15 Chaitra, 2073 | 28 March, 2017 Tuesday
रेमिट्यान्स पाइरेसी
2017-03-12 | तीतोपाटी डटकम

रजनी ढुंगाना-छक्का पन्जा पाईरेसी भयो।उक्त पाइरेसी काण्डले एउटा बिधार्थीको जीवन शुरु हुन नपाउदै अन्त्य भयो।यो दुखद पाटो हो।पाइरेसी आफैमा अपराध हो।कसैको कृति चोरी गर्नु माफी गर्न लायक गल्ती होइन।तर यति हुदाहुदै पनि छक्का पन्जा निर्माण कम्पनीले सिनेमा हलमा चलिरहेको आफ्नो कृति पाइरेसी गर्नेहरूको भविस्य प्रती संबेदनसिल बनेर साइबर क्राइम जस्तो जटिल मुद्दामा ती युवाहरूलाई  मुछिन नदिन  देखाएको कदम तारिफ योग्य छ।हो यति उदारता देखाउदा पनि हुनेहुनामी टरेन।एउटा सुनौलो भविष्य सफल बन्न नपाउदै तुहियो।

यो आत्महत्या काण्डले छक्का पन्जाको लोकप्रियता लाई पनि छायामा पार्यो, अनि ती, सबैका प्रीय कलाकार जोडीलाई पनि भिलेन बनायो ।दिपक राज गिरिले धम्क्याएको अनि उक्त घटना आत्महत्या नभै हत्या भएको भन्ने जुन सुसाइड नोटको अफवाह फैलेको छ, उक्त गम्भीर मुद्दामा आफ्नो टिमलाई लागेको आरोप को खण्डन गर्दै सम्पुर्ण छक्का पन्जा टिमले अनुसन्धान को माग गर्दै प्रहरी चौकीमा निवेदन पेश पनि गरेका छन। हामी आशा गरौ , सत्यतथ्य बाहिर आओस् ।दोषीलाई कारवाही होस।

तर आजको मेरो मुद्दा आत्महत्या,पाइरेसी ,साइबर क्राइम जस्ता जटिल विषयमा होइन।छक्का पन्जाले उठाएको रेमिट्यान्स विकृतिको हो।
छक्का पन्जा पाइरेसी भयो।हलसम्म जान नसक्नेले पनि उक्त चलचित्र आफ्नो मोबाइलमै हेरे।अनि दिपकराज गिरि र दिपाश्री लाई हुनेसम्मको गाली गरे।

समाजमा हुँदै नभएको मुद्दा  उठाएझै बबाल गरे।तर जो जस्ले यो चलचित्र को कथा अनि परिवेशलाई गाली गरे , ती सब मलाई आँखा हुदाहुदैका दृष्टि बिहिन झै लागे।

नेपाली राजनीति दुर्गति अनि आर्थिक अस्थिरताका कारण ,युवाहरू बिदेशिएकाले  देशको सामाजिक संरचना भत्काएको छ। एकैछिनको शारीरिक आकर्षणका कारण परिवार ध्वस्त भएको छ।

केही दिन अघिसम्म मेरो एउटा साथी अति दुखी देखिन्थ्यो , सम्बन्धविच्छेद सम्म पुगिसकेको  आफ्नो वैवाहिक जीवनको अवस्थाका कारण हदैसम्मको तनावमा देखिन्थ्यो।हामी उसका हित चिताउने सबै पनि उत्तिकै दुखी थियौ ,उसलाई सम्झाउथ्यौ।तर आजभोलि उ अलि तनावमुक्त भएको आभाष भएको थियो मलाई , अनि उ तनाव मुक्त हुदा खुशी नै भएकी थिए म पनि।लाग्दैथ्यो साथी परिस्थिति सङ सम्झौता गर्दैछ ।
तर साथी परिस्थिति संग सम्झौता गरेर होइन, अर्कै कारण खुशी देखिन थालेको रहेछ।सार्वजनिक सवारीमा भेटिएकी , विवाहित लाहुरेनीको मोहजालमा चुर्लुम्म डुबेको रहेछ।साधारण गफगाफ अनि टेलिफोन नम्बर साटासाट बाट सुरु भएको सम्बन्ध अब विवाह अनि घरजम सम्म पुगिसकेको रहेछ।

मेरो उक्त साथी प्रतिनिधि पात्र मात्रै हो।यहाँ हरेक दिन आँखा अगाडि भिन्न भिन्न रेमिट्यान्स दुरुपयोग देख्न पाइन्छन् ।
रेस्टुरेन्ट मा प्रेमीको अङालोमा बाधिएर अस्पतालमा छु, भन्ने `बिरामी लाहुरेनी´, भिडियो च्याटमा बोलेर आस्वस्त हुन खोज्ने लाहुरेका , स्लो नेट्वोर्क लाई गाली गर्ने वाइफाई पीडित लाहुरेनी´।
दर्जनौं बहानामा आखामा छारो हाल्ने लाहुरे ,लाहुरेनीको कमि छैन नेपालमा।

लाहुरे,लाहुरेनीले खाडीमा, पानी संग खबुज निलेर पठाएको रेमिट्यान्सको, सदुपयोग यहाँ प्रेमालाप मा भैराखेको छ,भन्दा अत्युक्ति नहोला ।
यहाँ क्षणिक वासनालाई, प्रेमका नाम दिएर सुखी सन्सार ध्वस्त पार्नेहरु प्रशस्तै छन।

हो सबै उस्तै हुदैनन् , कोहि आफ्नो प्रीयजनको दुख बुझेर सतित्व जोगाएर , अटुट प्रतीक्षा गर्दछन।दुखको कमाई जोगाएर , मानोलाई मुरि बनाउछन।

तर प्राय रेमिट्यान्स कथामा धोका लुकेको छ, रगतपसिनाको त्यो कमाईमा चर्केको सम्बन्धको ब्यथा छ।
छक्का पन्जाको त्यो कथा अतिरन्जना होइन ।वास्तविकता हो।सत्य सधै तितो हुन्छ।।।
त्यो तितो सत्य हो।

खाडिका श्रमिक , रुपिया कमाउछन,आफुले खर्च गर्न नसक्ने, घर बनाउछन आफू बस्न नपाउने , सम्पुर्ण सुख सुबिधा ऐश आराम जुटाउछन ,भोग्न पाउदैन।रेमिट्यान्स पठाउछन, राज्यको हेला। जवानी रित्याउछन ,एक्लोपनले मानसिक बिचलनको शिकार बन्दछन,जार कमाउछन, सौता कमाउछन।

अन्त्यमा काठका बाकसमा फर्किन्छन।।।।।।