15 Chaitra, 2073 | 28 March, 2017 Tuesday
तीतोपाटी ,चितवन जिल्ला मंगलपुर १ घर भएकी उर्मिला बिश्वकर्मा दुवै मृगौला फेल हुदा बिगत ३ हप्ता देखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेकी छिन । 
घरेलु कामदारको रुपमा बिगत २ बर्ष पहिले कुवेत आएकी उनको कम्मर भन्दा तलको भाग चल्दैन ।बोल्न पनि नसक्ने उर्मिलाको कुवेतको आदान अस्पतालमा उपचार भैरहेको चितवन सेवा समाज कुवेतका अध्यक्ष नबिन लोप्चनले जानकारी दिएका छन्। 
घरेलु कामदारको रुपमा कुवेत आएपनि उनि केहि महिना देखि स्पोन्सरबाट भिसा ट्रान्सफर गरि बाहिर अन्तै काम गर्दै गरेको बुझिएको छ। 
आदान अस्पतालको छैटौ तल्लाको वेड नम्बर २० मा उपचार गराइरहेकी उर्मिलाको बारेमा बुझ्न चितवन समाजका अध्यक्ष नबिन लोप्चन सहित केहि पदाधिकारीहरु अस्पताल पुगेका थिए। गम्भीर अवस्थामा रहेकी उनलाई छिटोभन्दा छिटो नेपाल फर्काउने वाताबरण मिलाउन चितवन सेवा समाज कुवेतले नेपाली दुताबास कुवेतलाई अनुरोध समेत गरेको छ ।

समाजले अन्य निकाय सग पनि समन्वय गरिरहेको बताउदै बिमारी उर्मिलालाई सहयोग गर्न सम्बन्धित निकाय लगायत सबैमा अनुरोध गरेको छ ।उर्मिलाको भिसा ६ महिना पहिले नै सकिएको र उनि कुवेतमा अबैधानिक भै सकेकी छन्।