15 Chaitra, 2073 | 28 March, 2017 Tuesday

तीतपाटी जनजागृती यूवा समाज कुवेतले आफ्नो सँस्थाको चौथो कार्यकालको लागि यहि २७ जनवरी २०१७ शुक्रबारका दिन फरवानिया स्थित सैलुङ्गे नेपाली रेष्टुरेन्टको पटांगिनीमा अधिवेशन गर्ने जनाएको छ । समाजको गत शुक्रबार फरवानिया गार्डेनमा बसेको कार्य समितिको पुर्ण बैठकले सो निर्णय गरेको हो ।


जनजागृति युवा समाज कुवेतको नामबाट २४ सेप्टेम्बर २०१० देखि कृयाशिल रहेको यस सँस्थाले कुवेतको नेपाली समाजमा जन चेतना, राहत उद्धार तथा मानविय र सामाजीक सेवाका क्षेत्रमा रचनात्मक कार्यहरु गर्दै कुवेतको नेपाली समाजको पहिलो सामाजिक सँस्थाको रुपमा कृयाशिल रहेको छ ।


पदको लागि कहिल्यै पनि तछाड मछाड नगरेका यस सँस्थाका सदस्यहरु थोरै भएर पनि सशक्त, जुझारु र कर्मठ यूवाहरु छन भने सामुदायिक पुस्तकालय संचालन, अरबी भाषा पुस्तक प्रकाशन जस्ता कार्यहरु गरेको यस सँस्थाले कुवेतमा रहेका विभिन्न किसिमले पीडित नेपालीहरुको  उद्धार देखि लिएर नेपालमा भएका विभिन्न प्राकृतिक र दैविप्रकोप पीडितको सहयोग एवं विभिन्न किसिमका रोगले ग्रस्त असहाय र गरिब निमुखाहरुलाई समय समयमा सहयोग गर्दै आएको छ ।


सँस्थाले हरेक वर्ष नियमित रुपमा नेपाली तीथि मिति र चाड पर्व अंकित भित्तेपात्रो पात्रो प्रकाशन, वत्तिृत्वकला प्रतियोगिता र हाजिरी जवाफ प्रतियोगिता सम्पन्न गर्दै आएको छ भने सामाजीक सेवा लागि सँस्थाका सदस्यहरुको लेबी संकलनबाट जम्मा हुन आएको १००० केडीको अक्षय कोष खडा गरी बिभिन्न मानवीय र सामाजिक सेवाका कार्यहरु गर्दै आएको छ ।


सामाजिक सेवाको भावना, आत्म संयमता र आपसी समझ्दारीका साथ अगाडि बढ्ने सामाजिक मनहरुको जमघट भएकै कारंण कुवेतको नेपाली समाजमा अग्रणी सँस्थाको रुपमा चिनिएको यस सँस्थाको अधिवेशन भने फजुल खर्च गर्ने भड्किलो नभएर सामान्य र मित्तव्ययी प्रकृतिको हुने गरेको छ भने यस पटकको अधिवेशन पनि कुवेतमा कृयाशिल संचारगृहका प्रतिनीधिहरुको रोहवरमा सँस्थामा आबद्ध सदस्यहरु र आफन्तजनहरुको मात्रै भेला भएर सम्पन्न गर्ने जनाएको छ ।


कार्यक्रमको विवरंणः

स्थानः सैलुंग नेपाली रेष्टुरेन्ट फरवानिया ।

मितिः २७ जनवरी २०१७ शुक्रबार ।

समयः दिनको ठिक १ः०० बजे ।