15 Chaitra, 2073 | 28 March, 2017 Tuesday
सम्बन्ध(कथा)
2017-01-26 | तीतोपाटी डट कम

जानाकी जानू दर्लामी बि क - हाँसो त सबैको ओठमा हुन्छ तर मन भित्र हुने पीडाकस्ले देखको हुन्छ र ! आदर्शबादी कुरा त सबै गर्छन तर सत्य र यथार्थ कस्ले बोलेको हुन्छ र ! हात्ती छाप चप्पल  र हात्ती उस्तै उस्तै हो नानू भने जस्तो, हात्तीको देखाउने र चपाउने दात फरक फरक हो आज यहि फरक एक सम्बन्धमा परेको छ । कुरा कहाँबाट सुरु गर्ने र कहाँ  बिट मारी अन्त्य गर्ने कुनै पाटो नै छैन ।  जब एक पुरुष दुई घरबार गर्छ, समाजको मर्द बन्छ अनि एक स्त्री दुई घरबार गर्छे त बेश्या बन्छे । सरम बेचेकी हुन्छे आखिर यो सरम बेच्न बाध्य बनाउनी पनि तिनै समाज हैन र ! जो समाजले तिनै पुरुषलाई स्वतन्त्र बाटो खनी छोडेका तर पनि तिनै मानिसलाइ सम्झाउन बुझाउन गारो हुन्छ एक महिला बाहिर निस्की हकहितका लागि आवाज उठाउने हो भने उसलार्इ गाउँ निकाला गरिन्छ अनि लाचार बेसहाराका फाइदा तिनै पुरुषले उठाउछन । अनि सम्बन्धको पर्खाल भित्र भएको प्रत्येक नारीको चीत्कार हरण हुन्छ  ।
ब्यथा शहरमा बस्नेको होस या गाउँमा एउटै हुन्छ । बिचरी मुना पनि दुई सम्बन्धको सिकार बनेकी छिन । म रिना आयुर्वेद को औषधीको प्रचार गर्दै मुनाको गाउँ पुगे त्यहाँ त मेरै साथी मुना पो रहेछीन ।
उनको त पहिल्यै पनि घरबार भएको थियो नारायणगढ मा, त फेरि यहाँ यो भञ्ज्याङ् गाउमा कसरी मलाइ कौतहल भयो र सोध्न मन लाग्यो ।
मुना तिमी यहाँ कसरी अनि कि यतै घर जग्गा किन्यौ ?
मुनाले सुँक्क सुँक्क रुँदै भनिन, “मलाइ अझै थाहा छैन ।“
फेरि उनलार्इ सम्झाउँदै, “किन रोएकी मुना के भयो तिमीलाई अनि भिनाजु कहाँ हुनुहुन्छ ?”
मुना रुँदै... “रिना यो जुन घर तैले सोच्दै छस त्यो घर हैन मेरो दोस्रो घर हो ।“
एक छिन त मलाइ रिस पनि उठयो तर जान्दै न जानी बुझ्दै न बुझी मुनालार्इ केही भन्न मन लागेन ।
“अन मुना यो कसरी र किन ?”
मुनाले भनीन... “ रिना, कुरा गर्ने हो भनी दिन लामो र रात छोठो पर्छ ।“
हो, बिहे त नारायणगढमा भएको थियो तर किस्मतले अर्को पाना पल्टायो । वर्षदिन सम्म त हाम्रो सम्बन्ध तितौरो पाराले चलेकै थियो तर खुसी भनी कहि पनि थिएन । दिन रातको कुटपिट अनि गालिगलैचा कति हो कति !
मुनाले भन्दै गइन... “फेरि पनि बा आमा र समाजको इजतको लागि म केही बोल्थिन । शरीर भरी चोटै चोट हुन्थ्यो । माइत जान पनि सक्थिन । बिहेको एक बर्ष पछि छोरी जन्मेकी थिइन छोरी जन्माइ भनेर त्यहा पनि अत्यचार भयो म माथी । मेरो सहनशीलता को धेरै फाइदा उठाए ।“
 मुनाले फेरी थपिन, “रिना, अनि आकाशले र आकाशको परिवारले छोरो पाउनलार्इ अर्को बिहे गराइ दिए । मैले आकाशलाइ बिन्ती गरे रोए तर निर्दयी मन भए पछि कहाँ सुनिन्छ र !”
