16 Baishak, 2074 | 29 April, 2017 Saturday
सङ्क्रमणकाल कहिले सम्म ?
2017-04-18 | तीतोपाटी डट कम

नारायण पोख्रेल - हरेक र्ष हाम्रो देशमा लाखौको संख्यामा युबाहरु रोजगारको लागि तयार हुन्छन तर राज्यले ति उत्पादन भएका युबाहरुलार्इ आफ्नो देशमा अवसरहरु दिन सकिरहेको छैन I राजनीतिक पार्टी र खासगरी पार्टीलार्इ आजको दिनसम्म हाकिरहेका नेताहरुले देशलाई दसकौं देखि सङ्क्रमणकालीन अबस्थामा राखी आफ्ना  बिगतका त्याग, तपस्या र जेल जीवन व्यतित गरेका कुराको ब्याज खाने मध्यम बनाएको कुरा हामीमाझ छर्लङ्ग छ I यसको मतलब बिभिन्न कालखण्डमा देश र जनताको लागि या परिबर्तनको लागि आफ्नो पुरा जीवन बिताएका नेताहरुलार्इ अवसर दिनुहुदैन भन्न खोजेको पक्कै हैन उक्त अबसरले देशलाइ नयाँ गति दियोकी दिएन ? नेपाली जनताले परिबर्तनको स्वाद लिने  अवसर पाएकी पाएनन्? भन्ने कुरा महत्वपूर्ण हो I


२०४६ सालको जनआन्दोलन पछि नेपाली जनताले तत्कालिन पार्टीहरुबाट निक्कै ठुलो अपेक्षा राखेका थिए तर तिनै पार्टी जसले परिवर्तनको लागि मुख्य भूमिका निभाएका थिए जब उनीहरु सत्तामा पुगे तब उनीहरुको मानसिकता देश र जनताको  भन्दा आफ्नो र आफ्ना आफन्तको स्वार्थ पूर्ति गर्न तिर लागे जुनकुरा आन्दोलन पहिला र यसको  दौरानमा दारी पालेर क्रान्तिकारीको हुलिया बनाउदै एकसरो मैलो कपडा लगाउदै हिडेका कमरेडहरु देखि बिपी कोइरालाका अनुयायीहरुका हालका जिबन शैली र तिनीहरुसँग भएका ठूलाठूला हरेक सुबिधा सम्पन्न हेर्दा टोपी खस्ने घरहरु र उनीहरुले उपयोग गरिरहेका बिदेशमा उत्पादित बस्तुहरु हेर्न सकिन्छ I यसैगरी आफुलाई सत्तामा टिकाई राख्नको लागि जनताको मतलाई (संसद) किन्ने र बिक्रि हुने देखि लिएर पार्टी एकीकरण र फुटाउने सम्मका खेलहरु आजसम्म निरन्तर चलि नै रहेका छन  I आफ्नो स्वार्थ पूर्तिको लागि बेदेशिहरुसंग लम्पसार पर्ने कुराहरुमा धेरैजसो नेताहरु अछुतो छैनन् भन्ने कुरा घाम जस्तै छर्लङ्ग छ I जनताको त्याग ,बलिदान र संघर्षले प्राप्त गरेको उपलब्धिलाई कतिपय नेताहरुले आफ्नो स्वार्थ पूर्तिमा उपयोग गर्ने ,घचट्ने, तान्ने लडाउने, पछार्ने , खोस्ने , ढाल्ने यस्तै यस्तै खेल हुन् थाल्यो राजनीति ।


आफ्ना आसेपासे र परिवारमुखी भैदिए जस्तो कि एउटा साइकल किन्न नसक्नेहरु पजेरोमा सबार गर्ने हैसियत राख्ने भए । गाउघरमा साधारण घर भएकाहरु राजधानीमा बिल्डिंग खडा गरे आखिर त्यो हैसियतमा उनीहरु कसरि पुगे त ? सरकार गिराउने र बनाउने खेलमा पार्टीहरु एक आपसमै फुट्न थाले र भ्रस्टाचार मौलाउदै गयो अनि राजनीतिक पार्टीहरुमा प्रजातान्त्रिक अभ्यास  बिल्कुलै भएन जस्तो कि दुइ चार जनाले माथिबाट जे कुरा लादयो पुरै पार्टीले त्यसैलाई मनिदिनु पर्ने फलत पार्टीमा गुटबन्दी बढ्दै गयो । राजनीतिक पार्टीका नेतृत्वको ध्यान जनताको हित र देश विकासमा भन्दा आफ्नो पार्टी र आसेपासेलाई सम्पन्न कसरी गर्ने भन्ने तिर मात्र गयो I देशमा भएका ठूलाठूला कलकारखाना हरु तहसनहस को अबस्थामा छन I 


२०४७ सालको संबिधान पारित गर्ने बेला तत्कालिन प्रमुख घटक नेकपा मालेले आलोचनात्मक समर्थन गरेको थियो जसका महासचिब मदन भण्डारी जसले बिश्व कम्युनिस्टको तत्कालिन परिस्थिती र सर्वहारावर्गको आन्दोलनमा उतारचढाव आइरहेको बेला  नेपालको कम्युनिस्ट आन्दोलनलाई आबस्यकता अनुसार परिमार्जन गरि जनताको मनमा बस्न सफल भएका थिए I  देशप्रेमी नेता मदन भण्डारी जसको रहस्यमय हत्या भयो जुन कुराले गर्दा बिभिन्न खेमामा विभाजित कम्युनिस्टहरुको एकता अपरिहार्य थियो जसले सार्थकता पाउन सकेन भने अर्को तर्फ संबिधानमा दर्शाएका आलोचनाहरु जुन प्रत्यक्ष जनसरोकारका विषयबस्तुहरु थिए ति सबै बिस्तारै छायाँमा पर्दै गए I एमालेले छायाँमा पारेका जनसरोकारका बिषयबस्तु  प्राप्तिको लागि तथा राजतन्त्रको अन्त्य गर्नको लागि  माओबादी आन्दोलनको सुरुवात भयो  जसको कारणले गर्दा  हाम्रो देशले निक्कै ठुलो क्षति ब्यहोर्नु परेको हो I


