15 Chaitra, 2073 | 28 March, 2017 Tuesday
बन्धकी(कविता)
2017-01-21 | तीतोपाटी डट कम


मेरो प्यारो देश्, समाज र परिवारबाट टाढा भइ बन्धकी बसेकी छु ।
समस्याको बाटोहरुलाई समाधान गर्छु भनी बन्धकी बसेकी छु । ।

कती खुशिका पलहरु थन्क्याइ बन्धकी बसेकी छु ।
कती आशुका भेलहरु लुकाइ लुकाइ म यहाँ बन्धकी बसेकी छु । ।

बैकमा धितो राख्ने सुन जस्तै धितो रुपी बन्धकी भएकी छु ।
आमा बनेर पनि मेरो प्यारो नानीबाट एक्लीएकि छु । ।

जिन्दगी सोचे जस्तो नहुदो रहेछ ।
सुनुवाइ त भोगाइ जस्तो नहुदो रहेछ । ।

जिन्दगीको केहि भोगाइ साच्चै बन्धकी बनेको छ ।
यो मरुभुमिको बैकमा साच्चै जिन्दगी बन्धकी बनेको छ । ।

बिमला पण्डित
हालः कुवेत