आकाशले दोस्रो बिहे गरे पछि त्यहाँको समाज आकाशको दोश्रो बिहेको भतेर खाना जम्मा भए तर म माथी भएको अत्यचारमा कोहि जम्मा भएनन । रिना, म गर्न नै के सक्थे र ! छोरी बोकेर माइत जाउँ त त्यहाँको समाजबाट बाजा घनकाएर दिएकी छोरी बाउ आमाको इजत जान्छ भन्नू पर्ने । “पहिला त लोग्नेको मात्रै अत्यचार सहन पर्थ्यो तर अहिले त झन सौताको पनि ।“
“म त छोरो पाउन आएकी, तँ यहाँ के कुरेर बसिछ्स तेरि छोरी लिएर जा एउटा् कुनामा बस ।” लोग्नेले पनि सौताको हा मा हा मिलाउथ्यो ।
रिना, मलार्इ त्यस घरबाट निकाली दिए । “रातको समय कहाँ जाउँ त्यो रात त छोरीलार्इ लिएर त्यही पेटीमा सुतें । गर्मीको समय  भएको हुनाले केही भएन बिहान पख छोरीलार्इ लिएर काम खोज्दै हिंड्न् पर्यो । होटेल घर सबै ठाउँमा काम खोजे कहि पाइन । माइत गए एक दिन दुई दिन कुरा लुकाउँला तर सधैं कुरा लुकाउन सक्दिनथें । माइती घरमा पनि दाजुभाइ भाउजू बुहारी, मेरो कारण उनी हरुलाइ पनि नराम्रो हुन सक्ला ।“
त्यसैले म फेरि छोरी लिएर कसैलाइ केही नभनी निस्किएँ । रिना, जाउ पनि कहाँ जाउ जिन्दगी देखि थाकीसकेकी थिए । “मरौ भनी काखमा छोरी छ, मर्न पनि सकिन छोरिलाइ मार्न पनि सकिन। फेरि काम खोज्न काठमाडौं पुगे, त्यहा एक होटेलमा भाडा माझ्ने, सरसफाइको काम पाएँ त्यहीँ छोरी लाई राखी काम गर्न थाले ।“
त्यस्तै त होनL साउ साउनी यसो छोरी भोकाउFदा दुध खुवाउन लाग्दा चिच्याउँथे । पानीको बोटल मुखमा लगाइ छोडनु पर्थ्यो । कसलार्इ के थाहा हुन्छ र कति बेला के हुन्छ भनी ।“
मैले काम गर्नी होटेलमा एक व्यक्ति खाना खान आउँथ्यो । उ सधैं मलाइ हेरि मुस्कुराउनी आउदा छोरीलाइ खाने कुरा स्यार्लेश दूध इत्यादि बोकी आउथ्यो । मैले उसको सोच बिचारलार्इ मत्लब राख्थिन । “त्यो व्यक्तिको दिनहुँको बद्लाव देखेर म डराउँथे । “
उसलार्इ  मनाही पनि गरें । अनि उसले मलाइ, “यहाँ भन्दा राम्रो काम दिन्छु यहाँ छोडेर आउ यहाँ तिम्रो र तिम्रो छोरीको बिजोग भयो । जुन ठाँउमा मैले काम दिन्छु त्यहाँ तिमीले छोरीलार्इ राम्रोसंग हेरचाह गर्न सक्छ्यौ” भन्यो ।
छोरीको वस्ता दिएको हुनाले म त्यो व्यक्तिसँग गए ।
रिना, मलाई उसले एक कोठामा पुर्यायो । अनि उसले, “तिमी यहाँ बस्दै गर यहाँ खाना पिना छ, पकाइ खाउ छोरिको लागि म खानी कुरा लिएर आउछु भनी गयो । रिना मलाइ केही थाहा थिएन उस्ले कहाँ लान्छ म सिरिफ छोरीको लागि राम्रै काम पाउँला भनी साथ लागे ।
केही बेरमा त्यो व्यक्तिले छोरीको लागि खेलाउना, कपडा, खाना गरि एक झोला समान बोकेर ल्यायो । आफ्नो छोरीको लागि यति धेरै गुन लगाको देख्दा  खुसीको सिमा रहेन र उसलार्इ धन्यवाद दिए । उसले, “मलाइ नामले बोलाउFदा पनि हुन्छ, मेरो नाम बिकाश हो” भन्यो ।
मैले सर भनी सम्बोधन गर्थे । कसरी बिकाश भनी बोलाउन सक्थें र मैले !
