10 Ashad, 2074 | 24 June, 2017 Saturday
मुना चौधरी, वरमहानबाट निस्कँदा रात पर्न लागेको थियो। वरमहानबाट अलिकति पर आएपछि मैले एउटा गाउँ देखेँ। त्यहीँ गाउँमा बास बस्नु पर्ने भयो।

हामी एउटा घरमा बास माग्यौँ। हामी साधारण पहिरणमा थियाँै। चन्द्राले पहेँलो सारी लगाएकी थिई। उनी राजकुमारी जस्तो देखेकी थिइन। उनी एक साधारण युवतीकी भेषमा थिइन्। हामी बटुवा जस्ता देखिएका थियौँ। हाम्रो साधारण रूप हेरेर उनीहरूले हामीलाई बास दिए।

 “हो” भनेर चन्द्रावतीले टाउको हल्लाएकी थिई। हामीलाई भेटेर अधबैँसे स्त्री धेरै खुसी भएकी थिई। “मेरो नाम रतिया हो” भनेर अधबँैसे स्त्रीले भनी “मलाई रतिया भनेर बोलाउन सक्छौँ।”
चिटिक्क परेको माटोको घर थियो। परालले छाएको घरको छानो थियो। घरका भित्ताहरू फुलवारीको कमेरोले पोतिएका थिए। बास माग्दा सेतो सारी लगाएकी स्त्रीले हाम्रो परिचय मागेकी थिई। “म सलहेश हुँ” भनेर आफ्नो परिचय दिएको थिएँ । “उनी चन्द्रावती हुन् ” भनेर चन्द्रावतीलाई त्यो स्त्रीस्त्रीसगँ परिचित गराएको थिएँ। “सलहेशको नाम धेरै सुनेकी छु।” भनेर त्यो स्त्रीले चन्द्रावतीको नाम सुनेर भनी  “तिम्रै गिरमहल चोरी भएको थियो?”

“हो” भनेर चन्द्रावतीले टाउको हल्लाएकी थिई। हामीलाई भेटेर अधबैँसे स्त्री धेरै खुसी भएकी थिई। “मेरो नाम रतिया हो” भनेर अधबँैसे स्त्रीले भनी “मलाई रतिया भनेर बोलाउन सक्छौँ।”

बेलुकी बास माग्न आउँदा उसको घरमा दुईजना पुरुषहरूलाई देखेको थिएँ। तर अहिले कोही थिएन। उसको ससुरा र अर्को उसको छोराको उमेरको केटो जस्तो पुरुषलाई देखेको थिएँ तर ती मान्छेहरुले यहाँ बस्न सक्नुहुन्छ भनेर हामीलाई बासको लागि अनुमति दिएर कुन्नि कहाँ गएका थिए?

रतिया खाना पकाउँदै थिई। उसको सानो, तिन वर्षको छोरा थियो। उसले सेतो सारी लगाएकोबाट थाहा हुन्थ्यो कि उनी विधुवा थिई। उसले खाना पकाएर हाम्रो लागि पस्किन। दुईओटा थालमा मात्र भात पस्केको हेरेर मैले भनेँ “अघिको मान्छेहरु खोई? तिनीहरुले खाना खाँदैनन् ?” मेरो कुरा सुनेर रतियाले भनिन् “मेरो घरमा कोही पुरुष छैनन् सलहेश।” काखमा बोकेको तिन वर्षे बालकलाई देखाउँदै भनिन् “मेरो घरमा यो मेरो छोरा मात्र छ।” मैले सोधेँ “अघिको दुई जना को थिए?” मेरो कुरा सुनेर उनले भनी “अघिको दुई जनामा एकजना मेरो ठुलो ससुरा हुनुहुन्थ्यो र एक जना मेरो देवर थियो। मेरो पति बितेको दुई वर्ष भयो। म आफ्नो तिन वर्षको छोरालाई लिएर एक्लै बसेकी छु।”

उसको कुरा सुनेर हामी एक छिन दुःखी भएका थियौँ। खाना खाइसकेपछि चन्द्रावतीले उसको छोरालाई बोकिन्। त्यसपछि उसले जुठा भाँडाकुडा माझिन्। हाम्रो सुत्ने व्यवस्था गरी। म ओसारमा सुतेँ। रतिया र चन्द्रावती घरभित्र सुते। हामी यात्रामा थाकेको हुनाले राति खाना खाइसकेपछि धेरै कुरा गर्न सकेनौँ। निद्राले हामीलाई छोपिसकेको थियो। राति हामी चाँडै निदाएका थियौँ।

