7 Mangshir, 2074 | 23 November, 2017 Thursday
तीतोपाटी, कुवेतमा आगामी शुक्रबार महाशिवरात्री पर्व तयारी गरिएको छ । हिन्दु जागरण अभियानको आयोजनामा आगामी शुक्रबार जिलिपको रिदम हलमा महाशिवरात्री पर्व मनाउदै पुजाआजा गर्ने कार्यक्रम रहेको हिन्दु जागरण अभियान कुवेतका संयोजक टिकाराम आचार्यले जानकारी दिए।
महाशिवरात्री कुनै जाति बिशेषको नभई सम्पूर्ण हिन्दु धर्मालम्बीहरुको भएको हुनाले दिनको ४ बजेपछि हुने पुजाआजा कार्यक्रममा कुवेतबासि सम्पूर्ण नेपालीहरुलाई उपस्थितिको लागि आयोजकले अनुरोध गरेको छ। 
सम्पूर्ण कुवेतबासी नेपालीहरुको सहभागितामा सामुहिक रुपमा मनाइने महाशिवरात्री पर्वमा पुजाआजा तथा प्रसाद ग्रहण कार्यक्रम रहेको छ ।
मिति;- २०१७/०२/२४ (आगामी शुक्रबार)
स्थान;- जिलिपको रिदम हल
समय;- दिनको ४ बजे