7 Mangshir, 2074 | 23 November, 2017 Thursday

नबराज पन्थी- “लामो समयपछि कुबेतमा अथिति कलाकारको आगमन जनवरीको चिसोमा शुक्रबार कुबेत तात्यो”


राप्ती भेरी कर्णाली एकाता समाजले आयोजना गरेको अंग्रेजी नयाँ बर्ष २०१७ को स्वागतार्थ शुक्रबार आयोजना गरिएको सांगेतिक धमाका भब्य रुपमा सम्पन्न भएको छ । नेपालका चर्चित लोक गायक रामजी खाँड , गायिका द्वय भूमिका गिरी र कल्पना काफ्लेले आफ्ना जोडदार प्रस्तुतिले जनवरीको चिसोमा कुबेत तताउदै कुबेतबासी नेपालीलाई नचाए ।


कुबेतको जिलिब स्थित वेडिंग हलमा आयोजित कार्यक्रममा लालीगुराँस साँस्कृतिक परिवारका सदस्यहरुले पन्चेबाजा घन्काएर नेपाल मै भएको झल्को मेटाएर कार्यक्रममा चिसोलाई तताउदै दर्शक उफारे संगै औपचारिक कार्यक्रम शुरु भएको थियो ।


समाजका अध्यक्ष पवन वलीको अध्यक्षता एन आर एन ए कुबेतका अध्यक्ष अर्जुन तामाङ्गको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रमको उपस्थित सबै पाहुनाहरुको लाल शाहीले मन्तब्यबाट स्वागत गरेका थिए । भने लोकगायक माधव शर्मा र सुरेश ग्याबा तामाङ्गले संयुक्त रुपमा कार्यक्रम संचालन गरेका थिए । पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, अन्तरास्ट्रिय नेपाली कलाकार समाज कुबेतका अध्यक्ष बीबी मल्ल ठकुरी र प्रमुख अथिति अर्जुन तामाङ्गले कार्यक्रम सफलताको कामना गर्दै मन्तब्य राखेका थिए ।


लामो समयपछि अथिति कलाकारको कुबेतमा धमाका


लामो समयसम्म अथिति कलाकार आगमन रोकिएकोमा राप्ति भेरी कर्णाली एकता समाजले अंग्रेजी नयाँबर्ष २०१७को शुरुवात संगै तिन जना अथिति कलाकारहरुलाई झिकाएर भब्य सांगेतिक कार्यक्रम आयोजना गरि पुन कुबेतमा अथिति कलाकार प्रवेश गर्ने माहोलको शुरुवात गरेकोछ ।

शुक्रबार आयोजित कार्यक्रममा नेपालका चर्चित नबगायिका कल्पना काफ्लेले आफ्नो प्रस्तुति लिगेर स्टेज प्रबेस गरेकी थिइन । काँचों काँचों बेल , रैछउनि गफि गफि, आउदो सालमा गायर सबलाई नचाएकी थिइन् । लगत्तै स्टेजमा प्रबेस गरेका चर्चित एबम ह्याण्डसम्म लोक दोहोरी गायक रामजी खाँडले दाम्मि देखिन्छ , बनैमा फ़ुल बसायो, फ़ुल फुलेर पहेलो भयो , छल छल पानी गाग्रीमा जस्ता गीत गायर उपस्थित दर्शक नचाउदै मनोरंजन प्रदान गरे।उता गायक खाँड पछि गुन्यु चोलीमा स्टेज प्रवेश गरेकी स्टेज क्विनको उपमा पाहेकी लोकगायिका भूमिका गीरीले 

कुबेतबासी नेपालीलाई नचाउदै वाह वाही नै लुटिन । उनले नरिसाउन कान्छु , तिउनु मिठो बनायो चुकैले , हामी सबै नेपाली , तिजले गरायो , खुर्सानि झै पिरो , आयो नेपाली गित गाउदै आयो जस्ता लोक प्रिय गीत गाएकी थिइन  भने स्थानीय गायक प्रेम कटुवाल संग प्रत्यक्ष् दोहोरी खेली थप मनोरंजन प्रदान गरेकी थिइन् । गायक कटवाललाई युवा गायक द्वय खेम शाही र गुप्त गैरेले साथ् दिएका थिए स्थानीय कलाकार गायक सागर खड्काले आफ्नो गायक प्रस्तुतीबाट र कुबेतका चर्चित हास्यकलाकार सोम रसाईलीको जोडदार प्रस्तुतिले सबैको मन जित्न सफल भएका थिए ।


निकै सभ्य र भव्य रूपमा सम्पन्न भएको उक्त कार्यक्रम हेर्न अाउने दर्शकहरूले कार्यक्रम हल खचाखच भरिएर गर्मी नै भए पनि स्वयंसेवामा खटिएका नेपालकुवेत सरोकार समाजका युवाहरूले कार्यक्रमलार्इ शान्तपुर्वक सम्पन्न गराउन महत्वपुर्ण भूमिका निर्वाह गरेका थिए ।














फोटो साभारः Nirem Production