9 Jestha, 2074 | 23 May, 2017 Tuesday
  -नारायण पोखरेल,नेपाली जनताको बलिदानीपूर्ण संघर्ष बाट प्राप्त भएको उपलब्धिलाई संस्थागत गर्नको लागि जनताका प्रतिनिधि मार्फत संबिधानसभा बाट संबिधान बनाउने जसले गर्दा  विभेद,असमानताको अन्त हुदै नेपाललाई साच्चिकै सम्बीर्दिको बाटोमा हिडाउनेछ भन्दै सुरुवात गरिएको एउटा कोर्स दसौं बर्षको सेरोफेरोमा वार न पारको अबस्थामा अड्किएको छ I 

जनताले चुनेर पठाएका प्रतिनिधिहरु जसले गरिब जनताको करको पैसाबाट तलब र भत्ता लिइरहेका छन तर समस्याहरु एक पछि अर्को थपिरहेका छन I कुनै पनि राष्ट्रको भौगोलिक निर्माण देखि विभिन्नखाले परिबर्तन या अधिकारका  लागि असीमित रगतको खोला बगेको कुरा विभिन्नखाले घटना परिघटनाहरु कति  इतिहास मा पढेर जान्न सकिन्छ त कति आफ्नै जिबनमा देखेर या भोगेर जान्न सकिन्छ । 

नेपाल राज्यको निर्माण गर्ने क्रम देखि अनेकौं परिबर्तनहरु जस्तै छरिएर  रहेका राज्यको भौगोलिक एकीकरण, राणा शासन र यसको अन्त ,पंचायती व्यबस्था र यसको अन्त ,बहुदलीय व्यबस्था ,गणतन्त्र र संघियता जस्ता परिबर्तनहरु धेरै नेपालीका रगतले आर्जेका परिबर्तनहरु हुन् । तर राष्ट्र निर्माण र यस्ता परिवर्तनको क्रममा रगत बगाएका वीरहरूको दिबस मनाउनु अथवा तिनीहरुको गाथा गाउनु मात्र राष्ट्रियता होइन I त्यो सहिद प्रतिको सम्मान पनि होइन जब सम्म परिबर्तन संस्थागत भइ उद्देश्य चुम्न सक्दैन I 

नेपालमा बाहिरी देश खासगरी छिमेकि भारतलाई जसले दिल खोलेर गाली गर्छ उ बढी रास्ट्रबादी हुने गर्दछ I प्रायजसो जो सरकारमा हुन्छ उ भारत परस्त हुन्छ सरकार बाहिर हुने रास्ट्रबादी हुन्छ I सरकार बाहिर बसेको कुनै राजनीतिक पार्टी राष्ट्रियताको  बारेमा निक्कै ठुला कुरा गर्छन खासगरी  भारतको बिरोध गर्न कुनै कसर बाकी राख्दैनन  तर जब उनिहरु सरकारमा जान्छन  तब हतार हतार भारतमा दुत पठाएका हुन्छन  I 

रास्ट्र कुनै एउटा राजनीतिक पार्टीको हुदैन, कुनै एक जात या समुदायको हुदैन I हाम्रो देश भित्र  विभिन्न समुदाय र जातजाति को बसोबास छ ती सबैको एकता नभई रास्ट्र बलियो हुदैन I जबसम्म सम्पूर्ण जनताहरुमा समानता हुदैन तब सम्म उनीहरुमा एकता हुदैन जब सम्म सबै जनताको एकता हुदैन तब सम्म राष्ट्रियता बलियो हुदैनI जब हरेक समुदाय मा समानता हुन्छ तब नेपालीहरु जहाँ रहेपनि आफन्त जस्तो लाग्दछ त्यसो हुनुनै राष्ट्रियता बलियो हुनु हो I राष्ट्रियताको मुख्य पक्ष भन्नु एकताको भावना हो जसमा मानिसहरू राष्ट्रको लागि मर्न र मार्र्न तयार हुन्छन् । त्यो तब  सम्भव हुन्छ जब सारा नेपालीहरुको एकता हुन्छ । तसर्थ राष्ट्रियता कसैलाई बेसरी गालीगलौज गर्दैमा बलियो हुने होइन।

खासगरि भारतले हामीलाई किन हेपेको  हुन्छ भने हामी हाम्रो देश कृषि प्रधान देश हो भन्छौं तर एउटा आलु समेत भारत को किनेर खान्छौं , किनेर खानुमा गर्भ गरेका हुन्छौं तर त्यसको उत्पादन गर्न सक्दैनौं I नेपाललाई माया गरेका हुन्छौं भारतलाई गाली गरेका हुन्छौं तर हरेक कार्यक्रममा घर घरमा ,टोल टोलमा ,होटल रेस्टुरेन्टहरुमा हिन्दि भाषाका संगीतहरु बजाएका हुन्छौं I हामि आफ्नो देशको कला संस्कृतिहरु भन्दा अर्काको देशको प्रयोग गरिरहेका छौँ I दैनिक उपभोग गर्ने बस्तुहरु देखि सम्पूर्ण निर्माणका सामानहरु बजारमा भारतीय नामका खोज्दै हिडेका हुन्छौ I जो असल रास्ट्रबादी हो उसले नेपाली उत्पादनको प्रयोग गरेको हुन्छ, नेपाली कला संस्कृतिको सम्मान गरेको हुन्छ र आफु सबल या आत्मनिर्भर हुने कोसिस गर्दछ तर बिडम्बना दर्जनौ उत्पादन गर्ने कारखानाहरु बन्द भएका छन र यसरि बन्द हुने क्रम जारीनै छ I 

ब्यापारी अथवा लगानी कर्ताहरु कहिले राजनीतिक पार्टीको बन्दको चपेटामा त कहिले चन्दाको आतंक बाट निल्नु न ओकल्नु को अवस्थामा रहेका छन I जब हामि भरपुर रुपमा नेपाली उत्पादन लाई माया गर्छौं तब मात्र देशमा लगानी बढ्नेछ लगानी बढ्नु भनेको रोजगार मिल्नु हो अथवा देशको अर्थतन्त्र बलियो हुनुहो I लगानी नभई उत्पादन हुदैन यी दुवै नभई देश धनि हुदैन जब देश र त्यहाका जनता धनि हुन्छन तब कसैले हेप्न सक्दैन I तसर्थ हामीले जति नै ठूलो स्वरमा राष्ट्रियताको कुरा गरे पनि हामी सबै नेपालीहरु आन्तरिक रूपमा एकजुट नहुने हो भने र साथ् साथै आत्मनिर्भर नहुने हो भने जति चर्का नारा लगाएपनि राष्ट्रियता बलियो बन्दै बन्दैन ।