16 Chaitra, 2073 | 29 March, 2017 Wednesday
 तीतोपाटी,राष्ट्र बैकद्वारा बिक्रिका लागी खुला गरिएको वैदेशिक रोज़गार बचतपत्र २०७८"ग"निष्कासन गरिएको छ । रोजगारको लागी विदेश गएका वा वैदेशिक रोजगारीबाट स्वदेश फर्केको ४ महिना ननाघेका नेपाली नागरिक तथा गैरआवासीय नेपालीहरुलाइ ऋणपत्रमा लगानीका लागी प्रोत्साहित गर्नको लागी वैदेशिक रोज़गार बचतपत्र २०७८ "ग"(५बर्षे) खुला गरिएको हो । 

नेपाली राजदूतावास कुवेतले एक सुचना जारी गरि  रोज़गार बचतपत्र बिक्रीका लागी खुला गरिएको ब्यहोरा नेपाला राष्ट्र बैकंको प.सं. राऋव्यवि।निव्य।बैरों.२०७८ग।३।०७३।७४ मिति २०७३/११/२६ को पत्रबाट जानकारी  आएको जनाउदै कुवेतस्थित सम्पूर्ण नेपाली नागरिकहरुलाइ सुचित गरेको छ ।