15 Chaitra, 2073 | 28 March, 2017 Tuesday
सजिलै भुल्यौ: (कविता)
2017-02-19 | तीतोपाटी

-बिमला पण्डित (आँशु),

तिमीले मलाई सजिलै भुल्यौ । 
हाम्रो बगैंचामा फुल्ने फुल तिमी पराइको बगैंचामा फुल्यौ।। 
मन परायौ माया दियौ, साथ दिन्छु भन्यौ । 
शुरुमा त तिमीले कती मिठा बाचा गर्यौ । 
ती मिठा बाचा गर्यौ ।। 
ती बाचा ती वचनहरुलाई सजिलै भुल्यौ, अचम्म लाग्यो मलाई । 
आफ्नो बगैचा उजाड बनाइ पराइको बगैचामा फुल्यौ ।।
दुइ थियौ एक भयौ दिन बिताउदै गयौ । 
एकै साथ जिउने सपना बोकी जीवनको केहि समय बितायौ ।। 
म थिए घर देशमा तिमी भयौ परदेश । 
कुरी बसे तिम्रो बाटो हेरी पक्कै फिर्ने छौ स्वदेश ।। 
तिमीले मलाई सजिलै भुल्यौ । 
थाहै नपाइ पराइको नजरमा डुल्यौ ।। 
कयौ वर्ष बिते मेरा एक्लो भएर । 
यो असहज बाटोमा ओइलिएर ।। 
तिमीले सजिलै भुल्यौ । 
हाम्रो बगैंचामा फुल्ने फुल थियौ ।। 
अरुको नजरमा सजिलै डुल्यौ । 
कती सजिलै भुल्यौ । 
कती सजिलै भुल्यौ । । 
पराइकै बगैंचामा ढ्क्मक्क फुल्यौ ।।।