8 Bhadra, 2074 | 24 August, 2017 Thursday
तीतोपाटी,मातृभूमि युवा क्लबद्वारा आयोजित अन्तर नेपाली मातृभूमि युएई एक्सचेन्ज कप फूटबल प्रतियोगिताको उपाधि द टाईगरले चुमेको छ । ९ वटा टिम सहभागी भएको उक्त प्रतियोगिताको हिजो बेलुका सम्पन्न फाईनलमा युनिक नेपाललाई २- १ गोलको अन्तरले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।
खेलको सुरुमै बिराहाङ लिम्बूको गोलद्वारा १-० को अग्रता लिएको युनिक नेपालले आफ्नो अग्रतालाई कायम राख्न नसक्दा खेल १ – २ को अन्तरले पराजित हुन पुग्यो । १ – ० ले पछी परेको द टाईगरले अम मगरको गोलसंगै बराबरी गरेको केही बेरमै उदय लिम्बूले गोल थप्दै २ – १ को अग्रता लियो र उक्त गोल नै निर्णायक बन्न पुग्यो । त्यसपछी कुनै गोल हुन सकेन र अन्तमा द टाईगरले उपाधि चुम्यो ।
उपाधिसंगै द टाईगरले १०१ केडी नगद, कप, मेडल तथा प्रमाण पत्र हात पारेको छ । दोस्रो स्थानमा चित्त बुझाएको युनिक नेपालले भने ५१ केडी नगद कप, मेडल र प्रमाण पत्र हात पारेको छ ।
यसैगरी प्रतियोगिताको बेष्ट प्लेयर सुमन मगर, बेष्ट मिड्फिल्डर अर्जुन तामाङ, बेष्ट डिफेन्डर सबिन लिम्बू, बेष्ट गोलकिपर धिरेन लिम्बू, टाईगर बेष्ट टिम एनएफसी, टप स्कोरर अमृत तामाङ ५ गोल (अल्घानिम) रहेका छन् ।
सब्बाहियामा आयोजित प्रतियोगिता समाजसेवी बिष्णु परियारको प्रमुख आतिथ्य एनआरएनए कुवेतका अध्यक्ष अर्जुन तामांगको बिशेष आतिथ्यमा सम्पन्न खेलमा कुवेतमा क्रियाशील बिभिन्न संघ संस्थाका प्रतिनिधहरु, पत्रकार, खेलाडी तथा कुवेतमा कार्यरत नेपालीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

उपाधि उपविजेता: युनिक नेपाल टिम
खेलको नतिजा
प्रि क्वार्टर: अल्घानिम- ४ नेपाल कुवेत सरोकार समाज- ०
क्वार्टर फाईनल : मातृभूमि ब्लु – ०, द टाईगर – ३
मातृभमि रेड – १, युनिक नेपाल – २
आईएल सी – ३, एन एफ सी १
अल्घानिम – ४, किरात राई यायोक्खा – २
सेमीफाईनल: द टाईगर – ४, आईएल सी – २
अल्घानिम – १ (६) युनिक – १ (७)
फाईनल: द टाईगर – २, युनिक नेपाल – १
फोटो : सुरेश गुरुङ