15 Chaitra, 2073 | 28 March, 2017 Tuesday

तीतपाटी – जनजागृती यूवा समाज कुवेतको चौथो अधिवेशन फरवानिया स्थित सैलुङ्गे नेपाली रेष्टुरेन्टको पटांगिनीमा सम्पन्न भएको छ । अधिवेशनले चौथो कार्यकालको लागि तेश्रो कार्यकालमा नेतृत्व गरेका छत्र बहादुर कार्कीलाई नै जिम्मेवारी दिदैं महोत्तरी जिल्लाको वर्दिवास–२ मा रहेको ५० घर धुरी मुसहर वस्ती निर्माण गरिरहेको धुर्मुस–सुन्तली फाउण्डेसनको सहयोगार्थ जन–जागृति युवा समाज कुवेतले कुवेतमा सहयोग संकलन अभियान संचालन गर्ने संशघोस गरेको छ ।


सँस्थाका अध्यक्ष छत्र बहादुर कार्कीको सभापतित्व र कोसेली समुहका अध्यक्ष इन्द्र प्रसाद पोखरेलको प्रमुख आतिथ्य, एनआरएनए आइसिसि संयोजक सुजन के.सि.को विशेष आतिथ्य एवं कुवेतमा संचालित संचारगृहहरुका संचारकर्मीहरुको आतिथ्यतामा सँस्थामा आबद्ध सदस्यहरु र आफन्तजनहरुको मात्रै भेला भएर सम्पन्न उक्त अधिवेशनमा पत्रकारिताको क्षेत्रबाट योगदान दिने कुवेतनेपाल डट कमका प्रधान सम्पादक जय आले मगर र सामाजिक क्षेत्रमा योगदान दिने अभियन्ता बिष्णु परियारलाई कदर–पत्र र दोसल्ला ओढाएर सम्मान गरेको थियो ।


शुभकामना दिने वक्ताहरुमा आइसिसि संयोजक सुजन केसि, कोसेली समुहका अध्यक्ष इन्द्र प्रसाद पोखरेल, सम्मानित व्यक्तित्वहरु जय आले मगर तथा बिष्णु परियार थिए भने बोल्ने वक्ताहरुले कुवेतको नेपाली समाजमा जन चेतना, राहत उद्धार तथा मानविय र सामाजीक सेवाका क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै आएको भए पनि हालैका वर्षमा सँस्थागत गतिविधि न्यून भएको प्रति ध्यानाकर्षण गराएका थिए ।


कोषाध्यक्षबाट आर्थिक प्रतिवेदन र अध्यक्षद्धारा कार्य प्रगति प्रतिवेदन प्रस्तुत गरिएको उक्त अधिवेशनमा नव प्रवेशी ७ जना सदस्यहरुलाई खादा ओढाएर स्वगत गरेको छ भने तेश्रो कार्यकालमा अत्यन्त कृयाशिल भएर लागि पर्ने उत्कृष्ट दुई जना सदस्य अनिल कुमार ठाकुर र राजेन्द्र श्रेष्ठलाई प्रमाण–पत्र र दोसल्ला ओढाएर सम्मान गरिएको छ ।


महासचिव टिकाराम आचार्यको संचालन र उपाध्यक्ष आनन्द आचार्यको स्वागत मन्तब्यबाट दिनको करिव २ः२० बजे शुरु भएको उक्त अधिवेशनमा सँस्थाका वरिष्ठ सल्लाहकार ठाकुर प्रसाद पौडेलले सँस्थागत गतिविधि वारे प्रकाश पारेका थिए भने संरक्षक दीपक क्षेत्रीले अतिथि वक्ताहरुले औंल्याएका कमी कमजोरीहरुलाई सुधार्दै जाने प्रतिवद्धता जनाएका थिए सभा अध्यक्ष छत्र बहादुर कार्कीले धुर्मुस–सुन्तली फाउण्डेसनले शुरु गरेको महोत्तरी जिल्लाको वर्दिवास–२ मा रहेको ५० घर मुसहर वस्ती निर्माणका लागि शंखघोस गरे बमोजिम  आजैबाट जन–जागृतिको सहयोग संकलन अभियान शुरु भएको उदघोष गर्दै कार्यक्रमको समापन गरेका थिए ।
जन–जागृति युवा समाजको नव गठित कार्य समिति यस प्रकार रहेको छ ः
संरक्षकः दीपक क्षेत्री
वरिष्ठ सल्लाहकारः ठाकुर प्रसाद पौडेल
अध्यक्षः छत्र बहादुर कार्की
उपाध्यक्षः आनन्द आचार्य
महासचिवः टिकाराम आचार्य
सचिवः जीवन सुनार
कोषाध्यक्षः कृष्ण सुनार
सह–कोषध्यक्षः भिम के.सि.
अर्थ संयोजकः राम बहादुर तामाङ
सह–अर्थ संयोजकः राजेन्द्र श्रेष्ठं
संगठन विभाग प्रमुखः अनिल कुमार ठाकुर
जनचेतना तथा राहत उद्धार प्रमुखः प्रेम कुमार लिम्बु
जनचेतना तथा राहत उद्धार महिला प्रमुखः शान्ति राई
व्याबस्थापन प्रमुखः हुम बहादुर खत्रीे
सुरक्षा विभाग प्रमुखः सन्तोष सुनार
सूचना विभाग प्रमुखः प्रदिप नेपाली
महिला विभाग प्रमुखः मिरा पौडेल
सदस्यहरुः पुर्णिमा तामाङ लामा, सपना राई, सुष्मा लामा, कृष्ण गुरुङ, इन्द्र प्रसाद न्यौपाने, प्रेम श्रीस मगर, आश बहादुर नेपाली, कृष्ण मल्ल, सुर्यचन्द्र श्रेष्ठ, लाल बहादुर तामाङ, सुन बहादुर तामाङ, सुनिता परियार, सरस्वती बराल, बाबुराम भुसाल र प्रेम कार्की रहेका छन् ।