बिहान भएपछि नित्यकर्म सकाएर हामी जाने सुरसारमा थियौँ। मेला हेर्न निस्केका यात्री पाहुना बनेर बस्न मन लागेन। हामी निस्कने कुरा गर्दा रतियाले मानिन्। “मेरो घरमा कोही पाहुना आउँदैनन्।” भनेर एक दिन भए पनि बस्न हामीलाई अनुरोध गरिन्। चन्द्रावतीले पनि बस्न सहमति जनाई।

चन्द्रावतीले रतियालाई भनिन् “कसरी एक्लै बस्न सकेको रतिया? तिमी माइतीमा बस्दा पनि हुन्छ।”  रतियाले भनी “म सानै छँदा मेरो बुबा बित्नुभएको थियो। मेरो आमाले मलाई एक्लै कुर्काउनु भयो। मेरो विवाह भयो। मेरो विवाहको छ महिनापछि आमा वित्नु भयो। मेरो माइतीमा कोही छैनन्।

रतिया भावुक बनिन्। चन्द्राले थपिन “अनि तिम्रा पति नि।”

त्यसपछि रतियाले थपिन्

भ्गवानले् पनि दुःखीहरूलाई दुःख दिन मात्र जान्दा रहेछन्। मेरो पतिको बाबुआमा सानैमा बितेको थियो। म अनाथसँग बिहे गरेकी थिएँ। मेरो पतिको एक जना भाइ छ। राति एक जना पुरुषलाई हेरेका थियौ त्यो मेरै देवर थियो। मेरा पति दुई भाइ मात्र थिए। मेरो पतिको बेलाबेलामा छाती दुखिरहन्थ्यो भन्ने कुरा बिहे पछि मात्र थाहा पाएँ। उहाँ बिहेको एक वर्ष पछि नै बित्नुभयो।

मेरो हातको मेहदीको रङ पनि राम्ररी नपखालिँदै आफ्नो पतिको मृत्यु देख्नु पर्‍यो। म दुई जिउकी थिएँ। केही समयपछि छोरा पाएँ। मेरो जीवन कष्टकर बन्दै गइरहेको थियो। मेरो घरमा स्त्री जात कोही नभएकोले देवरले नै मेरो स्याहार गर्न थाल्यो। देवरले स्याहार गरेको हेरेर समाजले मलाई आरोप लगाउन थाल्यो। म देवरको रखेल हुँ भन्न थाल्यो। समाजमा मेरो नकारात्मक कुराको धेरै चर्चा हुन थाल्यो।

तर मलाई मेरै आफ्नै नराम्रो हल्लाको बारेमा थाहा थिएन। एक दिन त समाजका बुज्रुकहरु भेला भएर मेरो बिहे झगरुसँग गराइदिने निर्णयमा पुगेका रहेछन्। मैले त्यो कुरा थाहा पाएपछि लाजले पानी, पानी भएँ। मेरो बारेमा समाजमा नराम्रो चर्चा थियो तर म पहिलो पटक सुन्दै थिएँ। मलाई चरित्रहीनको आरोप लगाएको थियो। म झगरुसँग कसरी विहे गर्न सक्थेँ। म उसलाई भाइ जस्तो सम्मान गान्थेँ। ऊ मेरो देवर थियो। म झगरुको भाउजू भए पनि उसले मलाई दिदीको जस्तो व्यवहार गरेको थियो तापनि समाजलाई पाच्य भएन। मैले सेतो लुगा त लगाएकै थिएँ। तर त्यस लुगामा चरित्रहीनताको कालो दाग पनि समाजले लगाइसकेको थियो।

म धेरै रोएँ। धेरै छटपटिएँ तर मेरो कुरा सुन्ने कोही भएन। म मानसिक यातनाको सिकार भएकी थिएँ। बिना पुरुषको समाजमा बाँच्न कति गारो हुन्छ भने कुरा थाहा पाएकी थिएँ। लोग्ने लाटो, अन्धो, बहिरो जस्तो भए पनि उसको स्वास्नीलाई समाजले हेप्न सक्दैन तर लोग्ने नै नभएको स्वास्नीलाई समाजले औलामा पनि गन्ती गर्दैन।

