15 Chaitra, 2073 | 28 March, 2017 Tuesday

"नया भित्रेपात्रो विमोचन,तारा थापा सहयोग अभियानको आर्थिक विवरण सार्वजनिक साथै बिभीन्न ब्यक्ति सम्मानित"
तीतोपाटी, लुम्बिनी समाज नेपाल कुवेतको चौथो बार्षिक उत्सव भब्य रुपमा सम्पन्न भएको छ।आज फर्वानिया स्थित होटल हैतममा आयोजित बार्षिक उत्सव समारोहमा नेपाली नयाँवर्ष २०७४ सालको भित्रेपात्रो विमोचनका साथै जहारा अस्पतालमा उपचार गराउदै आएकी तारा थापा मगरको सहयोगार्थ संकलित रकम विवरण सार्वजनिक गरिएको छ।

बार्षिक उत्सव समारोहको अवसर पारी समाजले नेपाली राजदूतावास कुवेतका नव नियूक्त दितिय सचिब ज्ञान बहादुर मगरलाइ स्वागत गरेको छ । भने कुवेतमा लामो समय कृयाशिल रहेका समाजसेवी दिपक क्षेत्रीलाइ बिदाई गरेको छ। उनि कुवेत वसाइलाइ बिट मारि स्वदेश फिर्दै छन । एन आर एन ए कि महिला सदस्य मधु बगर लाई दोसल्ला ओढाएर सम्मान गरेको थियो

समाजले कुवेतमा सामाजिक अभियन्ताको रुपमा समाजमा पुर्याएको योगदानको उच्च क़दर गर्दै समाजसेवी  द्वय खोप गुरुङ र राम बस्नेतलाइ विषेश सम्मान गरेको छ । त्यसैगरि समाजलाइ सदैब सगयोग गर्ने समाजका सदस्यहरु बिष्णु परियार, तारा पौडेल,शम्शेर रानाभाट,रिता थापा रायमाझी र सुमित्रा पौडेलका साथै स्थानिय लोगगायक द्वय माधब शर्मा र डीबी लोप्चन तामाङलाइ पनी  सम्मान गरेको छ । तारा थापा मगरको लागी समाजले चलाएको आर्थिक सगयोग अभियानमा सहयोग गर्ने कृष्ण भन्डारी,मान बहादुर बलायर,शान्ता भण्डारी,अनिल ठाकुर,साबित्री देवी गैरे,कमल सुवेदी,मेघराज शाही र लाल शाहीलाइ प्रसंशा पत्रले सम्मान गरेको छ।

समाजका अध्यक्ष एच. पि. खत्रीको सभापतित्व तथा दूतावास कुवेतका राजदुत यज्ञ बहादुर हमालको प्रमुख आथित्यमा आयोजित समारोहमा दूतावास परिवार,कुवेतमा कृयाशिल संघ सस्थाका प्रतिनिधी,पत्रकार, समाजसेवी,बुद्धिजीवी,कलाकार  लगायतको विषेश उपस्थिति रहेको थियो ।

समारोहमा प्रमुख अतिथि यज्ञ बहादुर हमाल,पत्रकार महासंघ कुवेतका हरिकृष्ण न्यौपाने, भोजपुर सेवा समाजका कोषराज राई ,नेपाल तामाङ घेदुङ कुवेतका अमित तामाङ,एनआरएनए कुवेतकी मधू बगर, यूएई एक्सचेंजका राम बस्नेत,प्रवासी मन्च कुवेतका युवराज गैरे , सुदुर पश्चिमाका अमर खड्का लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
 
समाजको वारेमा पूर्व अध्यक्ष राजु कार्कीले प्रष्ट पारेका थिए। कार्यक्रममा विष्णु परियारको स्वागत मन्तब्य रहेको थियो
भने लोकगायकहरु माधब शर्मा,डीबी लोप्चन तामाङ र खेम शाही ठकुरीको सागीतिक प्रस्तुति रहको थियो। समारोहको सन्चालन समाजका सल्लाहकार नवराज पन्थिले गरेका थिए ।

समाजले जहारा अस्पतालमा उपचार गराउदै आएकी तारा थापा मगरको सहयोगार्थ सन्चालित आर्थिक संकलन अभियानमा १५३ जना सगयोगदाता वाट १४३१ केडी ३४० फ़िल्स रकम जम्मा गरेको विवरण सार्वजनिक गरेको छ ।

-तस्बिर:- शुरेश गुरुङ