मरो आत्मले आजपनि भनिरहेको छ एदी मदन भण्डारीको हत्या नभएको भए आजको उपलब्धि २०६० भित्र बिना धनजनको क्षति प्राप्त भइ देशले बिकासमा निक्कै फड्को मारिसकेको हुन्थ्यो होला तर पटकपटक एमालेको नेतृत्वमा सरकार बन्दा र  पछिल्लोपटक उनै मदनकी धर्मपत्नी रास्ट्र प्रमुख हुदा समेत रहस्यमय हत्याको बारेमा कुनै कुरा जनताले थाहा पाउन नसक्नुले यसलाई थप रहस्यमय बनाएको अवस्था छ I त्यसैगरी बिश्वका अन्य देशका शासकहरुको चरित्र हेर्दा अथवा उनीहरुसंग तुलना गर्ने हो भने तत्कालिन राजा बिरेन्द्र देश र जनता प्रति केही मात्रामा उदारवादी थिए भन्नेकुरा सामान्य नोक्शान नहुदै उनले जनचाहनाको कदर गरि  प्रजातान्त्रिक पद्दतीमा आफुलाई सहजै रुपान्तरण गरे जुनकुराबाट सहजै अनुमान गर्न सकिन्छ कि उनि देश र जनतालाई मायाँ गर्दथे उनि र उनको पुरा परिबारको समेत निक्कै रहस्यमय तरिकाले हत्या हुने काम भयो I यी दुवै रहस्यमय हत्याले के दर्साउछ भने नेपाल र नेपालीको जसले मायाँ गर्छ उसको आयु निक्कै छोटो र चुनौतीपूर्ण हुन्छ I जसले यो देशलाई सधैभरी कुनै न कुनै कारणबाट अनिर्णयको बन्दि बनाउछ उनै प्राय सधै सत्ताको वरीपरी घुमिरहेको छ I 


विशेषगरी २०४७ सालपछि सत्तासिन पार्टीहरुले देशलाई बिकासको गतिमा हिडाउन र गरिब जनताका सरोकारका विषयको सम्बोधन हुने खालका काम गरेको भए न त माओबादी आन्दोलनको आबस्यकता नै हुने थियो नत ज्ञानेन्दले सत्ता खोस्ने दुत्साहसनै गर्थे I तिनै राजाको छायाँमा बसेर जनताको हकहितको लागि ज्यानको बाजी थापी संघर्षमा होमियाकाहरुको टाउकाको लाखौं मुल्य तोक्नेहरु जब तत्कालिन राजाले सत्ता आफ्नो हातमा लिदा माओबादीसंग लम्पसार पर्दै गर्दा उनीहरुले आफुलाई समिक्षा गर्नु पर्ने थिएन ? जब परिबर्तन सबै शक्ति मिलेपछि हुन्छ भने त्यसको कार्यन्वयन सबै नमिलिकन कसरि सम्भव हुन्छ ? के यो सामान्य कुरा दसकौं राजनीति गर्दै आएका नेताहरुलाई थाहा नहोला ? दुइ बर्षमा बनाउने  भनिएको संबिधान दसौ बर्ष लगाएर त्योपनि जनताको आकांक्षा भन्दा बिपरित कसरि आफ्नो स्वार्थ पूर्ति हुन्छ भन्नेतिर पार्टीहरु लागिपरेको जगजाहेर नै छ I समस्याहरु सुल्झाउनु भन्दा कसरि जनतालाई अल्मल्याउने र आफ्नो बर्चस्व कायम राख्ने भन्ने कुरामा  राजनीतिक पार्टीहरु लागिपरेका छन I उनीहरुलाई राम्ररी थाहा छ, संघीयताको मर्म अनुसार हरेक समुदायको पहिचानलाई स्थापित गर्नेहो भने उनीहरु समाजमा अगाडि बढ्छन जसले गर्दा आफ्नो रोजीरोटी खोसिने हो कि भन्ने त्रासले गर्दा पहिचानलाई जातीयतामा लगेर झनै सोझासाझा जनतालाई लडाऊन खोज्दैछन I खास समस्या भनेको प्रदेश र त्यसको सिमाना संग सम्बन्धित छ जहाँ मधेशी, थारु, आदिबासी जनजातीहरु हरेक निकायमा आफ्नो हिस्सा खोजिरहेका छन जसको लागी नै संघियताको माग भएको हो I तर यसको समुचित समाधान भन्दा पनि अमुक ठाउँ यताउता गर्दा देशै टुक्रिने डर देखाउदै झनै समस्यालाई बल्झाउने काम भैरहेको छ I हैनभने संबिधान घोषणा गर्दा एकैठाउँमा रहेका शक्तिहरु कार्यान्वनको लागि एकैठाउँमा बस्न नसक्नुको कारण भनेको यिनीहरुको काम देशलाई सधैभरी अनिर्णयको बन्दि बनाउदै आफ्नो स्वार्थ पूर्ति गर्नु सिबाय अरु केहि हैन I