देवरकै रखेलको आरोपबाट बच्नको लागि देवरको बिहे गराई दिएँ। देवरको बिहे भयो।  कसल,े कसले कुन्नि? देवरानीलाई मेरो नाम झगरुको नामसँग जोडिएको कुरा सुनाई दिएछ। त्यो दिनदेखि देवरानी छुट्टै बस्न थाली। झगरुलाई पनि मसँग बोल्न दिएकी छैन। मलाई आमाजस्तो हेरचाह गर्ने झगरु पनि मसँग बोल्न छोड्यो। उनीहरु छुट्टै बस्न थाले। म नितान्त एक्लो भएकी थिएँ। दुधे बालकको अनुहार हेरी बाँच्न बाध्य भएँ। आफ्नो बालकमा पतिको अनुहार खोज्थेँ र छोरालाई काखमा बोकेर घन्टौँ घन्टासम्म रुन्थेँ।

सबै आफन्तहरू मभन्दा टाढा – टाढा भाग्न थाले। म चरित्रहीन विधुवाको रूपमा आफ्नो परिवार, आफन्त र समाजमा परिचित थिएँ। पाइला – पाइलामा सचेत भएर हिँड्न थालेकी थिएँ। एक दिन छोरो विरामी पर्दा भोला काका झारफुक गर्न आउनुभयो। मेरो बोली नम्र भएकोले मसँग झगरु काकाले  घन्टौँसम्म कुरा गर्नु हुन्थ्यो।

मैले बोल्दा घन्टाँैघन्टासम्म बसेर काकाले सुन्नु हुन्थ्यो। आफ्नै जीवनको दुःख पिडा काकालाई सुनाउँथेँ। मेरो पिडा सुनेर मप्रति उहँालाई दया जागेर आएछ। कहिले बाबुलाई हेर्न त कहिले मलाई सान्त्वना दिन उहाँ मेरो घर आइरहनुहुन्थ्यो । समाजलाई त्यो कुरा पनि पाच्य भएन। मलाई भोला काकासँग समाजले आरोप लगाउन थाल्यो। मेरो नाम समाजले भोला काकासँग जोड्न थालेको थियो।  एक दिन मैले भोला काकालाई भनिदिएँ  काका तपाईँ मेरो घर धेरै नआउनुस्। त्यसपछि काकाले पनि बुझ्नु भयो होला। त्यहाँदेखि काका पनि आउन छोड्नु भयो। काकासँग पनि आरोप लगाउन यो दुनियाँ पछाडि परेन।

गाउँमा कसैको बिहे भयो भने म हेर्न जाँदिनँ। म बिहेहरूमा गएँ भने बेउला, बेउलीलाई तिम्रो छाह लाग्छ। तिमी पर बस भनेर बुज्रुकहरुले भन्छन्। मलाई हेप्छन्। मसँग भेदभाव गर्छन्। मेरो चित दुख्छ। पटक–पटक आफ्नै चित दुखाउन म बिहेहरूमा जाँदिनँ। मलाई लागिरहेको हुन्छ म घाइते भएकी पो छु कि? मेरो शरीरको कुनै अङ्ग पो कुहिँएको छ कि? कुहिँएको भए पनि यति हेप्दैन्थ्यो  तर विधुवालाई यति हेप्दो रहेछ कि बाँच्न पनि दुरदुहाई गरिदिन्छ।

