9 Jestha, 2074 | 23 May, 2017 Tuesday

युवराज बस्याल-कुवेत समयले हरेक मानिसलाई भिन्न भिन्न परिस्थितिमा केहि न केहि सिकाएको हुन्छ उसका सामु आउने प्रतेक मोडहरुमा उसैले गर्ने कर्महरू भोगाइहरु वा बिचारहरुलाई ब्याक्तिको आफ्नै चिन्तन अनि उसकै आचरणका आधारमा समय संगै उसैले उत्पन्न गरेको त्यो स्थितिमा हरेकलाई उतारचढावको यो जिन्दगीमा हरक्षणमा आफ्नै कर्मभुमिको मजेरीमा फनफनी घुमाएको हुन्छ फरक त्यत्ति मात्रै हो कोहि घुम्ने कला सिकेर सुल्टो नाच्दै रमाइलो गरेर बाँचेकाछन कोहि जबर्जस्ति उल्टो घुमिमात्र रहे।

मलाई पनि समयले निक्कै घुमायो निक्कै पछारेको छ कहिले परिस्थिति आफुअनुकुल नहुँदा कहिले परिस्थितिलाई जान्न नसक्दा कहिले समय अनुसारको सहि निर्णय लिन नसक्दा हरेक परिस्थिति लथालिङ्ग देखिन थालेको अनुभव हुन्थ्यो परिस्थितिको सामना गर्न पर्ने सट्टा मान्छेहरुको सामना गर्न पुगे मान्छेहरूलाई स्वीकार गर्न पर्ने सट्टा परिस्थितिलाई स्विकार्दै उल्टो चले जतिसुकै बिग्रेको मात्रै देखिने देशको अवस्थाको बारेमा सोच्दा निराशा भन्दा अर्को केहि हात नआउने राजनीतिक परिवेशलाई हेर्दाहेर्दै वाक्क लाग्ने गलत लगावका कारण आफैलाई आफैले प्रतेक परिस्थितिमा हरेक प्रश्नहरुलाई बिना उत्तर छोडेर निराशा जनक स्थितिमा बिस्तारै बिस्तारै धकेल्दै लैजान थाले भौतिक सुखको मोहले उस्तै सताइरहेको छ कहिलेकाही म आफैले आफैलाई चिन्ताको त्यो भयावह तहसम्म पुर्याउने गर्थे जहाँ कहिले आफु आफैमा फेल भएकोमा धेरै दुखित भए कहिले अरुले गलत गरेकोमा चिन्तित हुने गर्थे समाजमा भएका हरेक नकारात्मक गतिविधिले त पार्न सम्मको तनाव पार्थ्यो अझै त्यसले झन्झन् प्रभाव पार्दै लग्यो हरेक कोण बाट जीवन असफल भएको महसुस हुँदै गयो सहन शक्ति दिनानुदिन कमजोर हुँदै गएको अनुभव हुन्थ्यो।

अर्कोतिर धन सम्पत्ति आर्जन गरेर कहिल्यै संचित नहुने ऋणको चापले दिनहुँ झन्झन् कस्सिएर आफैलाई बेस्सरी बाँधिरहने पैसाको कमिलाई पुर्ती गर्ने गतिलो माध्यम नभेटेपछि मन झन्झन् तनाबको शिकार बन्दै गयो पैसाको अभावले मनलाई अझै धेरै बिगार्दै बिगि्रएको मनलाई ढाक्ने तनाबको ठुलो आवरण बनाइदियो पारिवारिक परिवेशमा फाट्टफुट्ट चिराहरु देखिदै गए पैसाको थुप्रोमा मात्रै ब्याक्तीको इज्जत देख्ने समाजिक गलत संस्कारका कारण तिनीहरुको नजरमा सधै बदनाम बन्दै जाँदा मानौ एकदम असहज स्थिति सृजना हुँदै गइरहेको देख्न थाले दैनिक जिवनमा आउने ति हरेक समाचारहरु पनि त्यस्तै चिन्तालाई मात्रै मलजल गरिरहेकाछन सामाजिक संजालहरुमा पनि उस्तै मुहारहरुको बिगबिगी देख्दा कहिलेकाही दिक्क लागेर आउने गर्थ्यो कताकता आफुलाई यो प्रक्रिया बारम्बार दोहोरिदै जाँदा मनमा हिनताबोधले स्थान बलियो बनाउदै लगेकोले म स्वयं मानसिक बिरामी भएकोरहेछु भन्ने आफुलाई पटक्कै भान भएन "सायद कसैले सहि भनेका रहेछन चिताले शरीर जलाएर नष्ट पार्छ तर चिन्ताले संसार जनाउछ" कहिलेकाहीं त ज्ञानको अभावमा यस्तो सम्म सोच्न थालेको थिए मानौ जिवन एउटा बोझ जस्तै बनेको छ बस अब यसलाई पुर्णविराम दिनुपर्छ म कसैको राम्रो बन्न सक्दिन अब मर्नुको विकल्प छैन।

