3 Poush, 2074 | 18 December, 2017 Monday
मलाई माफ गर
2017-03-13 | तीतोपाटी


मलाई माफ गर

जुन दिन तिमी जन्मियौ म तिमीबाट टाढा हुन पर्यो
महिना नपुगी तिम्रो जन्म भएकै कारण
तिमी अपाङ्ग भयौ रे तिमीलाइ बोतल बाट दुधका घुड्का पिलाइन्छ रे तिमी उठ्न नि सक्दैनौ रे
एकैपट्टि सुत्नु परेकोले तिम्रो आधा शरीर कुहिएको छ रे।

आमा छेउमा जादा आ..आ. ..गर्छौं रे 
तिम्रो स्याहार सुसारमा नि कसैलाइ फुर्सद हुन्न रे 
तिमी एक दिनको हुँदा देखे म सधै तिम्रो याद गरिरहन्छु।
तर
के गर्नु परिस्थितिले टाढा हुन परेको छ।
तिमी मर्दैछौ रे भनेर सबैले भन्थे तर
अझै मर्न सकेनौ रे
एकपाटो कुहिएर किरापरेको छन भन्ने सुन्छु
तिम्रो वियोग हेर्न छिमेकीहरु दिनका दिन आउछन 
भन्ने सुन्छु ।

तिमीलाइ मार्ने सुइ लगाउने सल्लाह दिन्छन रे
कोहि हुन्न भन्छन रे !
तिम्रा आँखाबाट बलिन्धरा आँसु रोकिदैनन रे !
हो कति अभागी रहेछौ । तिमी मलाई माफ गर है
तिम्रो त्यो अबस्थामा पनि म तिमी संगछैन ।

म भएको भए सायदै तिम्रो त्यो हाल हुने थिएन कि?
तर समय को खेल र लेखेको  लेखान्त कसैले नि टार्न सक्दैन भन्छन् सायद तिम्रो भाग्य नै तस्तै रहेछ क्यारे 
मेरी प्यारी काली गाई !!
तिम्रो यो दुखान्त सुनेर म शोकाकुल बनेकी छु ।
मलाई माफ गर है ।

रोजिना ढुंगाना