 कहिले त लाग्छ म कहाँ जाऊँ? के गँ? मेरो पिडा बुझिदिने कोही हुँदैन। म बिचलित हुन्छु। कसैको घरमा पूजापाठ भइरहेको छ भने म त्यहाँ पुग्दा तिमी एकछिन परै बस भनेर मलाई मान्छेहरूले आदेश दिन्छन्। कहिले त सोच्छु भगवान्लाई मदेखि, मेरो रूपदेखि घृणा छ भने मलाई किन विधुवा बनायो? म मनमनै भगवान्लाई कहिँलेकाहीँ रिस पोखिरहेकी हुन्छु। भोजभतेर खान जाँदा पनि समाजका दिदी, बहिनीले इसारा गरी, गरी ऊ यहीँ आइमाई भोलासँग पनि रास लिला गरी भनेर एक–अर्कालाई देखाइरहेका हुन्छन्। उनीहरूको ठुलो समूह हुन्छ। म एक्लै हुन्छु। म हतपत केही जवाफ दिन सक्दिनँ किनकि म जवाफ तयार गरेर गएकी हुँदिनँ। कसले के  प्रश्न सोध्छ भनेर मलाई थाहा हुँदैन। म हरबखत जवाफ तयार गरेर बसेकी हुँदिनँ। म उनीहरूको समूहमा जवाफ फर्काउन सक्दिनँ। उनीहरूको कुरालाई प्रतिकार गर्न सक्दिनँ। उनीहरुले मलाई जे सोच्छ, म उनीहरुको नजरमा त्यहीँ बनेकी हुन्छु। उनीहरूको कुरा सुनेर म चुप लागेर नसुनेको जस्तै गरी त्यहाँबाट हिँडिदिन्छु।

एकजना बुढो पुरुष देख्यौ। त्यो मेरो ठुलो ससुरा हुनुहुन्थ्यो। काल गतिले ठुलो सासु बित्नु भयो। ठुलो बुबाका मेरै उमेरका छोराबुहारी छन्। बुहारीहरूले ससुराको सेवा गर्न सक्दैनन्। बुहारीहरू ससुराको हेरचाह गरिन भने आरोपित हुनुपर्छ। ठुली आमाको शव पनि घरबाट निस्केको थिएन। त्यति बेला नै समाजले ठुलो बुवाको बिहे गरिदिने निर्णय लियो। बुढेसकालमा छोरा बुहारीले स्याहार गर्न सक्दैन भनेर ठुली आमाको शव नउठाउँदै ठुलो बुबाको बिहे गरिदिने निर्णय समाजले लियो। बुढेसकालमा श्रीमतीको स्याहार श्रीमान्लाई चाँहिन्छ भनेर ठुली आमा बितेको तिन महिनापछि नै ठुलो बुबाको बिहे पच्चिस वर्षकी युवतीसँग गराइदिएको छ।

यो समाज जतिसुकै आधुनिकतातिर लम्किए पनि नारी र पुरुषबिचमा भेदभाव गर्ने समाजको व्यवहार कहिल्यै समान हुँदैन। एउटा पुरुषको पत्नी बितिसक्दा उसको पत्नीको चिता नजल्दै समाजले त्यो पुरुषको अर्को बिहेको बारेमा सोच्छ तर एउटी नारीको पति बितिसक्दा आजीवन विधुवा बनेर बसोस् भन्ने सोच्छ। एक जना पुरुषको पत्नी बित्दा उसको बालबच्चालाई कसले खाना पकाएर खान दिन्छ? भनेर समाजले सोच्छ तर त्यहीँ ठाउँमा नारी भइदिएको भए समाजले एक पटक पनि त्यो नारीको बारेमा केही सोच्दैन।

 छोराछोरीलाई बाबुबिना कसरी एक्लै आमाले मात्र हुर्काउन सक्छे भनेर समाजले एक पटक सोच्दैन। समाज आधुनिक युगमा आइपुग्दासम्म पनि नारी र पुरुषमा भेदभाव गर्न छोडेको छैन। पुरुषहरूसँग बोल्दा पनि एउटी नारीलालाई आफ्नै देवरसँग पनि आरोप लगाउन पछि पर्दैन। यो दुनियाँ कति बेदर्द छ। असहायलाई नै पिडा दिन खोज्छ। बलियालाई नै इज्जत गर्न जानेको छ संसारले। पुरुषवादी समाजले हामी नारीको बारेमा कहिल्यै सहि निर्णय गर्दैन।

बोल्दा बोल्दा रतियाको आँखाबाट आँसु बगेको थियो। चन्द्रावती रतियाको आँसु दुईटै हातले पुछ्दै भनी “हाम्रो समाज यस्तै छ रतिया। नरोऊ तिमी। स्वास्नी वित्ने वित्तिकै पुरुषले अर्को बिहेको बारेमा सोच्नछ तर नारीले लोग्ने बित्दा अर्को बिहेको बारेमा त के पर पुरुषसँग कुरा गरे भने पनि चरित्रहीन स्त्रीको संज्ञा दिन्छ। तिमीलाई त्यस्तो एक्लो अनुभव भइरहेको छ भने हामी एक दिन अझ तिम्रो घरमा बस्छौँ।”

