16 Baishak, 2074 | 29 April, 2017 Saturday
साँच्चै मिलोस
2017-04-11 | तीतोपाटी डट कम


साच्चै त्यो लक्ष्य फेला पार्ने शक्ति मिलोस्
सबैभन्दा उत्कृष्ट कर्म गर्ने हिम्मत जुटोस्
जिवनलाई फुलाउन मनरुपि बिरुवा रोप्ने
उर्वरशक्ति भएको खेतसरि जिवन मिलोस् ।।


साच्चै मन शुद्ध बनोस चरीत्र सफा रहोस्
असल काम गरि सुमन फल्ने स्थान मिलोस्
अमृतले जस्तै जिबनलाई सिंचाउन मिल्ने
सहनशीलताले टम्म भरिएको सागर मिलोस् ।।


साच्चै त्यो फुल मनमोहक र सुन्दर फुलोस्
खेतमा सुमधुर संस्कारको हावाको चलोस्
जिवनलाई सधै भरि न्यानो मात्रै बनाइ राख्ने
सुर्यको ताप जस्तै ज्ञानको त्यो उर्जा मिलोस् ।।


साच्चै त्यहाँ यस्तो पवित्र कोपिला लागोस्
किरा फटयांग्राले कहिल्यै नोक्सान नगरोस्
जिवनमा निराश होइन हौसला दिनसक्ने
सधै भरी सच्चा मित्रको साथ मिलिरहोस् ।।


साच्चै त्यहाँ यस्तो त्यो सुमधुर फललागोस्
लटरम्म दानाहरुमा पटिलो पनले भरियोस्
जिबनको खेतीबाट प्राप्त फल बाँड्न सक्ने
सधै आकाश जस्तै फराकिलो त्यो मन बनोस् ।।


साच्चै त्यो फसल एउटा सर्वश्रेष्ठ फसल बनोस्
फल देखेर दुश्मनहरुको पापी नजर नपरोस्
शत्रुहरुका लक्ष्यहरुलाई नै परिवर्तन गर्नसक्ने
त्यस्तो युगान्तकारी कर्म गर्न हिम्मत जुटोस् ।।


युवराज बस्याल
बराङ्दी पाल्पा
हालः कुवेत