8 Bhadra, 2074 | 24 August, 2017 Thursday

तीतोपाटी - दक्षिण कोरियाली कम्पनी सामसङले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एसएट आउँदो फेब्रुअरीदेखि अप्रिलको बिचमा सार्वजनिक गर्नेछ ।


खबरलाई विश्वास गर्ने हो भने यसको मूल्य लगभग ५७,५९१ भारु हुनेछ । सामसङले यो फोनमा पहिलो पटक पट्याउन मिल्न स्क्रिन लिएर आउँदैछ जो यो फोनको प्रमुख विशेषता हुनेछ । यसमा ८ जीबीको र्याम हुनेछ । यो कालो, निलो, सुनौलो र सेतो रङमा उपलब्ध हुनेछ ।


ग्यालेक्सी एसएटमा ३० एमपीको रिअर क्यामरा  ९ एमपीको फ्रन्ट क्यामरा हुनेछ । यसमा ५.५ इन्चको फोरके सुपर एमोलेड डिस्प्ले छ । ग्यालेक्सी एसएटमा सेन्सिङ प्रविधिका साथै फिंगरप्रिन्ट स्क्यानर र वायरलेस चार्जि पनि हुनेछ ।


यस्तै एक रिपोर्ट अनुसार सामसङले यसको ठूलो भर्सन ग्यालेक्सी एसएट प्लस पनि लञ्च गर्नेछ । एसएट प्लस स्मार्टफोनमा ६ इन्चको सुपर एमोलेड डिस्प्ले हुनसक्छ । यसका साथै ग्यालेक्सी एसएट स्मार्टफोनमा ५ इन्चको सुपर एमोलेड डिस्प्ले हुने संकेत दिइएको छ । ग्यालेक्सी एसएटमा बेजेल लेस स्क्रिन र स्क्रिनमा नै समाहित फ्रिंगरप्रिन्ट स्क्यानर हुने आशा गरिएको छ ।