मेरा धेरै समय यसैगरी सोच्द सोच्दैमा बित्दै गए कताकता मलाई असहजताले पोल्दै लग्यो मैले कहिलेकाही मनोविज्ञहरुका लेखहरु पनि हेर्ने गर्थे कताकता म मानसिक रोगी त बनेको छैन मनमा अर्को चिन्ताको नयाँ स्वरुपले स्थान ग्रहण गर्यो दबाबको चाँपले मलाई अब एकपटक डाक्टरलाई म मनोरोगी भएकै हो या होइन भन्ने बारेमा चेक गराएर प्रष्ट हुने र उपचार गराउने निर्णयमा पुगे कताकता मनमा लागेको थियोे कसैले मलाई सुनाएका पनि मनोरोगीहरुले जिन्दगीभर दवाई लिनुपर्ने हुन्छ त्यो कुराले मलाई त्यहाँ डाक्टरकोमा जाने इच्छा भएन।

ठ्याक्कै त्यही बेला मलाई मनोविज्ञहरुका केहि कुराहरू याद आयो चिन्ता के हो? यो कसरी हुन्छ? भन्ने बारेमा यसको परिभाषा खोज्न थाले अन्त्यमा यसको परिभाषा मैले यसरी बुझे कि चिन्ता तनाब भनेको बाताबरणलाई सहज गर्न नसक्नु हरेक परिस्थितिलाई सहज स्वीकार गर्न नसक्नु तनाव हो रहेछ यो हुनुको मुख्य कारणहरु बितेका भुतकालमा घटेका घटना वा त्यस्ता कुराहरूलाई बारम्बार अनावश्यक रुपमा लगातार कोट्याई रहदा तनाव उत्पन्न हुनलाई धेरै सहयोग पुग्दैजाने रहेछ भविस्यको भयले मनमा दबाब उत्पन्न हुँदै जाँदा मानसिक चिन्ता उत्पन्न हुनेरहेछ बर्तमन स्थितिमा समय संग वरपरको वातावरण संग गर्नुपर्ने प्रतिस्पर्धाको सामना गर्न नसक्दा परिस्थितिको सामना गर्न नसक्दा मनमा एक किसिमको भय चिन्ता उत्पन्न हुनेरहेछ अर्को मनले गर्ने हरेक नकारात्मक सोचाइले सबैभन्दा धेरै चिन्तालाई मलजल गर्नेरहेछ आफुलाई परनिर्भर बनाएर अरुको नियन्त्रणमा आफुलाई बिस्तारै लैजानु अरुले राम्रो गर्दा खुसी र नराम्रो गर्दा दुखीहुनु मनले सोचेको आफुले चाहेको नतिजा आफु अनुकुल नहुनु का साथै अनावश्यक चिन्तन द्वारा उत्पन्न हुने नकारात्मक उर्जाको प्रवाह नै वास्तवमा चिन्ता तनाव रहेछ शरीरलाई जिवित रहन शुद्ध भोजनको आवस्यकता परेजस्तै मनलाई पनि स्वास्थ सुमन बनाउन शुद्ध भोजनको आवस्यकता पर्दोरहेछ मनको भोजन भनेको सकारात्मक चिन्तन, शान्ति, सहनशीलता, पवित्रा, इमानदारी, प्रेम, जाग्रीती जब यि मनका वास्तविक भोजनहरुको अभाव हुन थाल्छ त्यतिबेला मनले आफ्नो आवस्यक भोजनको पुर्तिको अभावमा यताउता बारम्बार मन भड्किरहेको हुन्छ त्यसैले जहाँत्यहाँ भोजन खोज्दै जाँदा मानसिक शक्ति कमजोर हुँदै जाँदा मन भट्केर अनावश्यक दौडमा डौडनुनै वास्तविक चिन्ता रहेछ। मन संसारको सबैभन्दा शक्तिशाली सबैभन्दा उर्जाशिल सबैभन्दा गतिशिल त्यस्तो चिज हो यसले हरेक पलपलमा केहि न केहि उत्पादन गरिरहेको हुन्छ जब मनलाई उसको वास्तविक भोजनको सट्टा लोभमोह, ईष्र्या, रीस, जलन, क्रोध निराश, आलस्य जस्ता गलत भोजनहरु प्रदान गर्दा मनले त्यस्तै खालको उर्जा उत्पन्न गर्नेरहेछ त्यसैले त हरेक परिस्थितिहरु आफुअनुकुल नभएको रहेछ।

