16 Baishak, 2074 | 29 April, 2017 Saturday
तीतोपाटी ,खाडीमा कार्यरत नेपालीको अध्ययन गर्न हीजो कुवेत आएको व्यवस्थापिका संसदको ९ सदस्यीय संसदीय टोलीले बेलुकी दूतावासको सभाहलमा कुवेतमा कार्यरत नेपालीहरु सग अन्तरकृया गरेको छ । 

संसदको अन्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाहको नेतृत्वको टोलिसग गरिएको छलफलमा सहभागी कामदार तथा नेपाली संघसंस्थाका प्रतिनिधिहरुले घरेलु महीला कामदार आउने क्रम जारी रहेको, वैदेशिक रोजगारीमा ठगिनेक्रम झन बढेको, नेपालीले पाउने सेवा सुवीधा  न्यूनस्तरको रहेको लगायत अनेकौ समस्याहरु कामदारले खेप्नु परेको हुदा त्यसलाई देखिने गरी सुधार गर्न सुझाब दिएका छन् । भने एनआरएन एनसिसि कुवेत र जिफन्ट सपोट ग्रुप कुवेतले टोलिलाइ ज्ञापनपत्र समेत बुझाएका छन। 

राजदुत यज्ञ बहादुर हमालले श्रमिकका समस्याको अवस्था र निराकरण गर्न लागि उच्चस्तरीय टोलाबाट निकै आशाबादी रहेको बताए । 

सभापति  शाहले बैदेशिक रोजगारमा नेपालीले भोग्नु परेको समस्याले दुखित तुल्लाएको र आफुहरु समाधानको बाटोमा हिड्न खोजेको भन्दै महत्वपुर्ण काम गर्ने प्रतिबद्धता जनाए । ‘समस्याका कारणहरुको सही पहिचान गरि समाधानका अन्तरसम्बन्ध खोज्न आफुहरु लागी पर्ने बताएका छन । 
  
हीजो आएको टोली कुवेतमा तीनदिन सम्म रहनेछन् ।
टोलीमा सभापति प्रभु शाहको श्रीमति सहित संसाद बिनोद श्रेष्ठ, प्रेमकिशोर शाह, राज्यलक्ष्मी श्रेष्ठ पाण्डे, राधादेवि तिमिल्सीना, अशोककुमार शाह, ललितकुमारी रेग्मी र संसद सचिवलयका उपसचिव झलक शर्मा सापकोटा छन् ।