 रात छिप्पिन लागि सक्यो तर मेरो अर्को कामको कुनै कुरा चलेन । नचल्दा मैले कुरा राखे मैले काम गर्नी ठाउँमा जान पाए हुन्थ्यो, कति खेर पुराउनु हुन्छ । अनि उसले “तिम्रो काम गर्ने घर यहि हो मुन”, भन्यो ।
 म झसङ्ग भए नाइ सर यो त तपार्इंको कोठा होनी ? हो मुना, यो मेरो कोठा हो अब तिम्रै घर जस्तो सम्झिए हुन्छ । “यसमा कुनै संका छैन मुना, मैले तिम्रो दुख देखें तिमी भित्र कस्तो व्यथा छ त्यो त मलाइ थाहा छैन तर म तिमीलार्इ साथ दिन चाहान्छु । तिम्रो छोरीलार्इ बाउको नाम दिन चाहान्छु । तिमिलार्इ कुनै धोका हुने छैन” भन्न थाल्यो ।
फेरि पनि म राजी हुन सकिन किनकी लोग्नेको नाममा आकाशले गरेको व्यबाहारले मलाइ थकाइ सकेको थियो, त्यस्मा मेरी छोरी । उसले धेरै प्रस्ताव राख्यो, मलाइ कोठाबाट बाहिर निस्किन दिएन । उसले छोरीलार्इ धेरै माया देखाउन थाल्यो । छोरी पनि मसँग भन्दा बिकाशसँग खुसी हुन्थी । उसलार्इ बाउ को हो के थाहा थियो र ! बिकाशलाइ नै बाउ जस्तो सम्झिन थाली होली, यसैले त तोते बोलिले पापा भन्न थाली ।
मनै त हो बिकाशको व्यबहारले प्रत्येक दिन मेरो मन खिच्दै लान थाल्यो । “माया भन्ने कुनै शब्द थाहा थिएन, बिकाशले महसुस गरायो अनि जाउँ पनि कहाँ जाउँ यो संसारमा नारी जातिलार्इ जाने ठाँउ त्यति सजिलो पनि कहाँ पाइन्छ र ! त्यसैले महिनौ बिते पछि म भित्रको आदर्शको नारीलार्इ मारी मैले बिकाशसंग बिहे गरें । मेरो दोस्रो बिहे छोरीलार्इ बाउले दिने माया, अनि एक नारीले लोग्ने बाट पाउने माया पाएको हुँदा आधा अधुरो खुसी पाएको जस्तो भयो ।''
रिना, छोरी पनि हुर्कदै गइन स्कुल जाने बेला हुन थालेकी थिइन फेरि पनि छोरी नै जन्मिइन । मलाइ डर लाग्त्यो कतै छोरी जन्मेको कारण बिकाशले मलाइ भेदभाव गर्ने त हैन तर उस्ले यस्तो व्यबहार देखाएन । खुसी नै थिएँ, धेरै बर्ष बितेको हुनाले माइतीको सम्झना आयो, माइत जान मन लाग्यो तर बिकासलाई भन्न सकेकी थिइन । म एकोहोरिएको देखेर उसले मलाइ सोध्न थाल्यो मैले माइतीको सम्झना लागेको बताएँ ।
बिगतका घटनाको कारण म लामो समय देखि माइत गएको थिइन । मेरो दोस्रो घरबारले के माइती खुसी होलान ? यस्तै कुरा सोच्थे, बिकासले अनुमती दिएपछि दुई छोरी लिएर माइती गए, माइती पुग्नु भन्दा पहिला नै मेरो बिरूद्धमा झुठो आरोप कुरा पुगि सकेको रहेछ ।
रिना, बाउ आमालार्इ आकाशले “सुन पैसा लिएर तपार्इंकी छोरी कहाँ भागी” भन्ने आरोप लगाएको रहेछ । म माइती त पुगें तर त्यहाँ बास पाइन । माइती गाउँमा पुरै हल्ला मच्चेको रहेछ कि “फल्नाकी छोरी त आफ्नै घरमा डाँका गरेर फरहार भएकी” भनेर ।
मेरो साथमा दुई छोरी देखेर माइतीले पनि, “लाज पचाएर कस्को बापत लिएर आइस ? हामीले इज्जतका साथ दिएको लोग्नेले भएनफ तँ आफ्नै घरमा चोरी गरि अर्कोसंग गइस, हाम्रो इज्जत फ्याकन यहाँ किन आइस बरु मरेकै भए चित्त बुझ्थ्यो” भनि मलार्इ नै गलत सम्झे ।
हो रिना, म माथी के भयो त्यो कसैले सोधेन, मैले मेरो गुनासो सुनाउन पनि पाइन । छोरी चेली माथी कुन अत्यचार भयो ? त्यो कसैले बुझेनन, बुझ्ने प्रयास पनि गरेनन । वर्षै देखिको मायाको सम्झना बोकेर माइत गएकी थिए तर उल्टै अपमानीत भएर म केही न बोली दुई छोरी लिएर फर्किए ।
