6 Falgun, 2074 | 18 February, 2018 Sunday
अर्जुन घिमिरे,दोहा-कतार। स्याङ्जा सहयोग समाज कतारको छैटौं साधारणसभा हीजो शुक्रवार सम्पन्न भएको छ। दोहाको बिक्रमपुर रेस्टुरेन्ट मुन्ताजामा भयको साधारणसभा दिप प्रज्वलनको सभापतित्व,पुर्ण के सिको प्रमुख अतिथ्यताका साथै बिशेश अतिथिहरुमा टुक राज अर्याल ,भेष राज पराजुली ,बिल गुरुङ ,याम के सि,डोल राज डुम्रे लगाएत अन्य अतिथीहरुको उपस्तिथि रहेको थियो । 

छैटौं साधारणसभाले नयाँ कार्य समितिको गठन समेत गरेको 
छ। जसमा धनश्याम लम्साल अध्यक्ष ,हेम राना उपाध्यक्ष ,अजयन अलि उपाध्यक्ष ,अर्जुन बि क सचिब ,मोहन काफ्ले सहसचिव ,सुॠ अर्याल कोषध्यक्ष ,प्रकाश परियार सह कोषध्यक्ष र सदस्य हरुमा उत्त्म भट्टराई ,बिष्णु प्रसाद पौडेल ,टेकनाथ सुवेदी,कर्ण बि क,कृष्ण बहादुर क्षेत्री ,लोकेन्द्र सिग्देल ,पुर्ण ब नेपाली ,धन बहादुर बि क,माधब लुइँटेल गरि जम्मा २७सदस्यीय नया कार्य समिती गठन गरिएको छ। समाजले मार्च ३१ मा बार्शिक उत्सब समेत आयोजना गर्ने जनाएको छ।