16 Baishak, 2074 | 29 April, 2017 Saturday
काठमाण्डौं, बैशाख ४ – एकीकरणपछि स्थानीय निर्वाचन मार्फत संगठन सुदृढिकरणमा जोड दिएको राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तहको निर्वाचनका लागि उमेदवार छनोटको तयारी गरिरहेको छ ।चुनावी तालमेलका लागि अन्य दलहरुसँग छलफल जारी राखेको राप्रपाले सकेसम्म निर्वाचन हुने सबै स्थानमा पार्टीका उमेदवार उठाउने भएको छ ।

राप्रपा काठमाण्डौं अध्यक्ष नवराज शिंखडाका अनुसार काठमाडौं महानगरपालिकाको मेयरमा पार्टीका पूर्व प्रवक्ता राजाराम श्रेष्ठ उमेदवार बनेका छन् भने चर्चित अभिनेतृ रेखाथापा महानगरपालिकाको उपमेयरमा उमेदवार बनाउने राप्रपाले जनाएको छ ।

केही समय अघि भएको पार्टी महाधिबेशनमा थापा राप्रपा केन्द्रीय सदस्यमा निर्वाचित भएकी थिईन । श्रेष्ठ दोस्रो संविधानसभा चुनावमा काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार थिए ।

काठमाण्डौंको शंखरापुरा नगरपालिकाको मेयरमा गोविन्द प्रसाद श्रेष्ठ, रमेश नापित, उपमेयरमा बेली तामाङ्ग र लक्ष्मी थापाको नाम चर्चामा छ । काठमाण्डौंको कागेश्वरी मनहरा नगरपालिकाको मेयरमा शम्भू थापा र नवराज दाहालको नाम चर्चामा रहेको छ भने उपमेयरमा अन्जु केसी र कृष्णा नगरकोटीमध्ये एक जना उठ्ने छन् ।

बुढानिलकण्ठ नगरपालिकाको मेयरमा नवीन खड्का, सन्तोष अधिकारी र सानुकान्छा श्रेष्ठको चर्चा छ भने उपमेयरमा गिता रिजालमध्ये एकजना उमेदवार बन्ने छन् । टोखा नगरपालिकाको मेयरमा प्रेम पसाद दुलाल र सुरज पाण्डे मध्ये एकजना उठ्ने छन् ।

तारकेश्वर नगरपालिकाको मेयरमा राज कुमार थापा, कपुर लामा, केदार फुयाल मध्ये एकजना उमेदवार बन्ने छन् भने त्यहाँ मिरा महर्जन उपमेयरको उमेदवार बन्ने छन् ।

नागार्जुन नगरपालिकाको मेयरमा उद्धव था र उपमेयरमा निरा खनाल, आशा लामा र रामहरी जोशी मध्ये एकजना उमेदवार बन्ने छन् । चन्दागिरी नगरपालिकाको मेयरमा मदन थापा मगर, पकाश थापा र मिलेन्द्र प्रधान मध्येएकजना उमेदवार बन्ने छन् ।

किर्तिपुर नगरपालिकाको मेयरमा शिबराम थापा, जित बहादुर श्रेष्ठ र प्रमोद नापित मध्ये एकजना उमेदवार बन्ने छन् । त्यस्तै दक्षिणकाली नगरपालिकाको मेयरमा श्याम बस्नेत र रुपा बलामी मध्ये एकजना उमेदवार बन्ने छन् ।

ललितपुर महानगरपालिकाको मेयरमा पार्टीका केन्द्रिय सदस्य निरन्जन थापार पूर्व केन्दिय सदस्य अष्टमान महर्जन मध्ये एक र उप मेयरमा नरेश श्रेष्ठ, महालक्ष्मी नगरपालिकाको मेयरमा आनन्द अधिकारी र उपमेयरमा मेनुका पौडेल र गोदावरी नगरपालिकाको मेयरमा कृष्ण देसार, सुर्यदेवी केसी तथा देवकी खड्का मध्ये एकजना उठ्ने जिल्ला अध्यक्ष रामहरी थापाले जानकारी दिए ।