हामी रतियाको घरमा एक दिन बस्ने भएका थियौँ। रतियाले हामीलाई टालबारी लगेकी थिई टालबारीमा तरुल दन खन्न मद्दत गर्‍यौँ। त्यसपछि उनी बाँसको तामा काटी। तरुल र तामाको तरकारी पकाई। खानेकुराको चिन्ता उसले गर्नुपर्दैन्थ्यो। खेतबारी टन्नै थियो।

दिउँसोको खाना खाएर रतियासँग उसको खेत गयौँ। खेतमा गहुँ काट्ने बेला भएको थियो। रतिया छोरालाई आलीमा बसाएर खेतमा गहुँ काट्दै थिई। एक्लै कति सङ्घर्ष गरेकी थिई। उसले आफ्नो सारा जीवन लोग्ने बिना बिताउनु परेको थियेा। छोरालाई हुर्काउन, घर गृहस्थी एक्लै सम्हाल्न सजिलो थिएन।

रतियकाको दुःख हेरेर चन्द्रावतीले भनी “रतियाको दुःख हेर्दा मलाई मेरो दुःख त केही लागेन सलहेश।”

रतियालाई खेतमा काम गरेको देखेर हामी पनि उसलाई गहुँ काट्न सघाइरहेका थियौँ। गहुँ काट्न हामी व्यस्त थियाँै। गहुँ र सरसौ एकै ठाउँमा भएकोले गहुँ काट्दै सरसौ पनि छुट्याएर राख्नु पर्थ्यो। कहिले घाममा काम नगरेकी चन्द्रावतीले रतियाको खेतमा काम गर्दा गर्मीले खलखल पसिना बगेको थियो। चन्द्रावतीको अनुहार पसिनाले भिजेको थियो। गाला राता, राता भएका थिए। रतियाको पिडा हेरेर चन्द्रावती आफ्नो पिडा बिर्सन खोजिरहेकी थिई। ऊ पहिलेको भन्दा बढी बोल्न थालेकी थिई। ऊ चञ्चल हुँदै गएकी थिई। उसले घरी रतियाको छोरालाई बोक्थी। घरी आलीमा बसाएर गहुँ काट्न थाल्थी।

एउटा कोलाको गहुँ हामीले काटिसकेका थियौँ। गहुँ काटेर जिनामा गहुँको बोझ रतियाले बाँधिन। हामी गहुँको बोझ टाउकोमा बोक्दै घरसम्म ल्यायौँ। खेतमा काम गरेर हाम्रो जिउ फुर्तिलो भएको थियो। रतिया एउटा उदाहरण नै थिई। उसको सारा जीवन जिउन बाँकी नै थियो तापनि ऊ बिना लोग्नेको जीवन बाँचिरहेकी थिई।

उसको सहास हेरेर मैले भनँे “रतिया तिमी शक्तिशाली छौँ। तिमी नारीहरू भनेको पुरुषभन्दा पनि बलिया हुन्छौँ। तिमीहरूले चाह्यौ भने संसार हल्लाउन सक्छौँ। नारीको सहास र धैर्यमा पुरुष टिक्न सकेको हुन्छ। तिमी सहनशील छौ। सहन सक्ने क्षमता पनि विशेष प्रकारको शक्ति हो। तिमीमा सहन सक्ने शक्ति छ। तिमीले पुरुषभन्दा बढी काम गरेकी छौ। तिमीले गरे जति काम पुरुषले पनि गर्न सक्दैन रतिया। तिमी सहासी नारी हौ। तिमीबाट समाजले धेरै पाठ सिक्नु पर्छ। तिमीजस्तो नारी सौभाग्यले मात्र पुरुषले पाउँछ।

