16 Baishak, 2074 | 29 April, 2017 Saturday
तीतोपाटी,मातृभूमी क्लवले आगामी २४ मार्चमा आयोजना गर्ने "मातृभूमी UAE-Exchange फुटबल कप २०१७"मा ९ नेपाली फुटबल टिमहरुले सहभागी हुने  भएका छन । भोलि  सवहैया स्थित फुटबल मैदान आयोजना गरिने उक्त कपको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ । 

टाईसिटका अनुसार, सहभागी टिमहरुमा; पोल(ए)बाट  मातृभूमी रेड ,यूनिक नेपाल , सरोकार समाज ,अल्घनिम र ययोक्खा कुवेत छन भने पोल(बि)बाट मातृभूमी बुल्लु ,द टाईगर,आई याल सि नेपाल र यान याफ सि रहेका छन ।

२४ मार्च शुक्रबार,बिहान ठीक ८:०० बजेदेखी शुरु हुने फुटबल खेल हेर्न क्लवले कुवेतमा कृयाशिल संघ सस्थाका प्रतिनिधी,पत्रकार, समाजसेवी,बुद्धिजीवी,कलाकार  लगायतको पेशारत सम्पूर्ण नेपालीहरुलाई यसै मिडिया मार्फत चुलेनिम्तो दिएको छ ।

मिति :- २४ मार्च २०१७( शुक्रवार) 
समय :- बीहान ८:०० बजे
स्थान :- सवहैया फुटबल मैदान( ब्लक नं. ३, इसारा नं. १४, ४० नं. रोड र पेट्रोल पम्पको पछाडी)