7 Mangshir, 2074 | 23 November, 2017 Thursday
तीतोपाटी ,अन्तराष्ट्रीय कलाकार समाज कुवेवले आगामी अप्रिल २८ तारिख शुक्रबार नेपाली डान्सिङ स्टारको प्रथम छनोट प्रतियोगिता (first auditions) गर्ने भएको छ |’नेपाली डान्सिङ स्टार २०१७’ नाम दीइएको प्रतियोगितामा नृत्यमा रुची र अनुभब भएकाहरुले प्रतिस्पर्धा गर्न पाउनेछन् | तिन चरणमा हुने कार्यक्रममा सहभागीले ५ दिनार बुझाएर सहभागी हुन सक्नेछन भने दोस्रो राउण्डमा प्रबेश गरेमा लकिरको टोपी पहिराई डान्सिंग स्टारको कार्ड दिने छ भने डान्सिंग स्टारले दोस्रो राउण्डमा पनि ५ केडी बुझाई दर्ता गर्नुपर्ने छ |

आयोजकले प्रथम, द्दितीय र तृतीय हुने विजेतालाई उच्च कदर गर्दै पुरस्कृत गर्ने भएको छ तर पुरस्कारको बारेमा भने दोस्रो राउण्डमा प्रबेश भएपछि मात्र तय गरिने अन्तराष्ट्रीय कलाकार समाज कुवेतका अध्यक्ष बीबी मल्ल ठकुरीले जानकारी दिएका छन ।

प्रथम प्रतियोगिता हुने स्थान र समयको बारेमा केहि दिनमै जानकारी गराउने बताउदै सम्बधित व्यक्तिलाई सम्पर्क गरि इच्छुकलाई सहभागी हुन आयोजकले अनुरोध गरेको छ |

सम्पर्क;- सोम रसाइली-  ९६९००२०४, ६५९६६८३९, गोबिन्द बराल- ६५०६५३७९, ९००२८३७२, डोलराज न्यौपाने- ६६८८४०९१