16 Baishak, 2074 | 29 April, 2017 Saturday


नेपाली लेखक संघ रुपन्देहीको प्रकाशनमा प्रकाशित मुक्तक संग्रह शिरमाथि शिरफूलको आज बिमोचन गरिएको छ । रुपन्देहीको मणिग्राममा लेखक संघ रुपन्देहीको आयोजनामा आयोजित कार्यक्रममा सो कृतीको लोर्कापण गरिएको हो ।

सो मुक्तक संग्रह लेखक संघ रुपन्देहीका उपाध्यक्ष लिलाधर पाण्डेय प्रतिकले लेखेका हुन् ।

लेखक संघका प्रदेश न ५ का केन्द्रिय सचिब बनमाली निराकार तथा नेपाली लेखक संघका प्रदेश न ३ का केन्द्रिय सचिब पुष्प अधिकारी अञ्जलीले संयुक्त रुपमा लोर्कापण गरे ।सो अबसरमा बोल्दै केन्द्रिय सचिब निराकारले रुपन्देही साहित्यका लागि उर्बरभूमि भएको बताउदै साहित्यकारहरु एकजुट बन्नुपर्ने बताए ।

अर्का सचिब पुष्प अधिकारी अञ्जलीले पुस्तकको समीक्षा पुस्तकमा केहि अंग्रेजी शब्दहरु मिसिएकोले सकेसम्म नेपाली सरल शब्द प्रयोग गर्न सुझाब दिए । मुक्तककार पाण्डेयले आफ्नो पहिलो कृतीका बारेमा सल्लाह र सुझाब दिन आग्रह गरे ।

संघका अध्यक्ष निर्मल ढुंगानाको अध्यक्षता,सचिब कपिल ज्ञवालीको संचालनमा भएको कार्यक्रममा लेखक संघका सल्लाहकार तथा प्रा.डा बाबुराम ज्ञवाली,नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष कुलप्रसाद लामिछाने,संघका केन्द्रिय सदस्य सरस्वती बस्याल,मुक्तककार लिलाधर पाण्डेय प्रतिक,लेखक संघका केन्द्रिय प्रतिनिधी चन्द्रकान्त पराजुली,स्रष्टाहरु खगेन्द्र बस्याल,बिष्णु बिवश पोखरेल,श्याम प्रसाद न्यौपाने,गणेश न्यौपाने,कमला अर्याल लगायतले बोल्दै रचना बाचन समेत गरेका थिए ।