तिमी नारीकै कारणले हामी पुरुष यो संसारमा आफ्नो रबाफ देखाउन सकेका छौँ। नारी नै पुरुषको आभूषण हो त्यसैले पुरुषले आभूषण लगाउँदैन। नारीको श्रृङ्गारमा नै पुरुष सजिएको हुन्छ। रतिया तिमी त झन कर्मको श्रृङ्गारमा सजिएकी छौ। नारीको आत्मबलले नै समाजमा नयाँ आयाम थप्छ। तिमी विराङगना हौ। तिम्रो प्रत्येक पाइलाले तिम्रो छोराको भविष्य सुनिश्चित गरेको छ। पुरुषले शासन गरेको समाजमा पुरुषले नारीको सधैँ हित हुने सोचेको हुँदैन। आफ्नो हितको लागि तिमी आफैँ आवाज उठाउनु पर्छ। पुरुषले शासन गरेको समाजमा नारी सधैँ शोषित हुनु पर्छ। आफू शोषित हुँदैमा चुप लागेर बस्नु तिम्रो कमजोरी हो।

नारीकै कारणले पुरुष सक्षम कहलिएको छ तर पुरुषको कारणले नारी सक्षम भएको सुन्नु पुरुष प्रधान प्रथालाई अँगाल्नु हो। नारीकै कारणले पुरुष अगाडि बढेको छ। नारीकै हेरचाह र सुरक्षाले पुरुष आफूलाई शक्तिशाली ठान्छ। जो पुरुष नारीको हेरचाह बिना आफू गनतव्यतिर लाग्छ त्यो पुरुष झन पतनतिर जान्छ। तिमी आफैँ शक्तिशाली हतियार हौ।

समाजले तिमीलाई नराम्रो सोच्यो भन्दैमा तिमी आफ्नो मनोबललाई कमजोर हुन दिनु हुन्न। अरुले तिम्रो बारेमा जे सोचे पनि आफू सधैँ अरुको बारेमा सकारात्मक सोच राख्नु पर्छ। सकारात्मक सोचले आत्मसन्तुष्टि दिन्छ। संसारलाई बुझ्न सक्नु पर्छ। संसारमा कसैको अनुहार कसैसँग मिल्दैन। सोच पनि अनुहार जस्तै ऐना हो। विचारले मानिसलाई अमर बनाउँछ। वस्तु र पदार्थ सबै यो संसारमा असत्य छ। क्षणभङगुर वस्तुको मोहमा पर्नु अज्ञानताको प्रतीक हो। मान्छेले सबै कुरालाई अँगाल्न सिक्नु पर्छ।

तिमी त यो समाजको मूल्यवान हिरा हौ रतिया। तिमी समाजमा एक्लो जीवन बाँच्ने साहसी नारी हौ। तिम्रो सम्मान त यो समाजले गर्नु पर्छ।

मेरो कुरा सुनेर चन्द्रावतीले भनी “सलहेश तिमी त सन्त महात्मा जस्तो  कुरा गर्छौ। तिमीले संसारिक ज्ञान यति धेरै छ भन्ने कुरा मैले पहिलो पटक थाहा पाएँ। तिम्रो विचारको गहिराई धेरै छ। हामी अझ दुई चार दिन यो गाउँमा बसेर पञ्चायत बोलाउनु पर्छ। यस्तै चेतनामूलक कुराकानी गाउँका मानिसहरूसँग गर्नुपर्छ। बेलुकी रतियाको आँगनमा गाउँका सम्पूर्ण महिला, पुरुषलाई बोलाए प्रवचन दिँदा राम्रो होला। रतियालाई समाजले धेरै हेपेको छ। रतियाप्रति सकारात्मक सोच राख्न गाउँलेहरुसँग छलफल गर्नुपर्छ।

मैले चन्द्रावतीको कुरामा सहमति जनाएँ। गाउँको गोराइत मार्फत् गाउँका सबै महिला पुरुषहरुलाई राति खाना खाएर रतियाको आँगनमा उपस्थित हुने जानकारी गराएँ। गोराइतले भनेअनुसार गाउँका मानिसहरू राति रतियाको आँगनमा उपस्थित भए। म प्रवचन दिइरहेको थिएँ। म प्रवचन दिन छोडेपछि चन्द्रावतीले आफ्नो विचार राख्थी। हाम्रो विचारमा सबै गाउँलेहरूले  सहमति जनाउथे। गाउँलेहरूले रतियामाथि आफूहरूले नराम्रो आरोप लगाएकाले पश्चाताप गर्दै थिए।

