10 Ashad, 2074 | 24 June, 2017 Saturday

मेरो मन
तिम्रो न्यानो अंगालोमा मलाई लुकाई राख सानू 
तिम्रो मुस्कानको भूमरीमा फसाई राख मलाई  सानू
खुशी हुन थालेकी छु तिमीलाइ भेटे देखि
यो खुसिलाइ सधैभरी बचाई राख मेरो सानू ।

लोभ मलाई केहि छैन तिम्रो माया पाए पुग्छ
सधै भरि तिम्ले मलाइ काली भनी बोलाए पुग्छ 
लुकाएर तिम्रो तस्बिर राखेकी छु  यो मनभित्र
यथार्थमा हुन्न भने सपनीमा आए हुन्छ ।

कठोर छु भन्थे म त नौनी सरि पग्लिए छु
जैले देखि तिम्लाइ भेटे फेरि मत बद्लिए छु 
बैगुनी पो हौ कि कतै टुनामुना जादु गर्ने
जिन्दगीमा अन्तिम पटक तिमीसंग अल्झिएछु ।

✍ रोजिना ढुंगाना, हाल कुवेत