9 Jestha, 2074 | 23 May, 2017 Tuesday

दोहा-कतारमा ५ घण्टा भन्दा बढी समय ट्रान्जिट पर्नेगरी यात्रा गर्ने यात्रुले अव कतारको चारदिने निःशुल्क भिसा पाउने भएका छन् । त्यस्ता यात्रुले हमाद अन्तराष्ट्रिय विमानस्थलमा नै त्यस्तो भिषा पाउने सरकारी निकायलाई उधृत गर्दै दोहा न्यूजले समाचार प्रकाशित गरेको छ । समाचार अनुसार त्यस्तो भिसा पाउन आफ्नो ५ घण्टा भन्दा बढी समयको ट्रान्जिटको प्रमाण उपलव्ध गराउनु पर्नेछ । यस्तो सुविधा जुनसुकै देशका नागरिकले पाउनेछन् ।

विश्व पर्यटन दिवसको अवशर पारेर कतारको आन्तरिक मन्त्रालय, कतार पर्यटन प्राधिकरण तथा कतार एयरवेजले यस्तो सुविधाको घोषणा गरेका हुन् । परिवर्तित व्यवस्था अनुसार  ट्रान्जिटका यात्रुहरुले कतार प्रवेशका लागि लम्वेतान प्रकृया अपनाउनु पर्नेछैैन । यसअघि ८ घण्टा भन्दा लामो ट्रान्जिट भएका यात्रुले २ दिनको भिसा पाउँदै आएका थिए । यसलाई बढाएर ५ दिनको बनाइएको हो भनें ट्रान्जिटको अवधिलाई पनि ५ घण्टामा झारिएको हो । युएईमा चार दिनको सोही प्रकृतिको भिसा दिने व्यवस्था गत बर्षदेखि अभ्यासमा रहेको समाचारमा जनाइएको छ ।

कतारले यो व्यवस्था कतारको पर्यटन प्रवद्र्धनका लागि अगाडी सारेको हो । यसले कतारलाई एउटा पर्यटकिय गन्तव्य बनाउने अपेक्षा त्यहाँका सरकारी अधिकारीहरुले अपेक्षा प्रकट गरेका छन् । तर यसले भिजिट भिसामा बैदेशिक रोजगारीमा जानेहरुलार्ई बढावा दिने खतरा रहेको छ ।

(साभार-देश परदेश)