2 Poush, 2074 | 17 December, 2017 Sunday

तीतोपाटी डटकम-बिगत ८ बर्ष देखी कुवेतको नेपाली समाजमा फरक किसिमका रचनात्मक कार्यहरुका साथ मानबिय साथ-सहयोगमा अग्रणी भूमिका निर्बाहा गर्दै आएको जन-जागृति युवा समाज कुवेतले हिजो एप्रिल-१४ शुक्रबार कुवेतको फर्वानिया स्थित शैलुङेस्वरी नेपाली रेश्टुरेन्टमा आयोजित एक कार्यक्रम मार्फत नयाँ-वर्ष २०७४ को भित्ते पात्रो सार्वजानिक तथा नयाँ-बर्ष २०७४को अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रमको आयोजना सम्पन्न गरेको छ।


जन-जागृति युवा समाज कुवेतका अध्यक्ष छत्र कार्कीको अध्यक्षता तथा नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङ्देनको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेपाली राजदूतावासका दित्तिय सचिव ज्ञानबहादुर मगर र तृतिय सचिव सुरेश अधिकारी लगाएत कुवेतमा कृयाशिल नेपाली संघ-संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।

कार्यक्रममा उपाध्यक्ष आनन्द आचार्यले समाजले गरेका कार्य विवरणहरुको साथमा सबैलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए। नेपाली राजदूतावासका दित्तिय सचिव भोगेन्द्र लिङदेनले जन जागृति युवा समाजले नेपालीहरुलाई जानकारी मुलक भित्ते पात्रो प्रकाशित गरी नेपाली राजदूतावासले वितरण गरेको के गर्न हुने र के गर्न नहुने भन्ने सचेतना मूलक सामाग्रीलाई पनि स्थान दिएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । कार्यक्रममा बिभिन्न संघ-संस्थाका प्रतिनिधीहरुले नयाँ बर्ष २०७४को शुभकामना मन्तव्यका साथ जन-जागृति युवा समाज कुवेतले गरेका कामहरुको प्रशंसा गरेका थिए।

कार्यक्रममा धुर्मुस-सुन्तली फाउन्डेशनद्वारा बर्दियाको मुसहर बस्ती निर्माणमा जन-जागृति युवा समाज कुवेतको अबहानमा १० लाख नेपाली रुपैया सहयोग संकलनमा बिशेष भूमिका निर्बाह गरेका अभियान संयोजक टिकाराम आचार्य, प्रदिप नेपाली तथा अनिल ठाकुरलाई सम्मान गरिएको थियो।त्यसै गरी संस्थालाई हरेक समयमा सहयोग गर्ने काठमान्डौ कार्गोका बसन्त पुन मगरलाई पानी दोसल्ला सहित सम्मान गरिएको थियो।

कार्यक्रम महासचिब टिकाराम आचर्यले सन्चाल्न गरेका थिए ।