10 Ashad, 2074 | 24 June, 2017 Saturday

तीटोपाटी - राप्ती भेरी कर्णाली एकता समाज कुवेतले हिजो नव वर्ष २०७४ सालको नेपाली तिथी मिति सहितको क्यालेन्डर विमोचन गर्दै नयाँ वर्षको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

फर्वानिया पार्कमा एक कार्यक्रमको आयोजना गरी समाजका पदाधिकारी तथा सदस्यहरुको मात्र उपस्थितीमा उक्त कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम समाजका अध्यक्ष पवनकुमार ओलीको सभापतित्वमा सम्पन्न भएको थियो ।


प्रवाशमा रहेर पनि आफ्नो देशको गतिविधिहरु, चाड पर्वहरु सजिलोसंग बुझ्न सकुन भन्ने उद्देश्यले नेपाली भित्तेपात्रो  प्रकाशित गरेको समाजका अध्यक्ष पवनकुमार ओलीले तीटोपाटी डट कमलाई जानकारी दिएका छन् ।