5 Kartik, 2074 | 22 October, 2017 Sunday
नयाँ दिल्ली—फेसबुकको प्रयोग बजार प्रवद्र्धन, अध्ययन तथा अपराधमा बढी नै देखिन्छ। फेसबुकमा केटाकेटीले च्याट र डेट गर्नु सामान्य कुरा भयो। दक्षिण एशियामा आक्रमक ढंगले इन्टनेट प्रयोगकर्ता बढ्दै गएको भारतमा फेसबुकलाई बिहेको भरपर्दो लमीको रुपमा पनि विश्वास गर्न थालिएको छ।

 धेरै दिनदेखि मेरो मनमा छोरीको विवाहको सोच आइरहेको थियो। आज मैले यो कुरा फेबसकुमा राखिदिएको छु। जमाना बद्लिएको छ’, उनले भने।
पुरुषप्रधान भारतीय समाजमा अभिभावकले नै सन्ततिको विवाहका लागि फेसबुकलाई प्रयोग गर्न थालेका हुन्। हालै एउटा यस्टै घटना सार्वजनिक भएको छ। भारतीय रक्षा मन्त्रालयमा कार्यरत एक अधिकारीले आफ्नी छोरीको विवाहका लागि केटा आवश्यक रहेको सूचना फेसबुकमार्फत् सार्वजनिक गरेका छन्।

शिव बदन यादब नाम गरेका ती सरकारी कर्मचारीले फेसबुकमा शिष्ट भाषामा लेखेका छन्, ‘म मेरी छोरी पुष्पाको विवाहबारे विस्तारै मनस्थिति बनाइरहेको छु। फेसबुकमा भएका मेरा साथीहरुमध्ये कोही केटा यो विवाहलाई योग्य सम्झन्छ अथवा कोही अभिभावक यसबारेमा कुरा अघि बढाउन चाहनुहुन्छ भने सबैलाई स्वागत छ।’

यादबले पोष्टमा आफ्नी छोरीको शैक्षिक योग्यताको जानकारी पनि राखेका छन्। बीबीसीसँग कुरा गर्दै उनले सम्बन्ध स्थापित गर्न फेसबुक उपयुक्त प्लेटफर्म भएको बताए। ‘फेसबुकमा भएका सबै मेरा मित्रहरु हुन्, उनीहरुसँग मेरो एक किसिमको सम्बन्ध छ। फेसबुक साथीसँग मलाई विश्वास भएकैले मैले यसलाई प्रयोग गरिरहेको छु। यदि फेसबुकबाट सम्बन्धको विषय अघि बढ्छ भने यो एउटा राम्रो विकल्प हो’, उनले भने।

विवाह केटाकेटीको आपसी समझदारी भएको उल्लेख गर्दै यादबले परिवारले उनीहरुलाई नजिक राख्न मात्र चाहने उल्लेख गरेका छन्। ‘धेरै दिनदेखि मेरो मनमा छोरीको विवाहको सोच आइरहेको थियो। आज मैले यो कुरा फेबसकुमा राखिदिएको छु। जमाना बद्लिएको छ’, उनले भने।

शिव बदन यादबको पोष्टमा उनका कैयौं साथीहरुले टिप्पणी गरेका छन्। केहीले उनलाई शुभकामना दिएका छन्। कतिपयले सामाजिक सञ्जालमार्फत् विवाह गर्न खोज्नु जोखिमपूर्ण हुने औंल्याएका छन्।

‘इन्टरनेट र सामाजिक सञ्जाल राम्रा माध्यमहरु हुन् तर यहाँ सचेत हुनैपर्छ’, विष्णु मोहनले लेखेका छन्, ‘बुद्धि, विवेक र लामो अनुसन्धानपछि मात्र निर्णयमा पुग्नु उपयुक्त हुनेछ।’

गोविन्द यादबले लेखेका छन्, ‘म तपाइँको विचारको कदर गर्छु। विवाहका लागि जातीय छेकबार हुन्छ कि हुँदैन?’ जवाफमा शिब बदनले भनेका छन्, ‘मेरो तर्फबाट कुनै जातीय छेकबार छैन। यो  मेरी छोरी र दुलाहाले निक्र्यौल गर्नु विषय हो।’

कतिपयले फेसबुकमा ठग मात्र भेटिने भन्दै सचेत गराएका छन्। कतिपयले यो नयाँ ट्रेन्ड भन्दै खुशी व्यक्त गरेका छन्। ‘तपाइँले एक नयाँ टे«न्ड सुरु गर्नुभएको छ। आशा छ सामाजिक सञ्जाललाई मान्छेहरुले यसरी नै सदुपयोग गर्नेछन्