7 Mangshir, 2074 | 23 November, 2017 Thursday

तीतोपाटी - नयाँ नेपाल युवा क्लबले आगामी फेब्रुअरी ३ तारिख शुक्रबारका दिन खुल्ला आमन्त्रण भलिवल प्रतियोगिता गर्ने जनाएको छ । प्रतियोगिता माहबुला स्थित सामुद्रिक  किनारामा रहेको भलिवल कोर्टमा बिहान १०ः३० बजेबाट शुरु हुने क्लबका अध्यक्ष दिल पुन मगरले कोसेलीन्यूजलाई जानकारी गराएका हुन ।


भलिवल प्रतियोगिताको लागि यहि जनवरी २७ तारिख शुक्रबार अपरान्ह ४ बजे माहबुलाको सामुद्रिक किनारामा टिम दर्ता तथा टाइसिट तयार गरिने भएकोले इच्छुक भलिवल खेलाडीहरुको टिम मेनेजरले उक्त दिन आफ्नो टिम दर्ता गर्न सकिने क्लबले जनाएको छ । विजेता र उप–विजेता टिमहरुलाई खसी उपहार र ट्रफी वितरण गरिने छ भने उक्त प्रतियोगिताको टिम दर्ता शुल्क २० केडि राखिएको क्लबका अध्यक्षले बताए ।


झण्डै २५ वसन्त कुवेतमा बिताएका क्लबका अध्यक्ष दिल पुन मगरले सन २००० को दशकमा गठन गरेको उक्त सँस्थाले समय समयमा विभिन्न खेलकुद प्रतियोगिता गराउँदै आएको छ । नेपाली राष्ट्रिय खेलाडीहरु विभिन्न समयमा कुवेतमा मैत्रीपुर्ण खेल खेल्न आउँदा  खेलाडीहरुलाई निकै सहयोगी भूमिका निर्वाह गरेको उक्त क्लबले विभिन्न सामाजिक सेवाका कार्यहरुमा पनि कुवेतमा रहेका संघ सँस्थाहरुसँग मिलेर सहकार्य गर्दै आएको छ ।