रिना, जब म काठमाडौं कोठामा पुगें त त्यहाँ ताल्चा लगाएको थियो । सायद बिकाश कहिँ काममा गएका होलान भनी म बाहिरै बसे । रात छिप्पी सक्यो तर बिकाश फर्किएनन । उसले काम गर्नी कम्पनी मा पनि फोन गरे काम नगएको पनि हप्ता भइ सकेको रहेछ तर मलाइ सधैं कामबाट आएको बताउथ्यो । हतासिदै घरभेटी आमैसंग सोध्न गएँ, बिकास कहि जान्छु भनी गएका हुन आमा ? भनी सोधेको त ती आमैले, “नानी तिमिलार्इ के भनौ, ती बाबू त यहाँ आएर बसेको पनि तिमीलार्इ ल्यायसी हो । अब स्वास्नी छ बाल बच्चा छ भनी भनेका हुन । तिमीहरु यहाँ बसेको पनि ३ बर्ष भयो खै हामीलार्इ त केही थाहा भएन नानी” भनिन ।
तिनै घरभेटी आमैलार्इ दुई छोरी हेरि दिनुन आमै भनी बिन्ती गरि छोडेर बिकाशलाई खोज्दै उनका चिने जानेका साथिहरुलार्इ सोध्दै जाँदा साथीहरुले उनका बारेमा बताए, भाउजु, “तपाईं जस्ता हजारौ भाउजू यसरिनै बिकाशका मायाजालमा फसेर बसेका छ्न । जब त्यो मान्छे कसैलाइ आफ्नो बनाउँछ, बिश्वास दिलाएर मन जिति बनाउछ अनि फेरि अर्को कुनै रुपमती पाउँछ फेरि त्यसै गरि डेरा सर्छ” भने ।
“पत्याउन नै गार्हो” म छाँगाबाट खसे जस्तो भएँ रिना । “कसैले कुटपिट गरेर चोट दिए, कसैले माया गरेर चोट दिए जाउँ पनि कहाँ जाउँ ? उसले म एक्लो टुहुरो हु मेरो कोहि छैनन, छन तर सौतेनी आमा मात्रै छिन मलाइ घरबाट सानो छदा निकाली कि हुन” भन्थ्यो । त्यसैले, उसले आफ्नो घर नभएको काठमाडौं मै काम गरि खाएको यहि जीवन गुजारेको बतायो ।
के गर्ने रिना,  “नारी हुँ, दु:ख सहन सकिन्छ सुन्न सकिन्न ।“ त्यसैले उसका दुःखलार्इ मैले आफ्नै दुःख सम्झिएँ । उसको माया उसको व्यबहारलाई सम्मान गरें तर उ त “मिठो पायो जुठो खायो” गर्दै हिड्ने रहेछ ।
जाउँ त अब कहाँ जाउँ ? उसलार्इ खोज्न काठमाडौं शहर भरी खोज्न जाउँ त कसरी जाउँ ? फेरि रुदै घरबेटी आमै निर छोरी लिन पुगें । बिचरी आमै पनि एक्लै छोरा बुहारी अमेरिका छोरी नभएकी तिनै आमैले, “नानी अब यी लालाबाला लिएर कहाँ जान्छ्यौ कर्ममा जस्तो लेखेकोछ त्यस्तै भोग्न पर्छ, नानी लेखेको मेटिदैन, बरु तिमी मेरो पुर्खेउली गाउँ भञ्ज्याङ् तेउराली मा पर्छ त्यहा घर खाली छ जग्गा जमिन प्रसस्तै छ, म जाउँ भनी काठमाडौंमा छोरा बुहारिले यहिँ छोडेर गका हुन, खेती पाती हुन्छ घर सम्हाल, जमिनमा उव्जेको तिमी नै खाउ” भनी ताला चावी दिइन ।
अरु कुनै उपाय पनि थिएन त्यसैले जिन्दगी देखि हारी दुई छोरी लिएर म यहाँ आएर बसेकी हु । बाँच्ने सहारा यिनै दुई छोरी भएका छन । अब त आफै माथी पनि बिश्वास लाग्न छोड्न थाल्यो । हो रिना, त्यसैले आज मैले आफैले आफैलाइ धिक्कार छु, “नारी भएर जन्मनुको अनि घिणा गर्छु लोग्न] र स्वास्निको सम्बन्धलाई ।“
बिचरी मुना उसले भोगेका अत्यचार र अन्यायले गर्दा त घृणा त हुने नै भयो । उसलार्इ कसैले बिना कारण अत्याचार गरे त कुनैले मायाको पोको देखाएर अन्याय गरे । संसारमा मुना जस्ता हजारौं नारीहरु छन जो सम्बन्धको पर्खाल भित्र अनक अत्याचार अन्याय सहेर बसेका छन ।आज मुना पनि सम्बन्ध भित्रको सिकार बनिन जहाँ सम्झाउन को लागि कुनै सब्द छैन ।