7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तितोपाटी, गीतकार सुष्मा रुपाबुङ राई  को शब्द डी.आर. अटूको संगीत र सुनिता थेगिमको आवाजमा साइली गीत को मनछुने जवाफ गीत सार्वजनिक भएको छ ।  गायक हेमन्त रानाको गीत ‘साइली’ ले सम्पूर्ण नेपालीको मन मुटु छोयो र धेरैलाई भावुक पनि बनायो । फलस्वरूप गीत चर्चित बन्यो, बिशेष गरी प्रवासमा रहेका नेपालीलाई यो गीतले सिधै प्रभाव जमायो कतिलाई त रुवायो पनि  । युट्युबमा यसरी भाईरल भयोकी लाइक कमेन्ट र भ्युयर्सको बाढि नै आयो र आइरहेको छ । फेसबुक र अरु सामाजिक सन्जालहरुमा भुकम्पिय तरंगनै ल्याइदियो ।

सबै उमेरका स्रोताले मन पराएको शायद यो नै पहिलो गीत र भिडियो हुन् सक्छ । गुणस्तरीय छ भने नेपाली गीत संगीत पनि रातारात भाईरल बन्न सक्छ र सम्भाबना छ भन्ने कुरा यो गीतले पुश्टि गरेको छ ।यती मिठो ,कारुणिक,उत्कृष्ट गीत साईलीले जवाफी गीत  जन्माइरहेको छ ।  धेरैले रफ भए पनि सुन साइलीको जवाफ भन्दै गीत हरु सामाजिक संजालमा  अपलोड गरिरहेका छन्  । यद्यपी ति अनौपचारिकरुपमा आएका  जवाफहरु हुन्  । तर  जवाफि गितहरु आउने क्रममा एउटा जवाफ औपचारिक रुपमै आएको छ जुन गीतमा धेरै ठुलो लगानी समेत देखिएको छ । संभवत हेमन्त रानाको सुन साइलीमा भन्दा धेरै लगानी गरेर गीतकार सुष्मा रुपाबुङ राई  ले एउटा लिरिकल भिडियो बजारमा ल्याएकी हुन्  ।
यति चर्चित गीतको जवाफ गीत तयार पर्नु एउटा चुनौती हो । भनिन्छ ‘ इँटको जवाफ पत्थरले दिनुपर्छ’  त्यस्तै यो उत्कृष्ट गितको जवाफ चानचुने दियर हुँदैन । मामुली जवाफ दिदा यो गितको अबमुल्यन हुनेछ ।  सुश्मा रुपाबुङ्ले यही गितको जवाफ दिने हिम्मत गरेकी छिन् । साइली गितलाइ जवाफ दियर कतिको न्याय दियकी छिन् त्यसको मुल्यांङकन गर्ने जिम्मा भने तपाईं हाम्रै हो  ।गीतलाई  चर्चित संगितकार  डी.आर. अटू ले संगीत दिएका  हुन् भने आवाज भरेकी छिन  मिठो स्वरकी धनी गायिका सुनिता थेगिम सुब्बाले ।
 काठमाडौँ स्थित ओपल  स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई राजु कार्की ले एरेन्ज गरेका हुन् भने रमेश संग्रौलाले लिरिकल भिडियो तयार परेका हुन् । यस गीतको फिचर भिडियो पनि छिट्टै निर्माण हुने गीतकार रुपाबुङ राईले बताएकी छिन ।