नेपालगञ्ज उपमहानगरपालिकाको मेयरको उम्मेदवार बन्ने तयारीमा रहेका महामन्त्री धवलसम्शेर राणा लामो समय देखि मतदाताको घरदैलोमा लागेका छन् । दोस्रो संविधानसभामा नेपालगञ्ज नगरपालिकासहितको बाँके क्षेत्र नम्बर ३ मा दोश्रो भएका राणा यस पटक जित्ने अठोटमा मैदानमा खटिएका छन् ।

सहायक महामन्त्री मनोजकुमार प्रधान सल्यानको शारदा नगरपालिकामा मेयरको उम्मेदवार बन्ने भएपछि यहाँ छुटै रौनक आएको छ । प्रधान दोस्रो संविधानसभा निर्वाचनमा सल्यान क्षेत्र नम्बर २ मा राप्रपा नेपालका उम्मेदवार थिए । हेटौंडा उपमहानगरको मेयरमा गणेश थापा र दीपकबहादुर सिंह पार्टीका पुर्व केन्द्रीय सदस्य मधु अधिकारी मध्ये एक लाई प्रत्यासी बनाउने तयारी गरेको छ । मेयरको सार्वजनिक घोषणा भने बैशाख ७ गते गरिने छ ।

झापाको दमक नगरपालिकामा सहायक महामन्त्री राम थापा उम्मेदवार बन्ने भएका छन । दोस्रो संविधानसभा निर्वाचनमा दमक नगरपालिका समेत रहेको क्षेत्र नम्बर ७ मा थापा तेस्रो भएका थिए । स्थानिय तालमेल भएमा यस पटक उनी त्यहाँ सजिलै जित्ने अवस्थामा रहेको राप्रपा झापा जिल्ला अध्यक्ष अमर विष्ट बताउछन । रापपाले दमकमा रिता श्रेष्ठलाई उपमेयरको उमेदवार बनाउने भएको छ । त्यस्तै झापाको मेची नगरपालिकाको मेयर अशोक सुब्ब र उपमेयरमा सविना बजगाई, विर्तामोड नगरपालिकाको मेयरमा भक्ति सिटौला, त्यहाँ उपमेयरको टुगो लागेको छैन । त्यस्तै शिसतासी धामको नगरपालिकाको मेयरमा उमानाथ दाहाल उपमेयरमा रोजी लुईटेल,त्यस्तै भद्रपुर नगरपालिकाको मेयर नवराज पाण्डे र उपमेयरमा राधा कार्की उमेदवार बन्दै छन् ।

राप्रपाले मोरङ्गको सुनवर्शी नगरपालिकाको मेयरमा जवीरउद्धीन मिया, उर्लावारी नगरपालिकाको मेयरमा विनोद पोखरेल ,पथरी नगरपालिकाको मेयरमा उर्मिला आचार्य , लेटाङ्ग नगरपालिकाको मेयरमा कोशराज निरौला, सुनसरी जिल्लाको धरान नगरपालिकाको मेयरमा राप्रपाले प्रकास राईलाई उठाउने भएको छ ।

यता भक्तपुरमा राप्रपाले तालमेलको नितिलाइ प्राथमितामा राखेको जिल्ला अध्यक्ष दिनेश श्रेष्ठले जानकारी दिए । तालमेल नभएमा राप्रपाले भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा रविन्द्र प्रताप शाह, माधव खत्री र धन बहादुर लामा मध्ये एक, सुर्य विनायक नगरपालिकाको मेयरमा रामेश्वर थापा, नारायण थापा,र रवि ढुगेल मध्ये एक , मध्यपुर थिमि नगरपालिकाको मेयरमा नर गोविन्द शखदेव वा भूवानावाजा श्रेष्ठ मध्ये एक र भक्तपुर नगरपालिकाको मेयरमा रविकृष्ण श्रेष्ठलाई उठाउने भएको छ