16 Baishak, 2074 | 29 April, 2017 Saturday
राज मल्ल , कुवेतमा एक नेपालीको मृत्यू भएको छ  । सङ्खुवासबा निवासी सचिन राईको मागफ स्थित आफु बस्दै आएको क्यामको चौथों तलाबाट खसेर मृत्यू भएको छ । घटनाको प्रारम्भिक विवरण अनुसार आत्महत्या जस्तो देखिए पनी हत्या की आत्महत्या  प्रहरी अनुसन्धान  पछी मात्र पुष्टि हुने प्रतक्ष्यदर्सिले बताएका छन । 

होलीको अवसरमा हीजो मार्च १३ का दीन  दिउसोदेखि नै मादक पदार्थ सेवन गरि बसेका सचिन राति क़रीब ११ :१५ मा झ्यालवाट खसेको र घटनास्थल मै मृत्यु भएको जनाइएको छ । उनको शब अहीले अदान अस्पतालमा राखिएको छ भने उनि सगै बस्दै आएको चार जना साथिहरुलाइ प्रहरी  सोधपुछको लागी लगेको छ । 

सचिन गैरकानुनि रुपमा बस्दै आएको खुल्न आएको छ भने बृस्तृत विवरण आउन बाकि छ । घटनावारे तीतोपाटी टिमले नेपाली राजदूतावास कुवेतलाइ जानकारी गराएको  छ।