7 Mangshir, 2074 | 23 November, 2017 Thursday
मानव जिवन र प्रेम
2017-02-22 | तीतोपाटी


-बिमला पण्डित, प्रेम इश्वरको वरदान अनि खुसिले जिउने आधार हो जुन जन्मदा आमाको काखमा प्राप्त हुन्छ ।आमा फरक पात्र हुन ।उनि हाम्री सृष्टीकर्ता साथै जीवनको अनेकौ घुम्तीहरुमा हाम्रो भलो चिताइ रहने एकदेवीको रुप हुन। जसलाइ जती नै वर्णन गरेता पनि कम हुन्छ ।

बच्पन देखी माया प्रेममा रमाउदै  यो मानव जीवनको हरेक चरणमा हरेक नाता पारिवारिक सद्स्यको  माया साथ सहयोगको आवश्यकता छ  कि एउटा सफल र सक्षम समाजको नागरिक बन्नको लागी।  हो हामीले यो समाजमा कयौ प्रेम बिमुख घाइतेहरु देखेका छौ र हामी आफै पनि कयौ पटक मायाको अभावले ठ्गिएका छौ यो स्वार्थीहरुको भिड्मा अनि गलत मनोवैज्ञानिक धारणा भएको ब्यक्तिको मायाजाल मा परेर।  स्वार्थिहरुलाइ चिन्न नसक्दा बिछोड पछीको पिडा भोगाइले निम्त्याएको रोगले ग्रस्त घाइते जीवनलाई पुन फेरी माया पाउने आशागर्दै खोसिएको अङालोहरु फेरी पुन प्राप्तीको प्रतिक्षामा कुरिरहेका हामीहरु कती त बिछोड्को पिडाले आफुलाई सम्हाल्न बिफल छन । कतिले धुम्रपान र मध्यपानको साहराले मन भुलाउछ्न त कयौले आफुलाई बिगत एक दुर्घट्ना हो भन्दै पुन प्रेमलाई निरन्तरता दिएर सफल बनेका उदाहरणहरु पनि यो समाजमा धेरै छन ।

एउटी महिला जो आफ्नो जीवनसाथीबाट बिछोडिनु परेको हुन्छ। त्यो बिछोड्को पिडाले जती उनी भित्रको आत्मा  दुखिरहेको हुन्छ न त बिछोड गराउनेको दुख्छ  न त छोडेर जानेले महसुस गर्छ न त सहभागी हुन आउनेले गर्छ । तर बिछोड्को पिडा मा न महिला न पुरुष एक अन्धकार अनिश्चित बाटोको भुमरीमा हिडिरहेका हुन्छ्न। हो उनिहरुलाई कसैले मायाले सम्बोधन गर्दा पनि गौरव लाग्छ ।

प्रेमपिडाको कुनै औषधि हुदैन । बिछोड्का घाइतेहरुलाई मेडिकलको औषधीले काम गर्दैन।तीनीहरुको घाउमा सितलता दिने औषधी त प्रेरक समाज र आपसी सल्लाह अनि न्यानो माया नै हो।  परस्परको सहकार्य एकता नै मनुष्यको सभ्यता हो तर एकाङ्की जीवनमा धेरै चिन्ता हुन्छ । अभाव अप्ठ्याराहरुको भण्डार बन्छ जस्ले मनोशारिरिक समस्याहरु पनि जन्माउन सक्छ ।

गत फेब्रुवारी १४ को दिन मेरो काउन्टरमा आउने एक प्रौढ।  ( उमेरले सायद ७० वर्ष को होला) त्यो उमेरमा पनि उ एक्लो रहेछ। अमेरिकन नागरिक त्यो पनि कुवेतको अस्पतालमा कर्मचारी।प्रेम दिवसको दिन आफु भौतिकरुपमा सम्पन्नता र योग्य हुदा हुदा पनी 'यो दिनमा म दुखी छु मलाई माया को भावनाले एक थुङा फुल दिने कोही छैन' उस्को गुनासो भनौ या पिडा । जीवनमा कती आए कती गए होलान तर त्यो अवस्थामा एक्लो र निराश मुहार देख्दा मलाई  मनमा कुरा खेल्यो कि प्रेम र साहारा मानव जीवनको प्रत्यक तहमा आवश्यक रहेछ ।जीवनमा हामी एक्लो त्यती बेला हुन्छौ जती बेलासम्म अर्काका मुल्य मान्यता र भावनाहरुलाई उच्च सम्मान गर्न सक्दैनौ ।

अहमताको घमण्डले  गिदी भरिएको बेला बल र धनले साथ दिदाको दिन सम्म हो। बिछोडिएर जानेहरुको त्यो दिन पछीको दिनमा पत्ता लाग्छ कि बिछोडको पिडाको औषधी धन र बल होइन सच्चा प्रेम हो ।हो हामी कसैको सपनाको घर प्रेमको भण्डार मा बिष नबनौ।  प्रेम नै हो मानब खुसिले जिउने औषधी। सबैलाइ माया गरौ सम्मान गरौ ।