15 Chaitra, 2073 | 28 March, 2017 Tuesday

डा. किशोर सापकोटा - शनिवारको दिन थियो । दिउसोको त्यस्तै २ वजेको हुदो हो। इन्टरनेटमा समाचार हेर्दै थिए। एक्कासी वाहीर झै झगडा गरे जस्तै आवाज आयो। विदेशको ठाउमा यस्तो झै झगडा हेरेर वस्ने कुरा पनि हुदैन।


तर कहिल्यै झगडाको भेउ पनि नपाइने स्पेनको वार्सेलोनाको दक्षिणी शहरको एल राभेल भन्ने ठाउमा ठुलै होहल्लाले कान तेतै तिर ठाडा भए। त्यै पनि वास्ता नगरी आफ्नो काम गरीरहेको थिए। होहल्ला अझै चर्को हुन थाल्यो।


आखिरीमा त हल्ला आफनै भाषाको जस्तो लाग्न लाग्यो। जहा वसे पनि आफनो भाषा, रितिरिवाज प्यारो लाग्ने रैछ। त्यै भएर होला झगडा नै किन नहोस त्यो चर्को चर्को स्वरले मलाइ तान्यो। वाहीर निस्किएर वाल्कोनी वाट हेरे। झगडा त्यही नजीकैको चोकमा भएको र छ।


म ...हैन, म ... हैन, भन्ने चर्को स्वर प्रस्टै सुनियो। म यहा वस्न थालेको पनि दुइ वर्ष हुन लाग्यो। यहि ठाउमा वस्ने एक जना नेपाली पनि मैले भेटेको थिइन। तर केही नेपालीहरु वस्छन होला भन्ने लागेको थियो। त्यसैले शुरुमा त मलाइ नेपालीको झगडा हो जस्तो लागेन। तैपनी नेपाली जस्तो आवाजमा झगडा सुनेको हुनाले मलाइ त्यता जान मन लाग्यो।


म होहल्ला लाइ पछ्याउदै त्यतै लागे। एकजना मान्छे कराइरहेको देखे। उनको वरीपरी अरु दुइचार जना मान्छेहरु पनि  मुखामुख गरीरहेका थिए। अनि अरु नौ दश जना मान्छे रमिता हेरीरहेका थिए। नजिकैको चिया पसल वा रक्सिपसलमा अरु मान्छेहरु पनि हास्दै थिए। दिउसोको समय रक्सि खाएर होहल्ला गर्ने समय भैसकेको थिएन तर रक्सिका पारखीलाइ के कुनै समय चाहीयो र?


उसले नो... नेपाली,  होइन...भनेर चिच्याउदै थियो। अरु कुरा चाही मैले राम्रो सग वुझिन। अरु मान्छेहरु भने केही न नवुझेको झै गरेर रमीता मात्र हेरेका थिए।


म भिड पन्छाउदै उ भए तिर गएर भने, ‘तपाइ त नेपाली हो, कसले भन्यो होइन भनेर?’


मलाइ लागेको थियो कि उसलाइ कसैले नेपाली होइन भनेर उ रिसाएको होला। तर म गलत रहेछु। उ त म तिर फर्केर झन कराउन थाल्यो। ‘होइन म नेपाली होइन।’ हामी नेपाली भनेर कस्तो गर्वले भन्छौं। यो त झन  नेपाली नै होइन भनेर कराइरहेको छ।


मनमनै लाग्यो ‘रक्सि लागेर उसले त्यसो भनेको होला’। यस्ता मान्छेसग झगडा पनि गर्न भएन। मैले नि उसको कुरामा कुरा मिलाउदै भनें हो तपाइ नेपाली होइन। कसले भन्यो तपाइलाइ नेपाली भनेर? उसले आफनो पक्का साथी भेटे जस्तो महसुस गरेछ।


‘हेर्नु न दाइ, यो भट्टिको साहुनीले म नेपाली हो धेरै नखा रक्सि भन्छे, अनि यी केटाहरु हेर्नु न सगै काम गर्ने हुन यिनीहरु नी नेपाली भनेर हेप्छन। उनले स्वरको भोलुम घटाए।


नेपाली भनेर किन हेप्ने हामीलाइ? हामी त वुद्ध र सगरमाथाको भुमीको मान्छे। गोर्खाली विर भूमिको मान्छे। हामीलाइ किन हेप्ने?


म नेपालको महिमा गाउन थाले। उनि अझ मलाई त्यहि भन्दै थिए ‘दाइ म नेपाली होइन’ रक्सी लागेका सबै मान्छे वाङगो टिङगो कुरा गर्छन। यतिन्जेल अरु मान्छेहरु पाखा लागी सकेका थिए। अनि मैले भने ‘हो तपाइ नेपाली होइन, जाउ हिड्नुस।’ बिदेशमा नेपाली भेटेपछि के चाहियो र। मैले आफ्नै कोठामा लगे।


मनलाई चित्त बुझेन। चिया खाइसकेपछि फेरी सोधें ‘तपाइ नेपाली नै हो होइन र? यति राम्रो नेपाली वोल्नुहुन्छ।’


मेरो वोली सकिन नपाउदै उनले जवाफ फर्काए। नेपाली वोल्न जान्यो भन्दैमा नेपाली हुन्छ? दार्जलिङमा वस्ने सवैले नेपाली वोल्छन, के ति सवै नेपाली हुन? अक्क न पक्क भएँ। उनले बोल्दै गए– दुइ चार वर्ष नेपालमा वस्ने खैरे ले नी आजकल नेपाली वोल्न जान्दछन, के ति सवै नेपाली? म सग युरोपको लाइसेन्स छ। स्पेनको पासपोर्ट छ, अनि म कसरी नेपाली?’


उनका कुनै प्रश्नको जवाफ नी मैले दिन सकिन। ‘मैले ३ वर्ष पहिला नै नेपाली नागरिकता त्यागीसके। अनि अहिले कसरी म नेपाली भंए? तैले नेपाली नागरीकता छोड भनेर मैले छोडेको होइन। म कसरी नेपाली बाकि रहे?


उनले मलाइ ब्यग्य गरे बा रक्सीको मातमा सबै कुरा भनेका हुन मैले बुझन सकिन। नेपाली मुलको मान्छे भन्नुपर्ने उनको तर्क थियो। त्यो तर्क पनि रक्सी लागेका बेला निस्किएको तर्क थियो बा उनले त्यहि चाहेका थिए बझ्न सकेको छैन।


आजकल प्राय उनलाई सम्झेका बेला उनले भनेका एउटै कुराले मेरो मनलाई ठोकेर जान्छ – ३ वर्ष पहिला मैले नागरिकता त्यागिसके, म कसरी नेपाली?

-सेतोपाटी