10 Ashad, 2074 | 24 June, 2017 Saturday
गजल - मन्जु अन्जना
2017-04-07 | तीतोपाटी

गजल

टुटेका ति खुसि मेरा सम्झिएर पागल भएँ
फेरि किन  बिगतमा फर्किएर पागल भएँ ।

मुखले सधै राम जप्दै बगलिमा छुरा बोक्ने
आफन्तको मायाले म अग्लिएर पागल भएँ ।

जाँ प्रगति गर्न खोज्छु इश्या गर्ने उतै हुन्छन्
दुस्मनहरुको भावनाम बग्दिएर पागल भएँ ।

स्वार्थि थियौ थाहा थियो सफल हौला भनि
खुसीका क्षण मैले धेरै पर्खिएर पागल भएँ ।

तिमी अब टाढा जाउ छुट्टै संसार बसाउछु म
तिम्रो यादमा आँसु खस्दा तैरिएर पागल भएँ ।

मन्जु अन्जना
कुवेत