5 Bhadra, 2074 | 21 August, 2017 Monday

चैत ३० –हास्य श्रृखला भद्रगोलका चर्चित पात्र जिग्रीकी प्रेमीका रक्षा श्रेष्ठले मोडल नवीन न्यौपानेसँग जोडी बाधेकी छन् ।उनले रियल भन्दा पनि परिल लाइफमा नवीनसँग जोडी बाधेकी हुन् ।

गायक प्रमोद खरेलको गीत ‘पराईको बगैचामा फुल्ने फूल भयौ तिमी’को म्युजिक भिडियोमा यी दुबैको अभिनय देख्न सकिन्छ । भिडियोमा रक्षा र नवीन रोमान्टीक मुडमा रेष्टुरेन्टमा पनि भेटिएका छन् ।

थुप्रै म्युजिक भिडियो अभिनय गरेर मोडलिङमा आफुलाई अब्बल साबित गर्दै लगेका नवीन र रक्षाको जोडीले म्युजिक भिडियोलाई सिगार्ने काम गरेको । भिडियो यी दुबै कलाकारको अलवा सुशील न्यौपानेको समेत अभिनय देख्न सकिन्छ ।

भिडियो मकवानपुर जिल्लाका विभिन्न स्थानमा छायाँकन गरिएको हो । दिनेश बमले भिडियो निर्देशन गरेका हुन् । गीतको भावअनुसार भिडियो बनाइएको निर्देशक बमले बताए ।

मोडल नवीनका यस अगाडि धेरै बिभियो बाहिर आएका छन् । तर यो भिडियो आफ्नो लागी खास हुने उनले बताए । उनले भने ‘प्रमोद खरेलको स्वर आफैमा राम्रो छ । उनको गीतमा तयार भएको यो म्युजिक भिडियो उत्तिकै राम्रो बनेको छ ।’गीतमा संगीत जीवन पन्त र शब्द रबिन्द्र जोशीको रहेको छ ।
-रातोपाटी