक्रममा ताबुक क्षेत्रिय समितिमा आवद्ध पदाधिकारीहरू, भलिवल खेलाडिहरू लगायत खेलप्रेमि नेपालीहरूको उल्लेख्य जमघट रहेको थियो ।

ताबुक आसपासका क्षेत्रहरूबाट ८ र सकाका बाट १ गरी कुल ९ वटा भलिवल टिम बिच भएको प्रतियोगिता निकै प्रतिस्प्रधा भएको थियो । प्रतियोगिता मनवा भलिवल टिमले प्रथम स्थान ओगट्न सफल भएको थियो भने आस्ट्रा र आरामको टिम क्रमश: दित्तिय र त्रितिय स्थान हासिल गरेका थिए ।

नयँ बर्षको शुभकामना आदान-प्रदान तथा भलिवल प्रतियोगिताका अलावा मनोरन्जनात्मक भाग्यशाली उपहार कार्यक्रम सन्चालन गरिएको थियो भने कार्यक्रमको अन्त्यमा साउदी सरकारद्वार घोषित गैर कानुनि रूपमा रहेका कामदार आम माफि बारे जानकारी सहितको छोटो अन्तर्कृया समेत चलाईएको थियो ।