5 Kartik, 2074 | 22 October, 2017 Sunday

तितोपाटी-कुबेतमा एक नेपाली चेलीको सडक दुर्घटनामा परि निधन भएको छ।  अर्घाखाँची वांग्ला वार्ड न ९ घर भएकी ३० बर्षिय जबुना पाण्डेयको निधन भएको राजन श्रेष्ठले तितोपाटीलाई बताएका छन।  गत अप्रिल १६ तारिख बिहान सात बजे साल्मिया स्थित गल्फ रोड क्रस गर्ने क्रममा लेबनानी नागरिकले चलाएको गाडीको ठक्करबाट घाइते भएकी जबुनाको आज मुबारक कबिर अस्पतालमा निधन भएको हो २०१५को जुनमा कुबेत आएकी जबुना हायात रेजेन्सी होटल कुबेतमा कार्यरत थिइन् भने श्रीमान् बिष्णु प्रसाद भुसाल पनि सोही होटल मा कार्यरत रहेको खबर प्राप्त भएको छ  ।  

उनको निधन भएको विवरण नेपाली दुताबासलाई प्राप्त भएको र सब जतिसक छिटो नेपाल पठाउन प्रक्रिया अघि बढेको दुर्तिय सचिब भोगेन्द्र लिन्देंनले बताउनु भएको छ । 

बिस्तृत विवरणको लागि प्रतिक्षा गर्नु होला