10 Ashad, 2074 | 24 June, 2017 Saturday

हरी कृष्ण न्यौपाने-कुवेत सिटिको नजिकै जाब्रिया भन्ने स्थानमा कुवेत प्रहरीको हावाली सुरक्षा समुहले छापा मारी घरेलु मदिरा उत्पादन कारखाना संयुक्त रुपमा सन्चालन गर्ने आठ नेपाली नागरिकहरुलाई पक्राउ गरेको छ।

कुवेतको अनलाइनपोर्ट आइमानमातमा जनाइए अनुसार हिजो मार्च २१ तारिक कुवेतको हावाली प्रहरीले उक्त घरेलु मदिरा उत्पादन केन्द्रबाट ४१५ वटा ब्यारेल(सिलिन्डर जस्तो देखिने पेय पदार्थ राख्न प्रयोग गरिने कन्टेनर)हरु, २,९२६(दुई हजार नौ सय छब्बिस) बोतल घरेलु मदिरा अनी घरेलु मदिरा प्रशोधन तथा उत्पादन गर्न प्रयोग गरिने ४ थान उपकरणहरु सहित उनिहरुलाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको हो।

पक्राउ गरिएका नेपालीहरुको नाम,ठेगाना तथा कम्पनी लगाएत अन्य जानकारी भने खुलाईएको छैन।

नेपाली दुताबास कुवेतको कार्यालय समेत रहेको जाब्रिया क्षेत्र यहाँको सुरक्षित र कुवेतमा रहेका अन्य कुटनैतीक नियोगका कार्यालयहरुका कारण पनि संबेदनशिल क्षेत्र मानिन्छ। यसै बिच आठ नेपाली पक्राउ परेको घटनाको बारेमा नेपाली दुताबासमा कुनै जनकारी नआएको दुताबासका दितिय सचिब भोगेन्द्र लिन्देनले बताए।