15 Chaitra, 2073 | 28 March, 2017 Tuesday

तीतोपाटी डटकम-कुवेतको फिन्तास गार्डेन(बगैंचा)को हरियाली रमणिय स्थलमा नेपाली देशभक्ती गीत"हामी जहाँ भए नि,हामीलाई प्यारो नेपाल"को सुटिङ सकिएको छ।फिन्तास गार्डेन(बगैंचा)मा नेपाली झन्डाहरु फहराउदै नेपाली राष्ट्रिय पोशाकका साथ कलाकारहरुले अभिनय गरेका राष्ट्र प्रेमले भरिएको गीतलाई प्रेम जिमिले भिडियोमा कैद गरेका हुन।

प्रसाद तिम्सीनाको शब्द,टंक बुढाथोकीको संगित तथा टंक बुढाथोकी र तृप्ति खडकाले स्वरबद्द गरेको उक्त देश भक्ती गीत अत्यान्तै मार्मिक र समय सान्दर्भिक रहेको छ।यस अघी पनि धेरै म्युजिक भिडियोहरुलाई आफ्नो क्यामरामा कैंद गरिसकेका प्रेम जिमीले नेपाली देशभक्ती गीत"हामी जहाँ भए नि,हामीलाई प्यारो नेपाल"को  भिडियो निर्देशन र छायंकन गरेका हुन।

प्रसाद तिम्सीना,रुपेन्द्र हमाल,तारा पौड्याल, राधा भट्टराइ,गिता गुरुङ, आनन्द आचार्य,अनमोल आचार्य(सानोबाबु),हरि कृष्ण न्यौपाने लगायतको अभिनय रहेको उक्त राष्ट्र भक्ती गीत सुटिङका लागि टेन्डुप शेर्पा लगायतले सहयोग गरेका छन।

कुवेतका बिभिन्न स्थानमा यस अघी पनि धेरै लोक गीत,अधुनिक गीत, लोक-अधुनिक गीत,केही सन्देश मुलक नेपाली भिडियोहरुको निर्माण र सुटिङ भईसकेको भए पनि राष्ट्र भक्ती गीतको भने दोस्रो पटक सुटिङ भएको हो।कुवेतको खाडीमा सुटिङ गरिएको उक्त राष्ट्र भक्ती गीतले कति नेपाली दर्शक-श्रोताहरुको मन जित्न सक्छ, त्यसको लागि भने केही समय कुर्नु पर्ने छ।