 गाउँलेहरू दिनभरि खेतमा काम गर्थेँ। गाउँलेहरू खेतको काममा पनि एक–अर्कालाई सहयोग गर्न थालेका थिए। गहुँ काटेर, बोझ बाँध्दै बैल गाडामा गहुँको बोझ घरसम्म ल्याउथे। दिनभरि काम गरेर बेलुकीको खाना खाएपछि रतियाको आँगनमा सबै जना गाउँलेहरू भेला हुन्थे। एक–अर्काको विचार साटासाट हुन्थ्यो। पाहुनाभन्दा पनि म रतियाको भाइ भनेर चिनिएको थिएँ। चन्द्रावती रतियाकी बहिनी भनेर चिनिएकी थिई। गाउँमा सधैँ बेलुकी सबै जना जम्मा भएर एक अर्कासँग दुःख सुख साटासाट गर्ने बानी परिसकेको थियो।

रतियाकी देवरानी पनि सामूहिक छलफलमा रतियासँग कुरा गर्न थालेकी थिई। रतियाको देवर झगरु आफ्नी भाउजुसँग बोलचाल सुरु गरेको थियो। रतिया पहिलेको भन्दा खुसी थिई। समाजको साथले उसको जीवन रहज बन्दै थियो।

त्यो गाउँमा एक–अर्काको विचार साटासाट नभएर एक–अर्कालाई नराम्रो सोच्ने बानीको विकास भएको थियो। समाजमा एक–अर्काको सुख–दुःख भेला भएर छलफल गर्न थालेदेखि गाउँका सबै जना एक–अर्काका सहयोगी बनेका थिए। विचारको आदान प्रदानले गाउँमा एक–अर्काप्रति सकारात्मक धारणाको विकास भएको थियो। विधुवा पनि हाम्रा छोरी, चेली, बुहारी र आमा हुन् भनेर रतियालाई गाउँलेहरूले सम्मान गर्न थालेका थिए।

त्यो गाउँमा बस्दा बस्दा एक हप्ता भइसकेको थियो। मलाई पनि गाउँलेहरूको आदत लागिसकेको थियो। गाउँलेहरूले एक–अर्कासँग सद्भाव राखेका थिए। बेलुकी  रतियाको घरमा गाउँको सबैजनाको उपस्थिति भएर पनि एक जनाको उपस्थिति भएन भने खल्लो लाग्थ्यो। सभा नै अधुरो लाग्थ्यो। गाउँका नारीहरु पनि पुरुषको अगाडि निर्धक्कसँग बोल्न सक्ने भएका थिए। गाउँका बुहारीहरू पनि आफ्ना ससुरासँग आफ्ना पिताजस्तै बोल्न थालेका थिए। एक–आपसमा विचार साटासाट गरेर एक–अर्काप्रति गाउँलेहरू स्पष्ट भएका थिए।

“हामी मेला गर्न निस्केको मानिस यसरी एउटै ठाउँमा धेरै बस्न सक्दैनौँ।” भनेर रतियालाई भनेको थिएँ। मेरो कुरा सुनेर रतिया दुःखी भएकी थिई। “फेरि म एक्लै हुने भएँ” भनेर रतियाले दुःख व्यक्त गरेकी थिई। “अब सारा गाउँले तिम्रो भयो ” भनेर भनेपछि रतिया शान्त भएकी थिई। “हामीहरू मेला हेर्न निस्केका हौँ समयमा घर फर्कर्नु पर्छ। हाम्रो पनि घरमा धेरै काम गर्न बाँकी छ।” भनेपछि बल्ल रतिया हामीलाई बिदाई गर्न राजी भई।

हामी बिदा हुने बेलाम गाउँका सबै मान्छेहरू भेला भएका थिए। उनीहरू उदास थिए। “अब कहिले आउँछौ?” भनेर गाउँलेहरले सोधिरहेका थिए। “समय पाएपछि हामी फेरि आउने छौँ ” भनेर मैले भनँे “तपार्इँहरू पनि हाम्रो आदत बनिसक्नु भएको छ। हामी नहुँदा पनि सधैँ तपाईहरू एक–अर्काको सुख–दुख साटासाट गर्न भेला भइराख्नुस्।” “हामी भेला भइराख्छाँै।” भनेर गाउँलेहरूले टाउको हल्लाउँदै सहमति जनाएका थिए।

चौधरीद्वारा लिखित 'जयवर्धन सलहेश'बाट