10 Baishak, 2075 | 23 April, 2018 Monday
राज मल्ल,अन्तराष्ट्रीय सम्बन्ध तथा श्रम समितिका सभापति प्रभु शाह सहित १२ जना सभासदहरुको उच्च टोली कुवेत आउने भएका छन। 

दुइ देशको परस्पर सम्बध,श्रम सम्झौता, कुवेतमा सुरक्षित रोज़गारिको सम्भावना, कामदारका वर्तमान समस्या तथा निकारणको उपायवारे कुवेतको उच्च संयन्त्र सग बृहत् छलफल हुन सक्ने बताइएको छ । 

आउदो बुधवार २२ तारीकका दिन  १२:१० मा कुवेत आइपुग्ने उक्त उच्च स्तरीय टोलि सग नेपाली राजदूतावास कुवेतले दूतावासको सभाहलमा वेलुकी ५:०० देखि विषेश अन्तरकृया कार्यक्रमको आजयोना गर्ने जनाउदै कुवेतमा कृयाशिल संघ सस्था,पत्रकार,समाजसेवी,बुद्धिजीवी,कलाकार लगायत सम्पूर्ण नेपालीहरुलाइ उपस्थितिको लागी अनुरोध गरेको छ।