5 Kartik, 2074 | 22 October, 2017 Sunday

तीतोपाटी डटकम-नेपाल तामाङ घेदुङ कुवेतद्वारा आगामी मेई-१२ तारिक, जिलिबको विडिङ हलमा गर्ने भनिएको २५६१औँ बुद्ध जयन्ति बिशेष कार्यक्रम बिशेष कारणबस मेई-५ तारिक शुक्रबार कुवेतको हावालीमा हुने भएको छ।

२५६१औँ बुद्ध जयन्ति बिशेष कार्यक्रम संयोजक युग लामाका अनुसार पूर्ब तयारी र प्रचार प्रसार गरिएको जस्तै नेपालबाट अतिथी कलाकारहरु प्रेम लोप्चन र शशिकला मोक्तानका साथमा नेपाल तामाङ घेदुङ नेपाल केन्द्रका अध्यक्ष मोहन गोले तामाङको आतिथ्यतामा उक्त कार्यक्रम हुनेछ।

बिशेष कारणबस २५६१ औँ बुद्ध जयन्ती तथा बृहत साँस्कृतिक कार्यक्रमको मिती र स्थान परिवर्तन गर्दै मेई-५ शुक्रबार हवाल्ली स्थित ब्वाइज स्काउट थ्रिएटरमा गर्न लागिएको जनाउदै आयोजकले कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाका प्रतिनिधिहरु,समाजसेवी, बुद्धिजिबी, पत्रकार, खेलाडी, राजनीतिज्ञ र सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई स्थान र मिति परिवर्तन गर्दा पर्न गएको असुविधा प्रती क्षमा माग्दै उल्लेखित स्थान र मितिमा उपस्थिति भई कार्यक्रमलाई भब्य रुपमा सम्पन्न गर्न अनुरोध गरेको छ।

साथै एक हप्ता अगाडि सारेर गर्न लागिएको उक्त कार्यक्रमको लागि सम्पूर्ण तयारी पुरा गरिसकिएको र यस अघि कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाको प्रतिनिधिहरुलाई पत्राचार गरि सकिएको जनाउदै आयोजकले यदी पत्र प्राप्त हुन नसकेको खन्डमा यसै अनुरोधका आधारमा कार्यक्रममा उपस्थितिका लागि आबहान गरेको छ।  

कार्यक्रमको बारेमा पूर्ण जानकारी:-

मिति : ५-मेई शुक्रबार,२०१७  
स्थान : ब्वाइज स्काउट थ्रिएटर,हवाली-कुवेत(सेन्टर पइन्टको ठिक  अगाडि रहेको पोस्ट अफिस संगै जोडीएको हल)  
समय : ११ बजे बिहान
सम्पर्क: युग लामा ६६०३६३८४
       राम लामा ९०९११२९६
       अमृत लोप्चन ६५८०३२००
       दिलकुमार  पाख्रिन ६७७९०६८०