माधव पाैडेल "असल परदेशी" - बाध्यता र बिवशतामा अल्झिएको यो जिँउदो लासरुपि मानव जीवन संग सम्बन्धित अनेकौ उकाली ओराली पार गर्दै आज यो उजाड मरूभूमिले सुसज्जित खाडीमुलुकमा बस्ने हामी महान् नेपाली परदेशीहरु, ५० देखि ६० डिग्री सम्मको तापक्रम सहने क्षमता भएका, बरफ जम्ने ए सि को चिसोमा आफ्नो तातो रगत जमाई अनि हावासंगै उड़ने वालुवाको धुलो सहित फेर्ने दुर्गन्धित श्वासले बाँचिरहेका हामी वीर गोर्खे अनि झिटी गुण्टालाई ३ किलोको डोरीले बाधेर ३ वर्षमा मुलुक फर्कने तोरीलाहुरेहरू संग सम्बन्धित दुइ चार शब्द सेतो कागजमा कालो मसिले केहि कुरा लेख्न गइरहेको छु ।
आज मैले यो परदेशीको यथार्थतालार्इ चित्रण गरिरहँदा कागजमा मसिको थोपाले कोरिएको देखिएता पनि हरेक शब्द शब्दमा परदेशीको थोपा थोपा रगत बगिरहेको भान भईरहेको छ । परदेश कसैको रहर होइन बाध्यता हो । कसैलाई पनि आफ्नो परिवारबाट टाढिएर बस्ने रहर हुदैन । देश गरीबिको भुमरीको दलदलमा फसेको छ । रोजगारको अबसर न्युन छ, सानो तिनो व्यवसाय संचालन गरौ त्यसको ग्यारेन्टी छैन । तसर्थ हामी गरीबका छोरा-छोरीहरु आफ्नो गैरी खेत साहुलाई सुम्पी खाडिमुलुक भासिने बाहेक अर्को बिकल्प छैन । त्यसैले दिन प्रतिदिन मेनपावर कम्पनीहरुमा युवावर्ग लामबद्ध भएको दृश्यहरु देखिने गरेको छ ।
मेनपावरहरुले दिएको आश्वशन त क्षण भरमा नै कायापलट हुने संकेत भएतापनि वास्तवमा यहाँको जीवनशैली बिल्कुलै फरक पाइन्छ । न त भनेको जस्तो सेवा सुविधा नै दिइन्छ न त राम्रो गास बासको प्रबन्ध नै । पाइन्छ त केवल काम त्यो पनि अरुले गर्न नसकेको कठिन ।
उता समाजले हामीलाई हेर्ने दृष्टिकोणमा भने पक्कै परिवर्तन आएको छ । हिजोसम्म उधारो नदिने पसलमा उधारो मिल्न थालेको छ । बैकहरुले खोस्रो कागजको भरमा ऋण पत्याउन थालेका छन् । यसका साथ साथै आफ्नो परिवारको जीवन शैलीमा पनि केहि सुधार आएको छ । हिजोसम्म सरकारी बिद्यालय जाने बालबच्चाहरु निजि बिद्यालय धाउन थालेकाछन् । हिजो चुहिएका छानाहरुका जस्ताका रंगिन पाताहरुले फेरिन थालेका छन् । हिजोको नाम परिवर्तन गरि फलानो(लाहुरे)भन्न थालिएको छ । यसको अलवा हामीले खासै उपल्ब्धी भने हासिल गरेका छैनौ ।
यता परदेशमा छुट्टै तितो यतार्थ छ । साहुले बेलामा छुट्टी नदिने, करार अबधि पुरा गर्नै पर्ने बाध्यताले हामी लाई छिट्टै आफ्नो देश जान प्रतिबन्ध लगाएको छ । यसले उता नकारत्मक सन्देश प्रवाह गरेको पनि प्रसस्त उदाहरणहरु नभेटिएका भने होइनन । हुनत हाम्रो ब्यथा अनि कथाहरु जति कोरेपनि पनि कमै नै हुन्छ । हाम्रो देशका निति निर्माताहरुले जति सुकै राम्रो संबिधान बनाएता पनि हामी युवाहरुलाई बिदेश पलायन हुनबाट रोक्न सकेको छैन । आशा गरौ हाम्रो पुस्ताले जति दु:ख कष्ट भोगेतापनि भाबी पुस्ताहरुले यस्तो जीवन गुजारा गर्नु नपरोस् भनि भगवान संग प्राथना गर्दछु ।
२५६२ आै बुद्ध जयन्ती कुवेतमा मनाईने
किसानलाई खुशीको खबर : सरकारले उखुको मूल्य बढायो
कुमार गुरुङ शौचालयमा मृत भेटिए,मलेसिया पुगेको ३ महिना नपुग्दै
गर्भमा छोरी छ भन्ने थाहा पाएपछि श्रीमानले श्रीमतीको गरे हत्या
पत्रकार महासंघका पुर्व महासचिव केसीले बुवाको नाममा बितरण गरे छात्रवृत्ति
सानो सिरुवारीमा सौर्य लिफ्टबाट खानेपानी, स्थानीय जनताहरुको अनुहारमा खुसि
कागजमा जेसुकै होस्, नेपाल हिन्दुराष्ट्र नै हो, पुर्वमन्त्री ढकाल