9 Jestha, 2074 | 23 May, 2017 Tuesday
तीतोपाटी, भबिस्यको लागि केही गरौला भन्दै कुवेत आएका देबदह-१२ प्रगती नगर रुपन्देहीका धन प्रसाद गुरुङलाई तमु समाज कुवेतले आवश्यक रगत उपलब्ध गराएको छ।

पेट सँग सम्बन्धित रोगले ग्रस्त तमू समाज, कुवेतका सल्लाहकार समेत रहेका गुरुङलाई समाजका अध्यक्ष खोप गुरुङको सहयोगमा ४ पिन्ट ‘ओ'(पोजेटिव) रगत उपलब्ध गराएको तमु समाज कुवेतले जनाएको छ ।

गत मार्च ५ तारिख कुवेतको आदान हस्पितलमा भर्ना भएका धन प्रसादको पेटको आन्द्रसयमा समस्या देखिएको थियो ।जसको लागि अपरेशन नै गर्नु भएपछी सेन्ट्रल ब्लड बैन्क, कुवेत सँग समन्वय गरी आवश्यक रगत उपलब्ध गराइएको हो ।उनको हिजो बिहान उनको ४ घण्टा लामो अपरेशन सफल भएको छ ।

बिरामी धन प्रसाद गुरुङलाई आवश्यक रगत सजिलै उपलब्ध भएको भने होईन, तमू समाज, कुवेत द्वारा आयोजना गरिने बृहत रक्तदान कार्यक्रम अन्तर्गत रक्तदान गरी संकलित रगत कै कारण उनले रगत प्राप्त गरेको तमु समाजले जानकारी दिएको छ ।