2 Poush, 2074 | 17 December, 2017 Sunday
एजेन्सी । वासिङ मेसिनको प्रयोग केका लागि गर्छन् ? थाहा भएकै कुरा हो कपडा धुनको लागि प्रयोग गरिन्छ । तर के वासिङ मेसिनमा मानिसलाई नि धुन नुहाउन सकिन्छ।

सन् १९७० मा जापानको सान्यो कम्पनीले ‘ह्युमन वासिङ मेसिन’को आविष्कार गरेको थियो । जुन कुरा मानिसलाई पत्यार नलाग्ला तर यो साँचो हो । यो मेसिनले मानिसलाई ‘अल्ट्रासोनिक बाथ’ गराउने काम गर्थ्यो, जुन लगभग १५ मिनेटसम्म चल्थ्यो।

साथै मेसिन भित्र जाने मानिसलार्इ यो मेसिनले मनतातो पानीले पखालिदिन्थ्यो अनि मसाज बाथ पनि गरिदिन्थ्यो । तापनी यो मेसिनले मानिसको बाथरुमसम्मको यात्रा बन्न सकेन । तर अस्पताल अनि वृद्धाश्रममा भने यो मेसिन अहिले पनि प्रयोगमा ल्याइएको छ।