अब यस चिन्तालाई कसरी कम गर्ने भन्ने बारेमा निक्कै खोजे अन्त्य त (मेडिटेस) योग साधना गर्ने मनस्थितिमा पुगे त्यहा मैले मेरो आफ्नो मनलाई चिन्न सके मनलाई सकारात्मक भोजन, शान्ति मनको आराम (ईश्वर ध्यान) इश्वर चिन्तनमा पुरा ध्यान केन्द्रित गर्दै जादा योग आध्यात्मिक चिन्तन, (मेडिटेसन) इश्वरचिन्तनले मनबाट उत्पन्न हुने चिन्तालाई निर्मुल पार्दै लैजान सहज बन्दै गयो त्यसपछि आध्यात्मिक चिन्तनलाई अझै निरंतरता दिने मनस्थितिमा पुगे सबैभन्दा पहिले ईश्वरको वास्तविक पहिचान गरे ईश्वर पहिचान पछि ईश्वरीय शक्तिको प्रभावको बारेमा जान्ने अवसर प्राप्त भयो फेरि आफ्नो अन्तर हृदयको परख संगसंगै ईश्वरीय शक्ति र म बीच कसरी सम्बन्ध जोड्न भन्ने बारेमा थाहा पाउदै जादा सम्म मेरो मनोरोग मेरो नकारात्मक चिन्ताको भारी लगभग आधा आधी कम भएको महसुस हुन थाल्यो ईश्वर संग सम्बन्ध जोड्न सुरु भएपछि म अहिलेसम्म लगभग ७०% को हाराहारीमा ठिक भएको मैले अनुभव गरेकोछु मेरो जिवनमा सबैभन्दा ठुलो उपलब्धि भनेकै मेरोलागी यही हो जस्तो लागिरहेको छ।


जिवन कसरी जीउँने भन्ने एउटा सुन्दर कला सिक्न मिलेको आभास भएको छ वास्तवमा चिन्ता रोग रहेनछ बरु त्यो त मनबाट उत्पन्न हुने चिन्तनको धारालाई सकारात्मक उर्जा प्राप्त हुने श्रोत संगको सम्बन्ध बिच्छेद रहेछ सकारात्मक उर्जा आध्यात्मिक चिन्तनको माध्यम बाट मन र ईश्वरको सम्बन्ध सुमधुर बनाउन प्रेरणा मिलेकोछ म कोटिकोटी धन्यवाद दिन्छु त्यो इश्वरलाई जसले मलाई नयाँ जिवन दिएको छ जसले जिवन जिउने कला सिकाएको छ जसले मलाई पुनर्जीवन दिएकोछ अचेल मन तनावग्रस्त होइन बरु मनले आनंदको अनुभुती गर्छ सुन्दर कल्पनाहरुको लहरमा मन रमाउदै पवन संग गगनमा नाचिरहेको अनुभुतीको आभास हुन थालेको छ हरेक परिस्थितिहरुलाई एकदम सहज तरिकाले सामना गर्न सक्ने मन भित्र सकारात्मक उर्जा भरिएको छ म आफुलाई आफ्नो नियन्त्रण मात्रै ल्याउने कोसिसमा निरन्तरता दिइरहेको छु।


अनावश्यक चिन्ता व्यर्थ सोचाइ सहितको तनावग्रस्त जिन्दगी बोक्नै नसकिने सामान्य गन्तव्यमा सम्म पनि पुग्नै नसकिने अत्यन्तै पिडादायी यात्राको बिझ युक्त भारी रहेछ यसलाई बेलैमा बिसाएर आनंद सुखद शान्तिपुर्ण जिवनको सुरुवात सबैले गर्नुपर्ने रहेछ मेरो अनुभवले मलाई यहि सिकाएको छ।


!!ॐ शान्ति!!